
रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको भन्दै आम नागरिकको साथ र सहयोगको आग्रह गरेका छन्।
घिसिङले रामेछापमा आयोजित कार्यक्रममा भने, “अब केवल ऊर्जा क्षेत्रमा मात्र होइन, सम्पूर्ण मुलुकको विकासका लागि जनताको साथ आवश्यक छ।” उनले मुलुक परिवर्तनको स्थितिमा रहेको हुँदा चुनाव अनिवार्य भएको र जनताको मतले निर्वाचित हुनुपर्ने बताए।
उज्यालो नेपाल पार्टीको स्थापना भए पनि उनी पार्टीको कार्यसमितिमा छैनन्। तर सक्रिय रूपमा राजनीतिक गतिविधि गर्दै जनताको विश्वास र समर्थन खोज्दैछन्।
घिसिङले आफ्नो अनुभवलाई उल्लेख गर्दै भने, “म लामो समयसम्म विभिन्न प्राधिकरणमा काम गरें। सांसद वा चुनावी लडाइँमा कहिल्यै भाग लिन सकेको छैन। तर तीन मन्त्रालय सम्हालेको मन्त्रीको रूपमा आज यहाँ आएको छु र देशको नेतृत्व गर्नु मेरो कर्तव्य हो।”
उनले थपे, “यदि देशको सम्पूर्ण क्षेत्रमा सुधार गर्न सकिएन भने केवल एउटा क्षेत्रमा सुधारले पर्याप्त हुँदैन। सम्पूर्ण क्षेत्र उज्यालो बनाउन र देशको नेतृत्व सक्षम बनाउन तपाईंहरूको सहयोग आवश्यक छ।”