News Portal

एनआरएनएमा चार वर्षपछि एकता, प्रधानमन्त्री कार्कीको उपस्थितिमा सहमति घोषणा

१६९ पटक

काठमाडौं, मंसिर १४ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भित्र लामो समयदेखि चलिरहेको मतभेद अन्त्य गर्दै आज बृहत् एकतामा सहमति जुटेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा दुई पक्षबीच समझदारी पत्र आदानप्रदान गर्दै एकता औपचारिक गरिएको हो।

एनआरएनएका अध्यक्ष डा. बद्री केसी र महेश श्रेष्ठले संयुक्त रूपमा हस्ताक्षर गरी संगठनलाई एउटै ढाँचामा अघि बढाउने घोषणा गरे। कार्यक्रममा प्रधानमन्त्री कार्कीले यो सहमति एनआरएनए मात्र होइन, विदेशमा रहेका लाखौँ नेपालीका लागि आशा र दृढताको सन्देश भएको बताइन्। उनले विदेशमा बसे पनि नेपालप्रतिको भावना जोगाएर विकासमा हातेमालो गर्न सबैलाई आग्रह गरिन्।

कार्कीले दलगत विवादले देशकै प्रगतिमा प्रभाव पारिरहेको उल्लेख गर्दै एनआरएनएको एकताले राजनीतिक दललाई पनि सहकार्य र एकताको बाटो देखाउने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा अध्यक्ष डा. केसीले देश संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै एनआरएनएले भावी दिनमा दीर्घकालीन एकतासहित देशको विकासमा योगदान दिने प्रतिबद्धता जनाए। अर्का अध्यक्ष श्रेष्ठले चार वर्षदेखि रहेको विवाद समाप्त भएको जानकारी दिँदै सहकार्य, संवाद र सहमतिको आधारमा संस्थालाई अघि लैजाने धारणा राखे।

दुवै पक्षले छ महिनाभित्र अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने सहमति जनाएको छ। विवादका कारण पछिल्ला केही वर्षदेखि अलग–अलग गतिविधि गर्दै आएका दुई पक्ष आजसाँझबाट एउटै ढाँचामा अघि बढ्ने भएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...