News Portal

पाकिस्तानी सेनाले विश्वविद्यालयमा छापा मारेपछि तनाव

हिमालीसंचार संवाददाता
२८० पटक

एजेन्सी। पाकिस्तानी सेनाले बलोचिस्तान प्रान्तमा रहेको तुर्बत विश्वविद्यालयमा छापा मारेपछि तनाव बढेको छ।

पाकिस्तानी सेनाले उक्त विश्वविद्यालयको महिला छात्रावासमा छापा मारेको हो। सेनाले महिला छात्रावासमा छापा मारेर महल बलोच नाम गरेकी महिलाका बारेमा सोधपुछ गरेको बलोचिस्तान पोस्टले जनाएको छ।

जिलान कुर्द भनेर चिनिने बलोच बेला क्षेत्रमा रहेको पाकिस्तानी सेनाको चौकीमा आत्मघाती बम आक्रमणमा संलग्न रहेको जनाइएको छ।

बलोचिस्तानको बन्दरगाह शहर ग्वदर घर भएकी बलोच सोही विश्वविद्यालयमा अध्ययन गर्दै आएकी थिइन्। उनी बलोचिस्तान लिबरेसन आर्मी (बीएलए)ले गराएको आत्मघाती आक्रमणमा संलग्न रहेको सेनाले जनाएको छ।

छापा मार्ने क्रममा सेनाले उनको कोठाबाट विभिन्न सामग्री नियन्त्रणमा लिएको बलोचिस्तान पोस्टले उल्लेख गरेको छ।

घटनाबारे विश्वविद्यालय प्रशासनले थप जानकारी दिन अस्वीकार गरेको छ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...