News Portal

गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार, समाज

पाकिस्तानी जेलमा रहेका इमरान खानले बेलायतस्थित अक्सफोर्डको कुलपति बन्न किन दिए आवेदन ?

काठमाण्डौ। जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको चान्सलर (कुलपति) बन्न आवेदन दिएका छन्। अर्थात् उनी अक्सफोर्डको चान्सलरका लागि चुनाव लड्दै छन्। उम्मेदवारका रूपमा इमरानले अन्तिम म्यादको...बाँकी

इरानमा पाकिस्तानी तीर्थालु बोकेको बस पल्टिदा २८ जनाको मृत्यु

इरान। पाकिस्तानी तीर्थालुहरु बोकेको एक बस इरानमा पल्टिदा २८ जनाको ज्यान गएको छ। बेलायती विश्व च्यानल बीबीसीका अनुसार मङ्गलवार इरानको मध्य भागको प्रान्त यात्जमा दुर्घटना हुनुको कारण ब्रेक प्रणालीको खराबी भएको बताइएको छ। इरानी सरकारी...बाँकी

गाजामा एकै परिवारका १५ सदस्यको इजरायली हमलामा मृत्यु

गाजापट्टी। गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणमा ९ बालबालिका र ३ महिलासहित प्यालेस्टिनी परिवारका १५ सदस्यको मृत्यु भएको बताएको छ। मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक सुरक्षा प्रवक्ता...बाँकी

युक्रेनको दुस्साहसले पुटिनलाई झट्का, के गर्ला रुस ?

एजेन्सी। आक्रमण गर्दै अघि बढेको युक्रेनी सैनिकहरूबाट भागेका परिवारहरू अपरिचित मानिससँग बास मागिरहेका छन्। पहिलोपटक रुसी अभिभावक आफ्ना सन्तान लडाइँमा पठाइने डरमा छन्। सोमबार टीभीमा प्रत्यक्ष प्रसारण गरिएको एक बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन हस्तलिखित लेखोट...बाँकी

श्रीलंकाको राष्ट्रपतीय चुनावमा ३९ उम्मेदवार, विक्रमासिंगेलाई राजापाक्षेका छोराले चुनौती दिने

कोलम्बो। श्रीलंकामा अर्को महिना हुने राष्ट्रपतीय निर्वाचनमा कीर्तिमानी संख्यामा उम्मेदवार हुने भएका छन्। अभूतपूर्व आर्थिक संकटपछि हुन लागेको चुनावमा निर्वाचन आयोगले बिहीबार ३९ जना उम्मेदवारको आवेदन स्वीकार गरेको छ। सेप्टेम्बर २१ मा हुने चुनावमा वर्तमान...बाँकी

इराक सरकारले ल्यायो ९ वर्षमै बिहे गर्न पाउने विवादास्पद कानुन

इराक। विवाहको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश भएको छ। यसअनुसार महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न सक्नेछन्। हालको इराकी कानुनमा विवाहका लागि १८ वर्ष उमेर तोकिएको छ। इराकको कानुन मन्त्रालयले...बाँकी

बंगलादेशमा सैनिक कू, अन्तरिम सरकार गठन गरिने

ढाका। बंगलादेशमा सैनिक “कू” भएको छ। देशवासीका नाममा केहीबेर अघि सन्देश जारी गर्दै प्रधानसेनापति वाकेर उज जमानले शासन व्यवस्था लिएको घोषणा गरेका छन्। उनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको पुष्टि गर्दै तत्कालै अन्तरिम सरकार गठन...बाँकी

बेलायतमा हिंसात्मक प्रदर्शन, ९० जनाभन्दा बढी पक्राउ

लण्डन। अति दक्षिणपन्थी आप्रवासी आन्दोलनले हिंसात्मक रूप लिएपछि बेलायतमा शनिबार ९० जनाभन्दा बढी पक्राउ परेका छन्। हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपुल र बेलफास्टमा पसलहरू लुटिएका थिए भने प्रहरी अधिकारीहरूमाथि आक्रमण गरिएको बीबीसीले जनाएको छ। प्रधानमन्त्री...बाँकी

बङ्गलादेशमा विद्यार्थीहरूद्वारा फेरि आन्दोलनको घोषणा

ढाका। बङ्गलादेशमा पक्राउ परेका विद्यार्थी नेतालाई रिहा नगरेपछि विद्यार्थीहरूले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध आन्दोलन गर्ने क्रममा पक्राउ परेका आफ्ना नेताहरूलाई रिहा गर्नुपर्ने, आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका नागरिकका आफन्तसँग...बाँकी

राष्ट्रपतिमा कमला ह्यारिसलाई ओबामाको समर्थन

एजेन्सी। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गरेका छन्। राष्ट्रपति जो बाइडेनले आगामी चुनावमा राष्ट्रपतिको प्रतिस्पर्धाबाट पछि हट्दै ह्यारिसलाई अगाडि सारे पनि ओबामाले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन्।...बाँकी