News Portal

चिनियाँ राष्ट्रपति सी चिनफिङ सामु किन रोए मलेसियाका राजा ?

हिमालीसंचार संवाददाता
३४० पटक

एजेन्सी। मलेसियाका राजा सुल्तान इब्राहिम चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा भावुक बनेका छन्।

चार दिने चीन भ्रमणका क्रममा शुक्रबार बेइजिङमा भएको यो भेटघाटमा राजा सुल्तानले आफ्नो भावुकताको क्षण सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्।

भेटवार्तामा राजाका छोरा टुंकु अब्दुल जलीलको स्वास्थ्य अवस्थाबारे कुरा भएको थियो। सन् २०१४ मा राजकुमार जलीलको चीनमा कलेजो प्रत्यारोपण गरिएको थियो।

मलेसियाका मन्त्री एन्गा कोरमिङका अनुसार छोराको उपचारमा चीनले पुर्‍याएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै राजा भावुक बनेका हुन्।

शल्यक्रिया सफल भए पनि राजकुमार अझै पूर्णरूपमा स्वस्थ हुन सक्नु भएको छैन, मन्त्री कोरमिङले अखबार द स्टारलाई भने, सोही विषयमा कुरा हुँदा राजाले आँशु थाम्न सक्नु भएन।

राजा सुल्तानको भावुक प्रतिक्रियाले चीनको चिकित्सा सहायताप्रति मलेसियाको आभार र दुई देशबीचको गहिरो सम्बन्धलाई उजागर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...