News Portal

ढाकाबाट हङकङ आउँदै गरेको क्याथेको जहाजमा एक यात्रुको मृत्यु

हिमालीसंचार संवाददाता
४७२ पटक

हङकङ। ढाकाबाट हङकङका लागि उडेको क्याथे प्यासिफिक एयरवेजको विमानमा एक यात्रुको मृत्यु भएको छ।

बुधबार बिहान बंगलादेशको राजधानी ढाकाबाट हङकङ आउँदै गर्दा उडान सीएक्स६६२ मा ४७ वर्षीय बंगलादेशी यात्रु बेहोस भएर ढलेको रिपोर्ट प्राप्त भएको हङकङ प्रहरीले जनाएको छ।

उनलाई अधिकारीहरूले घटनास्थलमै मृत घोषित गरेका थिए। मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ।

विमानस्थल प्राधिकरणका अनुसार स्थानीय समय बिहान २ बजे ढाकाबाट उडेको उक्त जहाज बुधबार बिहान ७:४९ मा हङकङ अवतरण गरेको थियो।

डेढ हप्ताअघि पनि हङकङबाट भारतको मुम्बईका लागि तय भएको क्याथेकै उडानमा बेहोस भएका जर्मन यात्रुको मृत्यु भएको थियो।

७१ वर्षीय ती जर्मन नागरिक जहाजले उडान भर्नुअघि बेहोस भएका थिए। एयर क्रुको प्राथमिक उपचारपछि अस्पताल लगिएका उनलाई मृत घोषित गरिएको थियो। – एससीएमपीबाट।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...