News Portal

शिरमाया चेपाङको ‘प्रदेशीको पीडा’ सार्वजनिक

४६२ पटक

कुवेत  -गायिका शिरमाया चेपाङले विदेशिएका नेपाली महिलाको वास्तविक संघर्ष र वेदना समेटिएको नयाँ गीत ‘प्रदेशीको पीडा’ आफ्नो अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्। गीतमा शब्द, संगीत र प्रस्तुति सबै उनको नै रहेको छ।

कुवेतमा घरेलु श्रमिकका रूपमा काम गर्दा सहनुपर्ने कठिनाइ, लामो कार्यघण्टा, आफ्नो भाषा नबुझ्नेहरूबीच बस्दा आएको पीडा, तथा घरपरिवार र मातृभूमिको सम्झनाबाट भोगिने मानसिक दवाब गीतको मुख्य विषयवस्तु बनेका छन्।

गीतमा उनले “जस्तो सजिलो भन्छन्, त्यस्तो विदेश जीवन छैन” भन्ने भावलाई मार्मिक रूपमा उतारेकी छन्। कुवेतका घरमा काम गर्ने चेलीकाे जीविकोपार्जन कसरी चलेकाे छ भनेर शिरमाया
चेपाङले चेलीहरूको वास्तविकता गीतमा झल्किएको छ।

हिजाे मात्रै सार्वजनिक भएको केही बेरमामै गीतलाई दर्शक श्रोताहरूले राम्रो प्रतिक्रिया दिइरहेका छन्। विदेशमा रहँदासमेत कला–साहित्यमार्फत आफ्ना भावनालाई व्यक्त गर्दै आएका माया चेपाङको यो प्रस्तुति श्रमजीवी महिलाको आवाज बोलेको भन्दै धेरैले प्रशंसा गरेका छन्। शिरमाया चेपाङ युवा शक्ति कुवेतमा पनि आबद्ध छिन्।
युट्युब च्यानलको लिङ्क तल दिएको छ।

 

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...