News Portal

  • टेक्ससमा नेपालका पूर्वराष्ट्रिय खेलाडी तुलाधर सम्मानित

    हिमाली संचार संवाददाता
    ४९५ पटक

    अमेरिका : अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न दशैं कप भकुण्डो प्रतियोगितामा नेपालका पूर्वराष्ट्रिय खेलाडी सुनिल तुलाधरलाई सम्मानित भएका छन् ।

    उक्त सातौ दशैँ कप प्रतियोगितामा ड्यालस गोर्खाज फुटबल क्लब बिजयी भएको छ । बिजयी संगै बिजयी टोलीले २ हजार डलर नगद तथा पदक हासिल गरेको छ । गतवर्ष उक्त प्रतियोगितामा क्यर्लिफोर्नियाको सन्निभेल भकुण्डो टोली बिजेता बनेको थियो । उक्त प्रतियोगिताको निर्णायक खेलमा ड्यालस गोर्खाज फुटबल क्लबले लस एन्जेलस ११ लाई २- ० ले हराई ७ औ दशैं कप फुटबल प्रतियोगिताको पदक प्राप्त गरेको हो ।

    प्रतियोगितामा उप बिजेता रहेको लस एन्जेलस ११ टोलीले ८ सय डलर तथा पदका प्राप्त गरेको छ । प्रतियोगितामा पेमा योजर उत्कृष्ट खेलाडी घोषित भएका छन् । यसैगरी ३५ वर्ष भन्दामाथि उमेरका खेलाडीहरु बीच सम्पन्न उक्त खेल प्रतियोगितामा एफसी गोल बोसटर्स बिजयी भएको छ ।

    उपबिजेता ड्यालस गोर्खाज फुटबल क्लब रहेको थियो भने उप बिजेतालाई ५ सय डलर तथा पदक प्रदान गरिएको छ । उक्त खेलमा गोल रहित भएपछि पेनाल्टीको माध्यम बाट एफसी गोल बोसटर्स बिजयी भएको हो । बिजेतालाई एक हजार डलर नगद तथा पदक प्राप्त भएको छ । रवि गौतम उत्कृष्ठ खेलाडी घोषित भएका छन् ।

    हरेक वर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्ने राष्ट्रिय भकुण्डो खेलाडीलाई सम्मान गर्ने भएकोले यस वर्ष  पूर्वराष्ट्रिय खेलाडी सुनिल तुलाधर गरिनुको साथै तुलाधर नै प्रमुख अतिथि रहेका थिए ।

    सन् २०१० देखि नै न्यूयोर्कमा बसोबास गर्दै आएका तुलाधरले आफू राष्ट्रिय भकुण्डो टोलिमा सन् २००३ मा सहायक कप्तान रहेको बताए । उनी सिड्नी ओलम्पिकमा टोली प्रमुख थिए भने राष्ट्रको लागि ९ वर्षसम्म निरन्तर खेले ।

    सम्मानित भएपछि विदेशी भूमिमा युवा पिढीले सम्मान गरेकोमा हर्ष लागेको बताए । आयोजकलाई आफूले जानेको कुरा, सिकेको कुरा र अनुभव बारेमा सहयोग चाहेमा आफू सदैव युवा खेलाडीहरुका लागि सहयोग गर्ने बचनबद्धता दिएका छन् ।तुलाधरले आफूलाई देशले ठूलो लगानी गरेको तर भकुण्डो पदाधिकारीहरुको व्यक्तिगत स्वार्थ र  राजनीतिका कारण विदेशिनु परेको बताए ।

    साथै मातृभूमि, खेलाडी र खेलप्रेमीहरुलाई आफूले सदैव माया गर्ने बताए । यहाँ बसेर पनि देशलाई केही सहयोग गर्नु परेमा आफू तत्पर रहेको तुलाधरले बताए । साथै ड्यालस गोर्खाज क्लबलाई धन्यबाद दिदै  प्रगतिको शुभकामना दिएका छन् । ड्यालस गोर्खाज फुटबल टोलीका खेलाडी तथा प्रतियोगिताका संयोजक बिनोद विष्टले हरेक वर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गरेका खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए ।

    गत वर्ष छैठौ दशैं कप फुटबल प्रतियोगिता नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मान गरिएको थियो ।नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा दशैँ अगाडि खेलाइने उक्त प्रतियोगिताको आयोजक ड्यालस गोर्खाज फुटबल टिम रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal