News Portal

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट छुट्दै

हिमालीसंचार संवाददाता
२९२ पटक

काठमाडौँ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतीय सर्वोच्च अदालतले जमानत दिएको छ। मदिरा नीति सम्बन्धी मुद्दामा सीबीआईको एफआईआरमा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

केजरीवाललाई १० लाख धरौटीमा जमानत दिइएको हो। केजरीवालले ईडी मुद्दामा जुलाई १२ मै सर्वोच्च अदालतबाट जमानत पाइसकेका छन्।

यस्तो अवस्थामा उनको जेलबाट बाहिरिने बाटो खुलेको छ। उनी आजै जेलबाट छुट्न सक्ने बताइएको छ।

दिल्ली सरकारको मदिरा बिक्री नीतिसँग जोडिएको भ्रष्टाचार छानबिन गर्न आम आदमी पार्टी (आप)का प्रमुखसमेत रहेका केजरीवाललाई ईडीले गत मार्च २१ मा पक्राउ गरेको थियो, जसमा सर्वोच्च अदालतले उनलाई जुलाईमा जमानत दिएको थियो।

तर हिरासतमै रहेका बेला केजरीवाललाई सीबीआईले जुन २६ मा पुन: गिरफ्तार गरेको थियो।

सन् २०२२ मा केजरीवाल सरकारले लागू गरेको नीतिले निजी क्षेत्रका थोक बिक्रेतालाई अनुचित लाभ दिएको आरोप छ। आप समर्थकले भने यस नीतिले सरकारी एकाधिकार तोडेको दाबी गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...