News Portal

  • एनआरएनए एनसीसी कुवेतमा एकता असम्भव: श्रमिकमाथि अन्याय, तस्करको चलखेल !

    १९२ पटक
    https://himalisanchar.com/archives/73266

    (धीरेन्द्रराज सुवेदी, निवर्तमान अध्यक्ष एनसीसी कुवेत।)

    कुवेत, असार ३१ — गैरआवासीय नेपाली संघ (एनआरएनए) एउटा अन्तर्राष्ट्रिय संस्था हो, जुन विदेशमा बसोबास गर्ने नेपालीहरूलाई संगठित गरी उनीहरूको हक–अधिकारको संरक्षण गर्ने र नेपालसँगको सम्बन्ध बलियो बनाउने उद्देश्यले स्थापना गरिएको हो। यसले नेपालीहरूलाई विश्वभर संगठित गर्ने कार्य गर्दै आएको छ।

    तर पछिल्लो समय एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कुवेतमा देखिएको गम्भीर विकृति, मानव तस्करहरूको हालीमुहाली र संस्थामा भइरहेको अनैतिक हस्तक्षेपका कारण एकताको प्रयास पुनः विफल भएको छ।

    हिजो मे २८ मा एचएलसी (HLC) पक्षधरहरूको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको अधिवेशनपछि पनि एकताको प्रयास भइरहेको थियो। तर त्यसबेला आफूलाई तटस्थ बताउँदै वार्ताबाट बाहिर रहेका बद्री केसी नेतृत्वको समूह अहिले परराष्ट्र मन्त्रालयबाट महेश श्रेष्ठ समूहलाई प्राप्त आधिकारिकताको फाइदा उठाएर पुनः एनसीसी कब्जा गर्ने खेलमा लागेको देखिन्छ।

    नेपाल सरकारले प्रतिबन्ध लगाएको घरेलु कामदार तस्करहरूमा संलग्न, मदिरा व्यापारी र आपराधिक प्रवृत्तिका केही व्यक्तिहरूलाई नेतृत्वमा उभ्याउने चलखेलले संस्थाको मर्यादा र विश्वसनीयतामा गम्भीर चोट पुगेको छ। मदिरा उत्पादन तथा ओसारपसारमा संलग्न, श्रमिकहरूलाई ठगी र धम्की दिने, सामाजिक सञ्जालमा गालीगलौज र गुण्डागर्दी गर्ने यस्ता तत्वहरू नेतृत्वमा आउन खोज्दा संस्थामा श्रद्धा होइन, त्रासको वातावरण सिर्जना भएको छ।

    यस्ता समूहहरूले नेतृत्वको खोल ओढेर सत्य र श्रमिक पक्षधर समूहलाई निरन्तर दबाबमा राख्दै आएको र एनआरएनएलाई केही जातीय तथा पेशागत गिरोहहरूले कब्जा गर्ने योजना देखिन थालेको प्रति कुवेतका सचेत वर्ग चिन्तित छन्।

    एचएलसी बहिष्कार गर्नेहरूलाई काखी च्यापेर, योगदान गर्नेहरू उपेक्षित

    एनआरएनएको एकताको नाममा केन्द्रले एचएलसीलाई समर्थन गर्नेहरूलाई व्यवस्थापन गर्ने प्रयास गर्दा, त्यसबेला बहिष्कार र तटस्थ बसेका समूहहरूलाई भने फेरि नेतृत्वमा ल्याएर संस्थागत अपमान गरेको गुनासो उठेको छ। अहिले त्यही पुरानो संरचना र तस्करहरूको झुण्ड बोकेर “एचएलसी समर्थककै अधिवेशन हो” भन्दै नयाँ अधिवेशनको तयारी हुनुले एकता होइन, कब्जा गर्ने रणनीति देखाएको छ।

    एमआईएसमा बद्री समूहको दर्ता, दोहोरो खेलको आरोप !

    विश्वस्त स्रोतका अनुसार बद्री समूहले गत महिना नै एनसीसीको नाममा एमआईएस प्रणालीमा आधिकारिक दर्ता गराइसकेको देखिन्छ। यो अक्टोबरमा गरिने अधिवेशनलाई केन्द्रले मान्यता दिन सक्ने रणनीतिको संकेत हो। अर्कोतर्फ, अहिले एचएलसीको नाम लिँदै महेश समूहलाई समेत झुक्याउने प्रयास भइरहेको छ।

    श्रमिक मुद्दा ओझेलमा, पीडकहरू नेतृत्वमा

    एनआरएनए जस्तो संस्थाको मूल उद्देश्य प्रवासी श्रमिकहरूको हक, सुरक्षा र कल्याण सुनिश्चित गर्नु हो। तर विडम्बना — कुवेतमा आज त्यही श्रमिकहरूकै पीडा सिर्जना गर्नेहरू नेतृत्वमा पुग्न खोजिरहेका छन्। सेवा शुल्कका नाममा श्रमिकहरूलाई ठगी गर्ने, कामदारका अभावमा ल्याइएका घरेलु महिला श्रमिकहरूको शोषण गर्ने र नेपाली श्रमिकहरूको नाममा लाखौँ डलरको चलखेल गर्नेहरूको प्रभाव संस्थाभित्र बढ्दो छ।

    तर यस्ता गम्भीर विषयमा एनआरएनए नेतृत्व मौन छ। कुवेतस्थित नेपाली दूतावासको भूमिकाप्रति पनि प्रश्न उठिरहेको छ — धेरै पटक आग्रह गर्दा पनि राजदूतले एचएलसी पक्षसँग संवाद नगरेको तर विवादित व्यक्तिहरूसँग नियमित समन्वय गरेको उजुरी सार्वजनिक भइसकेका छन्।

    समाजको मौनता — चिन्ताजनक अवस्था !

    यसरी देखिँदै गएको अराजकता, नेतृत्व कब्जा र संस्थाको बदनाम हुँदै जाने अवस्था निकै चिन्ताजनक छ। तर कुवेतस्थित बुद्धिजीवी वर्ग, सामाजिक संस्था र श्रमिक अधिकारकर्मीहरूको मौनता झन् लज्जास्पद बन्दै गएको छ।

    एनआरएनए एनसीसी कुवेतको नाममा हुन लागेको अधिवेशन अहिले संस्था होइन, माफियातन्त्र र व्यवसायिक स्वार्थको अखडा जस्तो देखिन थालेको चिन्ता धेरैको छ। संस्थालाई बचाउन एकता भन्दा पहिले शुद्धीकरण, सत्यको संरक्षण र श्रमिकको पक्षमा सशक्त वकालत अपरिहार्य भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनए एनसीसी कुवेतमा एकता असम्भव: श्रमिकमाथि अन्याय, तस्करको चलखेल !

    https://himalisanchar.com/archives/73266

    (धीरेन्द्रराज सुवेदी, निवर्तमान अध्यक्ष एनसीसी कुवेत।) कुवेत, असार ३१ — गैरआवासीय नेपाली संघ (एनआरएनए) एउटा...

    मिडिया हाउसको छायाँमा नक्कली नोट र अफिम कारोबार, पाँचजना समातिए

    सुर्खेत, असार ३१ — सुर्खेतमा मिडिया हाउसको आवरणमै नक्कली नोट छपाइ र लागुऔषध अफिमको कारोबार...

    इजरायलबाट फर्किएपछि पूर्वपतिको क्रोध : प्यूठानमा श्रीमतीको हत्या, दुई नाबालकको बिचल्ली

    प्यूठान, असार ३१ – परदेश कमाइ गरेर तीन वर्षपछि घर फर्किएका प्यूठानका एक युवकले आफ्नै...

    धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला, सार्वजनिक विदामा पनि चढ्न पाइने

    काठमाडौं, असार ३१ – साउन १ गतेदेखि धरहरा अवलोकन गर्न चाहनेका लागि अब समय र...

    नेपालमा लगानीकर्तालाई सहज वातावरण दिनु सरकारले सुनिश्चित गर्नुपर्छ : देउवा

    काठमाडौं, असार ३१ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी...