News Portal

पूर्वराष्ट्रपति भण्डारी आज पत्रकार सम्मेलन गर्दै, एमालेले रोकेको सदस्यता विषयमा पहिलो प्रतिक्रिया आउने संकेत

२२६ पटक

काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रवार विशेष पत्रकार सम्मेलन गर्दैछिन्। काठमाडौंको कार्की बैंक्वेटमा दिउँसो ३ बजे आयोजना हुन लागेको यो पत्रकार सम्मेलनलाई राजनीतिक वृत्तले अत्यन्तै चासोका साथ हेरिरहेको छ।

राजनीतिक गतिविधिमा पुनः सक्रिय हुने संकेत दिएकी भण्डारीको पार्टी नेकपा (एमाले) ले हालै मात्र उनको सदस्यता नवीकरण नगरी रोक लगाएपछि यो पहिलो पटक उनी सार्वजनिक रूपमा बोल्न लागेकी हुन्। एमालेको यही निर्णयपछि उनी लगातार मौन रहँदै आएकी थिइन्।

गत मंगलबार सम्पन्न एमाले केन्द्रीय समिति बैठकले उनको पार्टी सदस्यता अमान्य ठहर गर्दै औपचारिक रूपमा राजनीतिक गतिविधिमा भाग लिन रोक लगाउने निर्णय गरेपछि भण्डारीप्रति उठेका जिज्ञासाहरू अझै तीव्र बनेका थिए।

यस्तो पृष्ठभूमिमा आजको पत्रकार सम्मेलनलाई विश्लेषकहरूले ‘भण्डारीको नयाँ राजनीतिक पाटो उद्घाटन गर्ने सम्भावित मंच’को रूपमा लिएको पाइन्छ। एमालेसँगको सम्बन्ध टुटेको अवस्थामा अब भण्डारी कुन बाटो अघि बढ्छिन् भन्ने कौतूहलसँगै यो पत्रकार सम्मेलनलाई महत्त्वपूर्ण मोडको रूपमा हेरिएको छ।

 

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...