News Portal

पूर्वराष्ट्रपति भण्डारी आज पत्रकार सम्मेलन गर्दै, एमालेले रोकेको सदस्यता विषयमा पहिलो प्रतिक्रिया आउने संकेत

१८१ पटक

काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रवार विशेष पत्रकार सम्मेलन गर्दैछिन्। काठमाडौंको कार्की बैंक्वेटमा दिउँसो ३ बजे आयोजना हुन लागेको यो पत्रकार सम्मेलनलाई राजनीतिक वृत्तले अत्यन्तै चासोका साथ हेरिरहेको छ।

राजनीतिक गतिविधिमा पुनः सक्रिय हुने संकेत दिएकी भण्डारीको पार्टी नेकपा (एमाले) ले हालै मात्र उनको सदस्यता नवीकरण नगरी रोक लगाएपछि यो पहिलो पटक उनी सार्वजनिक रूपमा बोल्न लागेकी हुन्। एमालेको यही निर्णयपछि उनी लगातार मौन रहँदै आएकी थिइन्।

गत मंगलबार सम्पन्न एमाले केन्द्रीय समिति बैठकले उनको पार्टी सदस्यता अमान्य ठहर गर्दै औपचारिक रूपमा राजनीतिक गतिविधिमा भाग लिन रोक लगाउने निर्णय गरेपछि भण्डारीप्रति उठेका जिज्ञासाहरू अझै तीव्र बनेका थिए।

यस्तो पृष्ठभूमिमा आजको पत्रकार सम्मेलनलाई विश्लेषकहरूले ‘भण्डारीको नयाँ राजनीतिक पाटो उद्घाटन गर्ने सम्भावित मंच’को रूपमा लिएको पाइन्छ। एमालेसँगको सम्बन्ध टुटेको अवस्थामा अब भण्डारी कुन बाटो अघि बढ्छिन् भन्ने कौतूहलसँगै यो पत्रकार सम्मेलनलाई महत्त्वपूर्ण मोडको रूपमा हेरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...