News Portal

कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने

५९५ पटक

कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं” भन्ने नाराको साथ गठन भएको युवा शक्ति कुवेतले आफ्नो अधिवेशन सम्पुर्ण नेपाली युवाहरूको प्रतिनिधित्व गर्ने गरि ‘युवा शक्ति अधिवेशन’ नोभेम्बर १४, २०२५ मा भव्य रूपमा गर्ने भएको छ।

अधिवेशनले प्रवासी नेपाली युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, एकताको सन्देश र प्रवासमा श्रमिककै रुपमा रहे पनि देश र जनता प्रतिपनि आफ्नो कर्तव्य रहन्छ भन्ने भावनाको साथ अधिवेशनले गर्ने लागेकाे युवा शक्ति कुवेतका संयोजकले हिमालीसंचारलाई बताए।

यसअघि नै रक्तदान जस्तो कार्यहरू आयोजना गरेर समाजमा यथार्थ उदाहरणीय भूमिका निर्वाह गरिसकेको युवाशक्ति कुवेतले अधिवेशनमार्फत आफ्नो संगठनात्मक कार्यशैलीलाई थप सुदृढ गर्दै भावी योजनाहरूलाई स्पष्ट दिशातर्फ जाने बताए। कार्यक्रम कुवेतको शेफ सिक्नेचर रेस्टुरेन्ट फर्वानिया सभाहलमा आयोजना गरिनेछ।

कुवेतमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने युवाहरूको उल्लेखनीय उपस्थिति रहनेछ। अधिवेशनमा नयाँ कार्यसमिति  चयन, संगठनात्मक प्रतिवेदन प्रस्तुत, सांस्कृतिक कार्यक्रम, तथा युवासम्बन्धी विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

आयोजक समितिका अनुसार, कार्यक्रमको तयारी रहेकाे बताए। कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू समेत रहने युवा शक्ति टीम कुवेतका युवा संयोजकले हिमालीसंचारलाई बताए।

कार्यक्रमकाे विवरण:-

मिति: नोभेम्बर १४, २०२५
स्थान: शेफ सिक्नेचर रेस्टुरेन्ट फर्वानिया
समय: बिहान ११ बजे
सम्पर्क: 51080935 / 97815771/ 69970058

प्रतिकृया दिनुहोस्

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...