News Portal

ओलीको व्याख्या: नेताको मूल्यांकन उमेरले होइन, जिम्मेवारीबाट

हिमालीसंचार संवाददाता
२३५ पटक

काठमाडौं, जेठ २५ – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तोकिएको ७० वर्षे उमेरहदको प्रावधान अब अप्रासंगिक भइसकेको दाबी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित अनेरास्ववियु (एमाले)को महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उमेर होइन, कार्यक्षमता र स्वास्थ्य मुख्य मापदण्ड हुनुपर्ने धारणा राखे।

“७० वर्षे उमेरहद त अब फेल खाइसक्यो, म स्वयं ७४ वर्षमा प्रवेश गर्दैछु,” प्रधानमन्त्री ओलीले प्रष्ट रूपमा भने, “नेतृत्व दिने हो भने स्वास्थ्य र कार्यशक्तिमा निर्भर हुनुपर्छ, खाली उमेर हेरेर नेताको मूल्याङ्कन गर्नु उपयुक्त हुँदैन।”

एमालेले २०७८ सालको विधान सम्मेलनमार्फत ७० वर्षे उमेर सीमा तय गरे पनि २०८० जेठमा बसेको सचिवालय बैठकले त्यसलाई औपचारिक रूपमा निलम्बन गरिसकेको छ। यद्यपि, पार्टीभित्र अझै पनि उमेरहदको सैद्धान्तिक बहस जारि नै छ।

ओलीले भने, “यस्ता बहसहरूमा कार्यकर्ताहरूलाई बहकिनु हुँदैन। आवश्यकता अनुसार पार्टीले निर्णय लिन्छ।” उनले चीन, साइप्रस लगायतका कम्युनिस्ट पार्टीहरूमा पनि यस्ता प्रावधान हटाइएको उदाहरण दिए।

“चीनले महासचिव र राष्ट्रपति दुई कार्यकाल मात्र हुने भनेर सीमा तोकेको थियो, तर राष्ट्रपति सी चिनफिङलाई आवश्यक देखेर त्यो नियम हटाइयो। अहिले उनी ७२ वर्षका भइसक्नुभएको छ,” ओलीले उल्लेख गरे।

त्यस्तै, उनले माधव नेपाल, झलनाथ खनाल, मनमोहन अधिकारी, सिपी मैनालीलगायतका नेताहरूको उदाहरण कोट्याउँदै उमेर होइन, पार्टीको आवश्यकता र समयअनुसार निर्णय हुने बताए।

“झलनाथजीलाई ४१ वर्षकै उमेरमा अवकाश दिइयो। माधव नेपाललाई ७० नपुग्दै पदबाट हटाइयो। मनमोहन अधिकारी ७८ वर्षसम्म पनि पार्टीमा सक्रिय रहनुभयो,” उनले स्मरण गरे, “सिपी मैनालीलाई त ३१ वर्षकै उमेरमा नेतृत्वबाट हटाइएको हो।”

प्रधानमन्त्री ओलीको भनाइले एमालेभित्रको नेतृत्व चयनमा उमेरभन्दा बढी कार्यक्षमता, अनुभव र आवश्यकतालाई प्राथमिकता दिनुपर्ने संकेत गरिएको देखिन्छ।

उनले स्पष्ट रूपमा भने, “म आफैंलाई पुनः नेतृत्वमा ल्याउन भन्दै उमेरहदको कुरा उठाएको होइन। तर, कुनै पनि विषयलाई जडतामा बाँधेर हेर्नु उपयुक्त हुँदैन। परिस्थिति र आवश्यकता हेरेर निर्णय गर्न सक्नुपर्छ।”

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...