News Portal

भ्रमण वर्षको अन्तर्राष्ट्रिय समन्वय सदस्यमा पुस्तक रेग्मी

हिमालीसंचार संवाददाता
३७६ पटक

पोर्चुगल – चितवनको भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको बेला भ्रमण वर्ष सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय उपसमिति समेत बनाएको छ ।  नगर प्रमुख रेनु दाहालले उपसमितिको सदस्यमा युरोपाटिका सम्पादक पुस्तक रेग्मीलाई मनोनयन गरेका छन्। रेग्मी नेपाल पत्रकार महासंघ युरोप शाखा र नेपाल प्रेस युनियन युरोप शाखाको कार्यसमिति सदस्य समेत रहेका छन्।

युरोप  टिसहित विभिन्न मिडियामा आबद्ध भइ पत्रकारितामा क्रियाशील रहँदै आएका रेग्मीले युरोपमा रहेका प्रवासी नेपालीको अवस्था, नेपालीका सामाजिक गतिविधि, समसामयिक घटना तथा प्रवासमा नेपालीले भोग्नुपरेका समस्यालगायतका विषयमा कलम चलाउँदै आएका छन् । अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने, पर्यटकको संख्या र बसाई अवधि वृद्धि गर्ने तथा दीगो पर्यटन विकासका लागि पत्रकार रेग्मीलाई सदस्य मनोनित गरिएको नगर प्रमुख दाहालले प्रदान गरिएको पत्रमा उल्लेख छ।

महानगरले सामाजिक तथा आर्थिक परिवर्तन गर्ने उद्देश्यले बृहत अभियान स्वरुप भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको सन्दर्र्भमा निजी क्षेत्रसँगको सहकार्यमा पनि अभियान सञ्चालन भइरहेको नगर प्रमुख दाहालले रेग्मीलाई प्रदान गरेको पत्रमा उल्लेख छ ।सोही अनुरुप विभिन्न उपसमिति गठन गरि प्रचारप्रसार गरिनुका साथै अन्य मूलुकमा बस्ने नेपालीहरुलाई पनि समट्दै अभियान भैरहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...