News Portal

  • मलेसियन कम्पनी आजिएटा ग्रुप बरहादले ‘स्पेक्ट्रलाइट’ यूकेलाई सेयर बिक्री गऱ्यो

    “१ खर्ब ४३ अर्बमा खरिद गरेको ८० प्रतिशत सेयर ६ अर्ब ६५ करोडमा बिक्री”

    हिमालीसंचार संवाददाता
    १५७ पटक

    काठमाडौं – मलेसियन कम्पनी आजिएटा ग्रुप बरहादले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको नेपालको दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत सेयर ६ अर्बमा बिक्री गरेको छ । मलेसियन कम्पन्नी नेपालबाट आउट हुदा बेलायत कम्पनीले आफ्नो लगानी विस्तार गरेको छ। गत शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले आफ्नो ८० प्रतिशत  शेयर खरिद गरेको आजिएटाले जनाएको छ। स्पेक्ट्रलाइटका सञ्चालक सतीशलाल आचार्य हुन् । 

    एनसेलमा हाल २० प्रतिशत शेयर स्वामित्व भएको सुनीभेरा क्यापिटल भेञ्चर प्रालिमा समेत आचार्य परिवारको लगानी रहेको छ । गत बुधबार मात्रै आजिएटाले नेपालमा व्यावसायिक चुनौतीहरू बढ्दै गएकाले नेपालबाट बाहिरिने निर्णय गरेको घोषणा गरेको थियो । 

    मलेसियन कम्पनी आजिएटाले कुल ५ करोड अमेरिकी डलर (६ अर्ब ६५ करोड रुपैयाँ) मा शेयर बिक्री गरेको र यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्त्तानी गर्नुपर्ने खरिद सम्झौता भएको समेत उल्लेख गरेको छ ।

    दूरसञ्चार क्षेत्रका जानकारहरूले एनसेलको सकिनै लागेको अनुमतिपत्रको मुद्दा, नवीकरणका लागि चाहिने ठूलो धनराशि र दूरसञ्चार कम्पनीको घट्दो आम्दानीका कारण आजिएटा बाहिरिएको अनुमान गरेका छन् । गत १६ भदौ २०६१ मा एनसेलले जीएसएम मोबाइल सेवाका लागि अनुमति प्राप्त गरेको थियो । 

    मलेसियन कम्पनी आजिएटा सन् २०१६ मा नेपालमा भित्रिएको थियो । आजिएटाले १ अर्ब ३६ करोड अमेरिकी डलर (त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ) मा एनसेलको शेयर आजिएटाले खरिद गरेको हो। 

    के कारणले मलेसियन कम्पन्नी आजियटाले सेयर बिक्री गऱ्यो? 

    एनसेलबाट आजियाटाले हात झिक्ने निर्णयका पछाडि मुख्य चार कारण रहेका छन्। बुधबार बिहान मात्रै एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको मलेसियन कम्पनी आजियाटा ग्रुप बोर्ड बैठकले एनसेलबाट सेयर विक्री गर्ने निर्णय सार्वजनिक गरेको हो। 

    आजियाटा समूहले एनसेलबाट बाहिरिनुको मुख्य कारण नेपालमा चुनौती बढेको मात्रै उल्लेख गरेको छ। तर, ती चुनौतीलाई कम्पनीले व्याख्या भने गरेको छैन। तर, एनसेलबाट आजियाटा समूह बाहिरिनुको प्रमुख कारण भनेको दूरसञ्चार ऐन २०५३ नै हो।

    नेपाल दूरसञ्चार ऐन २०५३ को दफा ३३ ले जम्मा पुँजीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्रको अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्व हुने व्यवस्था गरेको छ।

    नेपाल दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जीएसएम सेलुलर मोबाइलको लाइसेन्स (एमओ. आई.-०२) एनसेललाई २०६१ भदौ १६ गतेसम्म दिएको थियो। ऐनले टेलिकम कम्पनीको लाइसेन्सको अवधि बढीमा २५ वर्ष हुने स्पष्ट व्यवस्था गरेको छ। अर्थात् २०८६ भदौ १६ गते एनसेलसँग रहेको टेलिकम लाइसेन्सको अवधि सकिने छ।

    तर, पछिल्लो समय ऐनले एक पटकमा १० वर्षभन्दा बढी अवधिको लागि अनुमतिपत्र दिन रोक लगाएको छ। एवम् प्रकीरले लाइसेन्स नवीकरण गर्न चाहनेले प्राधिकरणसमक्ष निवेदन दिनुपर्छ। त्यसरी निवेदन परेमा एक पटकमा ५ वर्ष भन्दा बढी अनुमति दिन नमिल्ने प्रावधान ऐनमा स्पष्ट छ। त्यसमाथि एनसेलमा आजियाटा समूहको ८० प्रतिशत स्वामित्व छ। जुन प्रत्यक्षरुपमा विदेशी संगठित संस्थाको लगानी हो।

    नेपाल दूरसञ्चार ऐन २०५३ को दफा ३३ को व्यवस्थाअनुसार २०८६ भदौ १६ पछि एनसेलको स्वामित्व नेपाल सरकारमा पुग्नेछ। किनकि एनसेलमा ५० प्रतिशतभन्दा बढी विदेशी लगानी छ। एनसेलसँग अब ६ वर्षभन्दा कम मात्रै लाइसेन्स अवधि बाँकी छ। यस्तो अवस्थामा आजियाटाले एनसेलबाट आफू बहिरिदै आफ्नो लगानी सुरक्षित गर्न खोजेको स्पष्ट देखिन्छ।

    एनसेलको हकका यही ऐन विद्यमान रहे २०८६ भदौ १६ पछि कम्पनी नेपाल सरकारको स्वामित्वमा जान्छ। स्वामित्व सरकारसँग आएपछि पूर्व अनुमति प्राप्त व्यक्ति वा संस्थाले मूल्य निर्धारण गरेर नेपाल सरकारलाई बुझाएर पुन: सेवा संचालन गर्न सक्ने प्राधान छ । तर, आजियाटा यसमा विश्वस्त हुन नसकेकै कारण  एनसेलबाट बाहिरिने निर्णय गरेको देखिन्छ।

    नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ५० प्रतिशतभन्दा बढी विदेशी लगानी भएको एनसेलले पटकपटक लिखित र मौखिकरुपमा प्राधिकरणलाई ऐनमा भएको व्यवस्था फेर्न अनुरोध गरेको स्वीकार गरे। उनले यसबाहेक एनसेलबाट आजियाटा बिदा हुने विषयमा कुनै जानकारी नगराएको बताए।

    लेसियन कम्पनी आजियाटा नेपालबाट वाहिरिनुमा अर्को कारण भनेको नवीकरण शुल्क हो। यदि एनसेलले २०८६ पछि फेरि नयाँ अनुमतिपत्र पाए पुन: २० अर्ब रुपैयाँ तिर्नुपर्छ। व्यापार घटिरहेका समयमा २० अर्ब नवीकरण शुल्क नेपाल सरकारलाई तिर्नु उपयुक्त नहुने निष्कर्षमा कम्पनी पुगेको स्पष्ट देखिन्छ।

    अर्को कारण भनेको टेलिकम लाइसेन्सको मूल्य अत्यधिक महँगो हुनुलाई आजियाटाले सहजरुपमा लिन सकेको थिएन। जुन प्रतिफलका हिसाबले पनि कम्फर्टेबल नहुने निष्कर्षमा आजियाटा बोर्ड कमिटी पुगेको स्पष्ट देखिन्छ।

    दूरसञ्चार ऐन २०५३ मा मोबाइल अपरेटरलाई वैदेशिक लगानीसँग जोडेर हेर्दा दुईवटा मूलभूत समस्या रहेको बताउँछन्। टेलिकम अपरेटरहरुको नवीकरण दस्तुर नियमअनुसार प्रथम पटक २० अर्ब रुपैयाँ लाग्ने व्यवस्था गरेको छ। तर, सरकारले पटकपटक २० अर्ब रुपैयाँ नवीकरण शुल्क उठाउँदा अपरेटरहरुले थेग्ने नसक्ने कम्पनी सर्तक रहेको देखिन्छ। 

    टेलिकम बजार र अपरेटरहरुको आम्दानी खुम्चिँदा पनि नवीकरणको नाममा २० अर्ब तोक्नु नाजायज भएको खनाल बताउँछन्। पूर्व वरिष्ठ निर्देशक खनाल नेपालमा समस्या समाधान गर्नुभन्दा बल्झाउने काम बढी हुने आरोप लगाउँछन्। नवीकरण शुल्क चर्को हुँदा नै स्मार्ट टेलिकम, युटीएलसहितका अपरेटरहरु सहजरुपमा नेपालमा चल्न नसकेको बताए। स्मार्ट टेलिकमको लाइसेन्स खारेज भइसकेको छ भने युटीएल आफ्नो अस्तित्व जोगाउन सर्वोच्च अदालतमा कानुनी लडाईमा विचाधीन अबस्थामा रहेको छ।

    सन् २०१६ मा स्वीडिस दूरसञ्चार जायन्ट टेलियासोनेराको हिस्सा आजियाटाले किन्दा एनसेलको इन्टरप्राइज भ्यालु १ अर्ब ३ करोड अमेरिकी डलर तय गरेको थियो। सन् २०२३/२४ मा  कम्पनीको मूल्यांकन केही फेरबदल हुन सक्छ। एनसेलको भ्यालु कम्तीमा १ अर्ब डलर भयो भने १ खर्ब ३२ अर्ब रुपैयाँ हाराहारी हुन आउँछ। 

    त्यस्तै, आजियाटालाई अर्को विकल्प भनेको सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्नु: कारोबार राम्रो भएको र बजारमा प्रभाव जमाएको कम्पनी भएकाले एनसेलले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न सक्छ। विदेशी संस्था आजियाटासँग भएको ८० प्रतिशत सेयरलाई ५० प्रतिशतभन्दा कममा सेयर झार्न सक्छ। बाँकी रहेको ३० प्रतिशत सेयर सर्वसाधारणलाई आईपीओ निकाल्न सक्ने सुविधा कम्पनीसँग छ। तर, यसका लागि नियामक प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका सरकारी निकायहरुले अनुमति दिनुपर्छ। कम्पनीले यसका बारेमा पनि विमर्श गरेको थियो। तर सेयर निष्काशनको सहज बाटो नदेखेपछि वाहिरिएको हो।

    अर्को कारण घट्दो व्यापार अर्को टाउको दुखाई नै तेस्रो भनेको घट्दो व्यापार: नेपाल छोड्ने घोषणा गरिएको प्रेस विज्ञप्तीमा यहाँको बढ्दो चुनौतीलाई आजियाटाले प्रमुख कारण भनेको छ। नियामक प्राधिकरणको तथ्यांक हेर्ने हो भने एनसेलको व्यापार पछिल्लो पाँच आर्थिक वर्ष निरन्तर ओरालो लाग्दै गएको देखिन्छ । यो सँगै एनसेलको प्रतिद्‍वन्दी नेपाल टेलिकमको हालत पनि उस्तै छ।

    नेपाल दूरसञ्चार प्राधिकरण इन्टरनेट सेवा प्रदायकहरुसँग चर्किएको प्रतिस्पर्धा, भ्वाइसबाट डेटातर्फ बजार सिफ्ट हुनु मुख्य चुनौती टेलिकम अपरेटरहरुलाई छ। यस्तै, ओभर द टप (ओटीटी) एपहरु जस्तै मेसेन्जर, ह्‍वाट्सएप, भाइबर, टेलिग्रामलगायतको प्रयोग बढ्दा अपरेटरहरुको व्यापारमा ठुलो धक्का पुगिरहेको छ। आगामी वर्षहरु थप चुनौतीपूर्ण बन्ने देखिएपछि आजियाटाले नेपाल छोड्ने अवस्था आएको देखिन्छ।

    सधैं नेपाल टेलिकमलाई फेबरका कारण: आजियाटाले नेपाल छाड्न खोज्नुको चौथो कारण भनेको नेपाल टेलिकमलाई फेबर गर्ने सरकारी रणनीति पनि हो। हरेक निर्णयमा सरकारी स्वामित्वको नेपाल टेलिकमलाई फेबर गर्ने सरकारको नियतले आजियाटा हत्तोसाहित भएको देखिन्छ । पछिल्लो समय फाइभजी परीक्षणमा सरकारले टेलिकमलाई मात्रै च्याप्दा न त परीक्षण प्रभावकारी ढंगले भएको छ न त यसको उपयोगिताबारे व्यापक अध्ययन नै हुन सकेको छ।

    विदेशी लगानी भएको र निजी क्षेत्रबाट संचालित कम्पनी भएको भन्दै नियामकदेखि सञ्चार मन्त्रालयसम्मले एनसेललाई विभिन्न समस्याहरुमा सहजीकरण गर्नुको साटो उल्टै अल्झाउने कामले एनसेलको माउ कम्पनी आजियाटालाई थप बिच्क्याउने काम गरेको स्रोत बताउँछ। नेपालमा व्यावसाय विस्तार गर्न सरकारले नै कुनै इफोर्ट नदेखापछि आजियाटाले बाहिरिनु नै बुद्धिमता देखेको स्पष्ट देखिन्छ। 

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal