News Portal

  • अमेरिकी र इराकी सेनाको आक्रमणमा १५ आईएस लडाकु मारिएको दाबी

    हिमालीसंचार संवाददाता
    २२२ पटक

    इराक। अमेरिकाले इराकी सुरक्षा बलका साथ सञ्चालन गरिएको संयुक्त कारबाहीका क्रममा इस्लामिक स्टेट (आईएस)का १५ लडाकु मारिएको दाबी गरेको छ।

    अमेरिकी सेन्ट्रल कमान्डले बिहीबार इराकको पश्चिमी क्षेत्रमा चलाइएको चरमपन्थी समूहविरुद्धको संयुक्त कारबाहीमा आईएसका १५ लडाकु मारिएको दाबी गरेको हो।

    सेन्ट्रल कमान्डले बयान जारी गर्दै भनेको छ, ‘अमेरिकी र इराकी सैनिकहरुको खतरनाक हतियार, ग्रिनेड र विष्फोट गराउने सुसाइड बेल्टले सुसज्जित लडाकु समूहसँग मुठभेड भयो। यो घटनामा कोही सर्वसाधारण हताहती भएका छैनन्।’

    यद्यपि, अमेरिकी मिडियाहरुमा उक्त कारबाहीका क्रममा केही अमेरिकी सैनिकहरु घाइते भएका समाचार प्रकाशित भएको बीबीसीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...