News Portal

ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

२३५ पटक

काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको छ। सोमबार काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले हलेसी क्षेत्र र चाम्लिङ समुदायबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै यस्तो अनुमान प्रस्तुत गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले हलेसी क्षेत्रमा शिवजीले तपस्या गरेको बताइने ओडारहरूलाई चाम्लिङ समुदायको थलोसँग जोड्दै भन्नुभयो, ‘‘शिवजी चाम्लिङ थिए कि भन्ने कहिलेकाहीँ लाग्छ। हलेसी भन्नाले चाम्लिङको थलो भन्ने बुझिन्छ। तर म यसमा कुनै दाबी गर्दिनँ, यो मेरो अनुमान मात्रै हो। अरू पनि हुन सक्छ, विभिन्न परिघटनाले पछि मिक्सअप हुन पुगेको पनि हुनसक्छ।’’

कार्यक्रममा उहाँले वेदव्यास, कपिलमुनी र गौतम बुद्ध नेपालमै जन्मिएको प्रसंग समेत उल्लेख गर्दै नेपालको धार्मिक र ऐतिहासिक गौरवलाई अझ सशक्त रूपमा प्रचार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, यस्ता पवित्र स्थलहरूको संरक्षण र पर्यटनसँग जोडेर विकास गर्न सकेमा नेपालको समृद्धि मार्ग अझ खुल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।

 

प्रतिकृया दिनुहोस्

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...