News Portal

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट छुट्दै

हिमालीसंचार संवाददाता
२३८ पटक

काठमाडौँ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतीय सर्वोच्च अदालतले जमानत दिएको छ। मदिरा नीति सम्बन्धी मुद्दामा सीबीआईको एफआईआरमा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

केजरीवाललाई १० लाख धरौटीमा जमानत दिइएको हो। केजरीवालले ईडी मुद्दामा जुलाई १२ मै सर्वोच्च अदालतबाट जमानत पाइसकेका छन्।

यस्तो अवस्थामा उनको जेलबाट बाहिरिने बाटो खुलेको छ। उनी आजै जेलबाट छुट्न सक्ने बताइएको छ।

दिल्ली सरकारको मदिरा बिक्री नीतिसँग जोडिएको भ्रष्टाचार छानबिन गर्न आम आदमी पार्टी (आप)का प्रमुखसमेत रहेका केजरीवाललाई ईडीले गत मार्च २१ मा पक्राउ गरेको थियो, जसमा सर्वोच्च अदालतले उनलाई जुलाईमा जमानत दिएको थियो।

तर हिरासतमै रहेका बेला केजरीवाललाई सीबीआईले जुन २६ मा पुन: गिरफ्तार गरेको थियो।

सन् २०२२ मा केजरीवाल सरकारले लागू गरेको नीतिले निजी क्षेत्रका थोक बिक्रेतालाई अनुचित लाभ दिएको आरोप छ। आप समर्थकले भने यस नीतिले सरकारी एकाधिकार तोडेको दाबी गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...