News Portal

भारतको बेंग्लोरमा महिलाको बीभत्स हत्या

हिमालीसंचार संवाददाता
३४७ पटक

काठमाडौँ। भारतको बेंग्लोरमा एक २९ वर्षीया महिलाको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

भारतीय प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार महालक्ष्मी नामकी ती महिलाको हत्या गरी फ्रिजमा शव टुक्रा–टुक्रा अवस्थामा राखिएको शव फेला परेको हो।

यसअघि सन् २०२२ मा पनि दिल्लीमा एक महिलाको बीभत्स हत्या भएको थियो। आउटलुक इन्डियाका अनुसार छिमेकीले गन्ध आएपछि खबर गरेका थिए।

द इन्डियन एक्सप्रेसका अनुसार उनी बस्ने अपार्टमेन्टका मालिक जयराम छिमेकीको सूचनापछि महालक्ष्मीको निवास पुगेपछि शव भेटिएको थियो।

त्यसपछि उनैले प्रहरीलाई खबर गरेका थिए। भारतीय प्रहरीले यससम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

वेस्ट जोनका एसीपी एन साथीश कुमारले पीटीआईसँग भनेका छन्, एक महिलाको शव टुक्रा टुक्रा अवस्थामा फ्रिजमा राखिएको भेटिएको छ। उक्त घर व्यालिकावल प्रहरी स्टेसनको कार्यक्षेत्रभित्र पर्छ।

यो घटना ४–५ दिनअघि भएको हुनसक्छ। न्युजएक्सका अनुसार ती महिला विहारकी हुन्। उनी कर्णाटकमा बस्दै आएकी थिइन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...