News Portal

एनआरएनएमा चार वर्षपछि एकता, प्रधानमन्त्री कार्कीको उपस्थितिमा सहमति घोषणा

२६५ पटक

काठमाडौं, मंसिर १४ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भित्र लामो समयदेखि चलिरहेको मतभेद अन्त्य गर्दै आज बृहत् एकतामा सहमति जुटेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा दुई पक्षबीच समझदारी पत्र आदानप्रदान गर्दै एकता औपचारिक गरिएको हो।

एनआरएनएका अध्यक्ष डा. बद्री केसी र महेश श्रेष्ठले संयुक्त रूपमा हस्ताक्षर गरी संगठनलाई एउटै ढाँचामा अघि बढाउने घोषणा गरे। कार्यक्रममा प्रधानमन्त्री कार्कीले यो सहमति एनआरएनए मात्र होइन, विदेशमा रहेका लाखौँ नेपालीका लागि आशा र दृढताको सन्देश भएको बताइन्। उनले विदेशमा बसे पनि नेपालप्रतिको भावना जोगाएर विकासमा हातेमालो गर्न सबैलाई आग्रह गरिन्।

कार्कीले दलगत विवादले देशकै प्रगतिमा प्रभाव पारिरहेको उल्लेख गर्दै एनआरएनएको एकताले राजनीतिक दललाई पनि सहकार्य र एकताको बाटो देखाउने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा अध्यक्ष डा. केसीले देश संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै एनआरएनएले भावी दिनमा दीर्घकालीन एकतासहित देशको विकासमा योगदान दिने प्रतिबद्धता जनाए। अर्का अध्यक्ष श्रेष्ठले चार वर्षदेखि रहेको विवाद समाप्त भएको जानकारी दिँदै सहकार्य, संवाद र सहमतिको आधारमा संस्थालाई अघि लैजाने धारणा राखे।

दुवै पक्षले छ महिनाभित्र अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने सहमति जनाएको छ। विवादका कारण पछिल्ला केही वर्षदेखि अलग–अलग गतिविधि गर्दै आएका दुई पक्ष आजसाँझबाट एउटै ढाँचामा अघि बढ्ने भएका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...