News Portal

गृहपृष्ठ # नेकपा एमाले

संसद अवरोधबीच सत्तापक्षको स्पष्ट सन्देश — “विपक्षीले साथ दिए ठीकै, नदिए पनि संसद अघि बढ्छ”

काठमाडौं, जेठ २५ – राजनीतिक तापक्रम चुलिंदै गएको यस घडीमा संसदको गतिरोध अन्त्यका लागि आइतबार बसेको प्रमुख सचेतकहरूको बैठकबाट सत्तारूढ पक्षले कडा सन्देश दिएको छ— अब संसद अघि बढ्नेछ, चाहे विपक्षीको सहयोग होस् वा नहोस्।...बाँकी

कांग्रेस–एमालेको संविधान संशोधन वाचा बिर्सियो : गगन थापा

काठमाडौं, जेठ २० – संविधान संशोधनको वाचा गर्दै सत्ता साझेदारीमा आएका प्रमुख दुई दल—नेपाली कांग्रेस र नेकपा एमाले—ले समय बित्दै जाँदा त्यो वाचा बिर्सिएको भन्दै कांग्रेस महामन्त्री गगन थापाले गम्भीर आपत्ति जनाएका छन्। मंगलबार राजधानीमा...बाँकी

१५ जेठमा सडक प्रदर्शन : प्रधानमन्त्री ओलीको अभिव्यक्तिले विवाद निम्त्यायो, आलोचना चुलियो

काठमाडौं, जेठ १२ – राजावादी समूहले १५ जेठमा पूर्वराजा फर्काउने मागसहित प्रदर्शन गर्ने घोषणा गरिरहँदा, सत्तारूढ नेकपा एमालेले पनि त्यसै दिन काठमाडौंमा आक्रामक शक्ति प्रदर्शन गर्ने तयारी थालेको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा...बाँकी

राजावादीको आन्दोलनको प्रतिवादमा एमाले आक्रामक, च्यासलमा रणनीतिक बैठक जारी

काठमाडौं, जेठ १२ – राजसंस्था पुनःस्थापनाको पक्षमा सक्रिय भएका राजावादी शक्तिहरूलाई निष्क्रिय तुल्याउन नेकपा एमालेले योजनाबद्ध रूपमा रणनीति बनाउँदै गएको छ। सोही सन्दर्भमा एमालेका विभिन्न जनसंगठनहरूको संयुक्त बैठक सोमबार बिहानदेखि पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु...बाँकी

ओलीको खुलासा : ‘३२ अर्बको हल्ला प्रचण्डको डिजाइन, माधव–झलनाथको समर्थन’

काठमाडौं, जेठ ११ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै काठमाडौँमा आयोजित एक कार्यक्रममा आफूविरुद्ध फैलाइएको आर्थिक हल्लाप्रति तीव्र आपत्ति जनाउँदै त्यसको स्रोत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको आरोप लगाएका छन्।...बाँकी

काठमाडौँमा एमालेको शक्ति प्रदर्शन गर्न ओलीको निर्देशन

काठमाडौं, जेठ ११ – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई आगामी जेठ १५ गते काठमाडौँमा एमालेको प्रभावशाली उपस्थिति सुनिश्चित गर्न आह्वान गरेका छन्। उनले काठमाडौँलाई पूर्ण रूपमा एमालेको पकडमा ल्याउने...बाँकी

लोकतन्त्र दिवसमा काठमाडौंमा एमालेको युवा शक्ति प्रदर्शन हुने

काठमाडौं, वैशाख १ — लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेले वैशाख ११ गते राजधानी काठमाडौंमा एक लाखभन्दा बढी युवालाई सहभागी गराई शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। एमालेको भ्रातृ संगठन युवा संघ नेपालको आयोजनामा हुने यो...बाँकी

लोकतन्त्रको नाउँमा लुटतन्त्र? प्रमुख सल्लाहकारलाई प्रश्न

फाल्गुन २७, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई लोकतन्त्रको सही अभ्यासबारे प्रश्न उठाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा सचेतक ज्ञानेन्द्र शाहीले कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक आफ्नो...बाँकी

कैलालीमा ४६ जनाले एमाले परित्याग गरे

२२ पुस, काठमाडौं – कैलालीको गोदावरी नगरपालिकाका ४६ जनाले नेकपा एमाले परित्याग गरेका छन्। सामूहिक राजीनामासहित नगर अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा पूर्वमाओवादी भएकाले अपमानित हुनुपरेको गुनासो गरिएको छ। पत्रमा एमालेमै रहँदा पटकपटक अपमान र अपहेलनाको...बाँकी

एमाले–माओवादी तनाब: ओलीद्वारा प्रचण्डमाथि अस्थिरताको आरोप

काठमाडौं, पुस २१ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्‍याउने गतिविधिमा सक्रिय भएको आरोप लगाएका छन्। पार्टी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले...बाँकी