News Portal

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर आगामी १२ डिसेम्बरमा सञ्चालन हुने

३६३ पटक

कुवेत -कुवेतस्थित नेपाली राजदूतावासले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतमा बसोबास गर्दै आएका नेपालीहरूको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। आउँदो १२ डिसेम्बर २०२५ शुक्रबारका दिन  निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको जानकारी नेपाली दूतावासले सूचना प्रकाशित गरेको छ।

उक्त शिविरमा स्वास्थ्य परीक्षण गराउन इच्छुक कुवेतमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले क्युआर कोड स्क्यान गरी आफ्नो नाम र विवरण अनिवार्य रुपमा दर्ता गराउन समेत नेपाली दूतावास कुवेतले अनुरोध गरेको छ। स्वास्थ्य परीक्षण गराउन इच्छुक नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले सूचनासँग संलग्न QR Code स्क्यान गरी नाम तथा विवरण अनिवार्य रूपमा दर्ता गराउनु पर्नेछ। दर्ताको अन्तिम मिति २०७८/०८/१९ (५ डिसेम्बर २०२५) रहेको छ।

निःशुल्क स्वास्थ्य शिविरकाे लागि  ७५० जना   पुगेपछि दर्ता बन्द हुने राजदूतावासले जानकारी दिएको छ।नाम दर्ता गराउने अन्तिम मिति २०८२/०८/१९ (५ डिसेम्बर २०२५) सम्म वा दर्ता गर्ने व्यक्तिहरूको संख्या ७५० पुगेको मिति।नाम दर्ता गराएका व्यक्तिहरूले मात्र यो सेवा प्राप्त गर्न सक्नुहुनेछ।

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने स्थान मिति र समय

स्थान- Bouvardiya MMC Salmiya, Block 3, Salmiya

मिति -२०८२/०८/२६ ( Dec 12 2025 ) शुक्रबार 

समय – बिहान ७:०० बजेदेखि दिउँसो २:०० बजेसम्म 

निःशुल्क स्वास्थ्य शिविरमा प्राप्त हुने सेवाहरू

* Fasting Blood Sugar Test

* Cholesterol Test

* Blood Pressure Test

*  Doctor’s Consultation

* Vision Test

*Hearing Test

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...