News Portal

शिरमाया चेपाङको ‘प्रदेशीको पीडा’ सार्वजनिक

४९२ पटक

कुवेत  -गायिका शिरमाया चेपाङले विदेशिएका नेपाली महिलाको वास्तविक संघर्ष र वेदना समेटिएको नयाँ गीत ‘प्रदेशीको पीडा’ आफ्नो अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्। गीतमा शब्द, संगीत र प्रस्तुति सबै उनको नै रहेको छ।

कुवेतमा घरेलु श्रमिकका रूपमा काम गर्दा सहनुपर्ने कठिनाइ, लामो कार्यघण्टा, आफ्नो भाषा नबुझ्नेहरूबीच बस्दा आएको पीडा, तथा घरपरिवार र मातृभूमिको सम्झनाबाट भोगिने मानसिक दवाब गीतको मुख्य विषयवस्तु बनेका छन्।

गीतमा उनले “जस्तो सजिलो भन्छन्, त्यस्तो विदेश जीवन छैन” भन्ने भावलाई मार्मिक रूपमा उतारेकी छन्। कुवेतका घरमा काम गर्ने चेलीकाे जीविकोपार्जन कसरी चलेकाे छ भनेर शिरमाया
चेपाङले चेलीहरूको वास्तविकता गीतमा झल्किएको छ।

हिजाे मात्रै सार्वजनिक भएको केही बेरमामै गीतलाई दर्शक श्रोताहरूले राम्रो प्रतिक्रिया दिइरहेका छन्। विदेशमा रहँदासमेत कला–साहित्यमार्फत आफ्ना भावनालाई व्यक्त गर्दै आएका माया चेपाङको यो प्रस्तुति श्रमजीवी महिलाको आवाज बोलेको भन्दै धेरैले प्रशंसा गरेका छन्। शिरमाया चेपाङ युवा शक्ति कुवेतमा पनि आबद्ध छिन्।
युट्युब च्यानलको लिङ्क तल दिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...