News Portal

वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

१९८ पटक

कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई पुर्पक्षका लागि जेल पठाएको छ भने ६ जनालाई धरौटीमा रिहा गरेको छ। जेनजी आन्दोलनको क्रममा प्रचण्डको लगानी रहेको भन्ने दाबी गर्दै रिसोर्टमा क्षति पु¥याइएको थियो।

अदालतले पोखरा–१७ घारीपाटन बस्ने २९ वर्षीय रुपक नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। अन्य आरोपितहरू कुमराज गुरुङ, घनश्याम राउत, नवराज खड्का, खड्कबहादुर थपा र महेन्द्र नेपाली तथा एलिशा गुरुङलाई दुईदेखि तीन लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ।

आगजनीका क्रममा रिसोर्टमा ३ पर्यटक गाडी, ३ गेस्ट कार, बार, स्पा, लबी र अन्य संरचनामा क्षति पुगेको थियो। सञ्चालक अमरजंग गुरुङले ३० वर्षको मेहनत र लगानीमा यस्तो क्षति पुगेको र अफवाहले ब्राण्डमा समेत असर गरेको बताए। उनले स्पष्ट पारे कि रिसोर्टमा कुनै नेताको लगानी छैन।

प्रहरीले अनुसन्धानका क्रममा आरोपीहरूलाई फोटो, भिडियो र प्रमाणसहित पक्राउ गरेको थियो। जेनजी आन्दोलनको क्रममा पोखरा गम्भीर रूपमा प्रभावित भएको थियो; आन्दोलनमा २७ प्रहरी चौकी, २७ निजी घर–व्यवसाय र १ सय १६ सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...

आज २०८२ साल फागुन २५ गतेको राशिफल

आज फागुन २५, २०८२ ( मार्च ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...