News Portal

ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

२१५ पटक

काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको छ। सोमबार काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले हलेसी क्षेत्र र चाम्लिङ समुदायबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै यस्तो अनुमान प्रस्तुत गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले हलेसी क्षेत्रमा शिवजीले तपस्या गरेको बताइने ओडारहरूलाई चाम्लिङ समुदायको थलोसँग जोड्दै भन्नुभयो, ‘‘शिवजी चाम्लिङ थिए कि भन्ने कहिलेकाहीँ लाग्छ। हलेसी भन्नाले चाम्लिङको थलो भन्ने बुझिन्छ। तर म यसमा कुनै दाबी गर्दिनँ, यो मेरो अनुमान मात्रै हो। अरू पनि हुन सक्छ, विभिन्न परिघटनाले पछि मिक्सअप हुन पुगेको पनि हुनसक्छ।’’

कार्यक्रममा उहाँले वेदव्यास, कपिलमुनी र गौतम बुद्ध नेपालमै जन्मिएको प्रसंग समेत उल्लेख गर्दै नेपालको धार्मिक र ऐतिहासिक गौरवलाई अझ सशक्त रूपमा प्रचार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, यस्ता पवित्र स्थलहरूको संरक्षण र पर्यटनसँग जोडेर विकास गर्न सकेमा नेपालको समृद्धि मार्ग अझ खुल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...