६ बर्षपछि मेरो जिवनमा एक सुन्दर खुशीको आगमन भएको थियो, पुष २५ गते बिहानको ८ बजे मलाई अप्रेशनका लागि तयार गरिएर लगियो केही समस्या आएको कारण नर्मल डेलिभरि हुन नसक्ने भएको कारण, मेरो अप्रेशन गर्नपर्ने भयो ठिक समय आउन २२ २३ दिन भएतापनि अप्रेशन अगाडि हुने भयो म तयारीका साथ अघि बढे साथमा मेरो आफ्ना नातेदार कोहि थिएनन, एक त परदेशको ठाउँ त्यो बेला साथ दिने हौसला दिएर केही हुन्न भनेर नजिक बस्दिने मेरि जन्मदिने आमा र श्रीमानप्रती सधैब सम्मान रहनेछ।
म बाट हजारौ गल्ति भए होलान गरेपनि होला तर मेरो शिरमा भगवान र माताको आशीर्वाद भएर होला, म आफ्ना लागि आफै तयार भए ९ महिना बच्चा पेटमा हुदा एक नारिमा देखिने पीडा म मा बढि मात्रामा कहिले देखिएन।
त्यो बेलामा मलाई साथ दिनुहुने मेरो श्रीमान हुनुन्थ्यो सानो सानो जिद्दीपना बचपनालाई सहर्षै स्विकार गरेर हरेक कुरामा साथ दिनु भयो। त्यो कुरामा म चितामा जलेर खरानी हुदा नि याद खरानी नहोस, हस्पिटलको बसाइ त्येती सजिलो त हुन्न त्येही पनि त्यहा भगवान सरह डक्टरको साथ पाए उहाहरुप्रती नि गुनासो केही पोख्ने ठाउँ छैन।
सबैलाइ राम्रो बिचार र मन राम्रो छ भन्ने हेर्ने नजर मेरो गलत रहेछ, हरेक कामहरु एकबचनमा पूरा गर्ने जे भन्यो त्यो गर्दिने यी सब त एक बुहारीको नाम र कामले चिनिदो रहेछ। अरुलाइ टाउको काटेर अगाडि राख्दिदा नि अलि मिलेन के काटेर दिएको भन्ने मान्छे आफ्ना भेटिदा रहेछन।
मलाई पर्दा जो आमा बनेका थिएनन उनिहरुले त बुझेनन र जो बनिसकेका थिए उनिहरुले त झन बुझेर नि अन्जान बनिदिए।
अप्रेशनपछि एक शिशुको आहार खाना भनेको आमाको दूध हो त्यो कतिको आउँछ कतिको आउदैन। न आउदा हरेक घरेलु तरिका हुन्छ, यो खाने त्यो खाने भनेर त्यो यो खाएर नाटक फलानोको ज्वानो खाएर आएको हो भनेर बचन हानियो मलाई हस्पिटलको बसाइमा आफ्नो बुडाबाट पाएको स्याहार त्यसमा नि आरिसेपन गरिएको छर्लङ्ग भेटिन्छ त्यो नि भुल्न पर्छ किनकि ति आफ्ना हुन, जिन्दगीमा आफ्नाले पाठ सिकाएर जाने रहेछन त्यो बेला जुन कुरा एक नारीले भोगेकी हुन्छे त्यो मर्नेबेलासम्म भुल्न सक्दिनन भन्छन नि तर के गर्नु याद गरेर मनमा राखेर नि जब कि हामी एक नारी हो बिर्सन पर्छ हरेक कुरा।
जाबो अप्रेशन हो नर्मल भएको भए पो पीडा थाहा हुन्थ्यो भन्नेहरुलाई एक सानो सन्देश नर्मल होस या अप्रेशन पीडा दुबैको एक हुन्छ आज जुन कुराहरु मैले भोगे भोलि बचन लाउने त्यो पीडा भोग्न नपरोस आफुलाइ परेपछि पीडा दुख थाहा हुन्छ भन्छन त्यो तिमिलाइ मेरो भागको भन्दा कम परोस्।
आमा हुनु अघिका हामी र आमा भए पछिका हामि महिलाहरुमा शारिरिक अनि मानसिक परिवर्तन असाध्यै धेरै हुदो रहेछ, मैले त आमा भएपछि मात्र यी आफन्त यो समाज, मानिसहरु के हुन बुझ्न अवसर पाए।
जिन्दगीमा कति ठुलो स्थान दिएका मानिसहरु पनि कहिले कहि दुखमा काम नआउने रहेछ्न, अनि कतिपय अपरिचित पनि आफ्नो दुखमा काम आउने रहेछ्न। आमा भएपछि त सुखमा भेला भएर हिहि गर्न आउने भन्दापनि आफ्ना छोराछोरी साना हुदा माया गरिदिने, सुत्केरी हुदा माया, सहयोग गरिदिने नै अति प्रिय हुने रहेछ्न। साना छोराछोरी, जागिर बिहिन भएर घरमा बस्नु, घरको काम के हुन्छ भनेर घर भित्रकै मानिसका रुखो व्यवहार,भद्दा शरीर, जिग्रिंग कपाल, अलिअली चाउरी पर्न लागेको अनुहारले यत्ती धेरै कुरा बोलेको हुन्छ नि तर पनि बुज्ने कोसिस आमा भैसकेकोहरुले पनि गर्न खोज्दैनन। हेर यो कस्तो मोटाकी, हेर पेट कत्रो, कस्तो दुब्लाकी, कस्तो मोटो बच्चा हेर गाला मात्र झुन्डेको अजै हिन्दिन। बच्चा त लाटो जस्तो छ, अझै हिडेको छैन नानी, हाम्रो त कति राम्रो कति बाठो छ, कति बोल्छ, कति हिड्छ यस्तै ब्ला ब्ला भन्नेहरु घर भित्र नाता भित्रकै महिला हुन्छ्न।
सुत्केरीमा दूध नआए पनि आमाको गल्ती, बच्चा नराम्रो रोगी भए पनि आमाको गल्ती, छोरी जन्मे पनि आमाकै गल्ती उफ्फ्फ्फ्फ्फ्फ कसरी बाच्ने यस्तो मानसिकता बोकेको समाजमा एउटि आमाले ? अझ कानुनका तुलना, हामिले पनि पाको हो छोराछोरी जस्ता शब्द। म त भन्छु साना नानी बाबुलाइ प्रशस्त समय दिउ। पैसा पछि मज्जाले कमाउला। आफ्ना सन्तानसंगको यो अमुल्य समयलाइ पैसामा नबेचौ यसको गलत अर्थ पनि लाग्ला कतिपयको बाध्यता पनि हुन सक्छ तर तपाई र सन्तान मात्र संगै हुने भनेको यो समयमा मात्र हो। पछि त बाबू नानी स्कुल कलेज जागिर अनि उनिहरुकै बैवाहिक जिवनमा रमाउन थाल्छ्न अनि त्यो बेला यो समयको महत्त्व बुझिन्छ।
मलाई साना नानी बाबू हुदा अरुको घर, बिवाह पार्टीमा जान पनि रहर गर्न मन लागेन। अरुले अलि आराम महसुस नगरेको हो कि भन्ने लाग्ने। सुसु आचि, यो सामान के हो त्यो के हो भनेर बाबू नानिले अरुको घरमा चलाउदा आफुलाइ अप्ठ्यारो लाग्ने। रित्तो गोजि, सन्तानलाई राम्रो चिजबिज किनिदिने रहर, मिठो मात्र पौष्टिक मात्र खुवाउने रहर, बिरामी भैदिदाको अनिदो रात, खाना नखादा परेको पिरले आमालाइ कति खोक्रो अनि दोषी वनाउदो रहेछ, भाचिएको मन अह फेरि उम्रन्न रहेछ मरेको मन फर्किएर आउदैन रहेछ आफुले जती गरेको थिए फलस्वरुप केही पाइने रहेनछ। आमा बन्नु नै सबै भन्दा ठुलो भाग्य हो आफु नि आमा भएको हो भन्नि कहिले नभुलम राम्रो भन्न आउदैन भनि नराम्रो नि नभनम कसैलाई।
– मीना कटुवाल
धरान।