News Portal

  • राजा ज्ञानेन्द्र शाह मात्र राष्ट्रवादी भएर असंम्भव !

    जनताहरु दहीचिउरे, स्वार्थी, बेइमानी र अधर्मी छन।

    राकेश कुमार शर्मा
    २९४ पटक
    काठमाडौँ

    राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त भएर संम्भव छैन। मेरो वास्तविक कुरालाई राजा ज्ञानेन्द्र शाहले हृदय देखि नै मनन र आत्मसात गर्नुपर्ने हुन्छ। प्रायःजसो नेपाली नागरिकहरु स्वार्थी, अवसरवादी, दहीचिउरे, बेइमानी, लोभ लालच भएका अधर्मी र पापी छन। अब राजा ज्ञानेन्द्र शाहले आफू र आफ्नो परिवारको हित र भलो कसरी हुन्छ हेर्नुपर्ने समय आएको छ।

    देशभक्त हुनु नै राजा ज्ञानेन्द्र शाहको लागी अभिशाप ठहर भयो। देशभक्त भएको कारण नै राजा ज्ञानेन्द्र शाह सत्ताबाट बहिर्गमन हुनुपर्ने अवस्था आएको भन्ने कुरा मैले बारम्बार भनी रहेको छु। यसकारण देशभक्त हुनु नै राजा ज्ञानेन्द्र शाहको लागी ठुलो गल्ती र महाभुल थियो।

    श्री ५ महेन्द्र शाह र श्री ५ बिरेन्द्र शाह वंश मारिए किन ? मदन भण्डारी र जीवराज आश्रीत मारिए किन ? यी सबै घटनाक्रम हरुलाई राजा ज्ञानेन्द्र शाहले नजीकबाट नियालेर मनन गर्नुपर्ने र बुझ्नुपर्ने हो। राजनीतिक दलहरूका नेताहरूले मुलुकसंग विश्वासघात र मुलुकको अहितमा काम गरेपनि भएको छ विश्वासघात गर्नेहरुको पछि नै नागरिकहरु लागेका छन र जयजयकार गरेका छन। ताली दुई हातले बज्छ एक हातले बज्दैन भन्ने कुरा सबैलाई थाहा छ। यसकारण राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त भएर संम्भव छ ? राजा ज्ञानेन्द्र शाहले ताली दुई हातले बज्छ एक हातले बज्दैन भन्ने कुरा बुझ्न सक्नु भएन।

    नेपाल मुलुक त सबैको हो मुलुकको माया सबैलाई लाग्नुपर्ने हो। तर देशप्रति माया, मोह र वफादारीता नेताहरू र नेताहरूको पछि लाग्ने जनताहरु कसैमा देखिएन। नेताहरूले दुधको रंग कालो हुन्छ भने जनताहरु पनि दुधको रंग कालो हुन्छ नै भन्छन तर जनताहरुले दुधको रंग सेतो छ भनेर भन्न सक्दैनन। नेपाली जनताहरुमा खराबीपन नै यही छ नेपाली जनताहरु अवसरवादी छन क्षणिक स्वार्थ मात्र हेर्दछन।

    केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्प कमल दाहाल र बाबुराम भट्टराई लगायतका नेताहरुले राष्ट्रघाती सन्धि र सम्झौताहरु गर्दा पनि जनताहरुले नेताहरूको सराहना गरेका छन। म भन्छु राजा ज्ञानेन्द्र शाहलाई मात्र देशभक्त हुनुपरेको किन ? राजा ज्ञानेन्द्र शाह मात्र देशभक्त भएर संम्भव छैन, राजा ज्ञानेन्द्र शाहले मनन गर्नुपर्ने हो। राजा ज्ञानेन्द्र शाहले अब आफू देशभक्त नभई आफु र आफ्नो परिवारको हित र भलो कसरी हुन्छ हेर्नुपर्ने समय आएको छ। राजा ज्ञानेन्द्र शाहले हालको वर्तमान समय सत्ययुगको होईन कलियुग हो भन्ने कुरालाई पनि मनन गर्नुपर्छ।

    केपी शर्मा ओली, शेर बहादुर देउवा, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूलाई सत्ता कति प्यारो हुँदोरहेछ भन्ने कुरा नेपाली नागरिकहरुले बुझे कि बुझेनन ? यदि नेपाली नागरिकहरुले नबुझेकोभए वास्तविक रूपमा नै नेपाली नागरिकहरु अबुझ हुन। तर राजा ज्ञानेन्द्र शाहले एक्कासि सत्ता त्याग गरे। राजा ज्ञानेन्द्र शाह महान हुन।

    सत्ताको स्वार्थ, सत्ता प्यारो र सत्तामा टिकिरहन केपी शर्मा ओलीले संसद भंग गर्नसम्म पछि परेनन। सत्तामा जानको लागि २०७७ साल माघ ०९ गते पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूले काठमाडौमा शक्ति प्रदर्शन गरे। सत्तामा जानको लागी नै शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूलाई के गरौं र कसो गरौं छटपटी भएको थियो। केपी शर्मा ओलीले गर्दा माधवकुमार नेपाल, पुष्प कमल दाहाल र बाबुराम भट्टराई लगायतका नेताहरुको भोक प्यास र रातको निन्द्रा समेत हराएको थियो। हुन त सत्तामा भएको मजा नै बेग्लै छ। रातदिन सेनाहरु, प्रहरीहरु र सशस्त्र प्रहरीहरुले सलाम ठोकिरहन्छन जताततै ४०/५० जनाको सुरक्षा गार्ड लिएर हिंडन पाइन्छ, सुविधा सम्पन्न गाडीहरूमा साइलेन्सर बजाएर हिंडन पाइन्छ, मान सम्मान पाइन्छ, राज्यको खर्चमा नै प्लेनमा विभिन्न ठाउँहरुमा भ्रमण गर्न पाइन्छ र सुख सुविधा र बिलासिता जीवनको उपभोग र आनन्द लिन पाइन्छ यसलाई कसले बिर्सन सक्नु ?

    राजा ज्ञानेन्द्र शाहले मुलुकको हितमा अडान लिइ देशभक्त बने तर ज्ञानेन्द्र शाहले सत्ताको मोह र लोभलालच नगरी सत्ता त्याग गर्न पछि परेनन। यसकारण राजा ज्ञानेन्द्र शाह त्यागी हुन। मुलुकलाई राजा ज्ञानेन्द्र शाहको कति खाँचो र महत्त्व छ भन्ने कुरा नेपाली नागरिकहरुले मुल्यांकन गर्न सकेनन। नेपालीहरुले राजसंस्थाको महत्त्वलाई बुझ्न सकेनन।

    राजा ज्ञानेन्द्र शाह महान हुन यसकारण राजा ज्ञानेन्द्र शाहलाई राम भगवान र बुद्धको अवतार पनि भन्न मिल्छ। पुरषोतम रामचन्द्र भगवानको वनवास भए जस्तै राजा ज्ञानेन्द्र शाहको पनि वनवास भएको हो। पहिले पहिलेका बुढाबुढीले राजालाई विष्णुको अवतार पनि भन्ने गर्थे भनाइ वास्तविक रहेछ।

    प्रायःजसो नेपाली नागरिकहरु अवसरवादी र ताक परे तिवारी नत्र गोतामे छन। यसकारण राजा ज्ञानेन्द्र शाहलाई मेरो सुझाव र सल्लाह के छ भने अब देशभक्त जति बन्नु बनी सक्नु भयो देशभक्त भएर काम छैन। आफू र आफ्नो परिवारको हित र भलो हेरी दुनो सोझाउनु होस मेरो आग्रह छ।

    स्वतन्त्र नेपाली नागरिक
    – हेटौंडा उपमहानगरपालिका-२, मकवानपुर।

    प्रतिकृया दिनुहोस्

    सद्भाव बचतद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

    बैशाख-१५, शनिबार/मोरङ – कहिले पनि न अस्ताउने सूर्य को सहर गाउँ सर उज्यालो बनाउने सद्भावको...

    ब्रह्म कुमारी उपशाखा रङ्गेलीको २१औं वार्षिक उत्सव सम्पन्न

    बैसाख-१५, शनिबार/मोरङ –   माेरङकाे  रंगेली नगरपालिका ७ स्थित बस पार्कमा रहेको ब्रहृमा कुमारी उपशाखा केन्द्र...

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुबेतमा ४ जना नयाँ पत्रकारको प्रवेश

    कुवेत – नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका...

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal