News Portal

माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

२४५ पटक

काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र समूहभित्र एकता कायम राख्न आह्वान गरेका छन्। प्रदर्शनमा शहीद परिवारका सदस्य र बालबालिकाहरू पनि सहभागी थिए।

‘जेन–जेड युनाइटेड’को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए। उनीहरूले शहीदहरूको रगत बर्बाद हुन नदिन तथा देशको घाउमा मौन नबस्न चेतावनीसमेत दिएका थिए।

प्रदर्शनस्थलमा राखिएको ब्यानरमा जेनजी आन्दोलनको वास्तविक भावना जोगाउन र शहीदहरूको सपना पूरा गर्न सबै एक हुनु आवश्यक रहेको उल्लेख गरिएको थियो। ब्यानरमा भनिएको छ, “जेनजीको नाममा विभिन्न गतिविधिहरू हुँदैछ, त्यसैले हामी सबैले एक भएर जेनजी भावना बचाउनुपर्छ।”

समर्थकहरूले सरकारले पनि जेनजी समूहलाई एकजुट बनाउन आवश्यक सहयोग गर्नुपर्ने कुरा जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...