News Portal

कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

२४८ पटक

रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको भन्दै आम नागरिकको साथ र सहयोगको आग्रह गरेका छन्।

घिसिङले रामेछापमा आयोजित कार्यक्रममा भने, “अब केवल ऊर्जा क्षेत्रमा मात्र होइन, सम्पूर्ण मुलुकको विकासका लागि जनताको साथ आवश्यक छ।” उनले मुलुक परिवर्तनको स्थितिमा रहेको हुँदा चुनाव अनिवार्य भएको र जनताको मतले निर्वाचित हुनुपर्ने बताए।

उज्यालो नेपाल पार्टीको स्थापना भए पनि उनी पार्टीको कार्यसमितिमा छैनन्। तर सक्रिय रूपमा राजनीतिक गतिविधि गर्दै जनताको विश्वास र समर्थन खोज्दैछन्।

घिसिङले आफ्नो अनुभवलाई उल्लेख गर्दै भने, “म लामो समयसम्म विभिन्न प्राधिकरणमा काम गरें। सांसद वा चुनावी लडाइँमा कहिल्यै भाग लिन सकेको छैन। तर तीन मन्त्रालय सम्हालेको मन्त्रीको रूपमा आज यहाँ आएको छु र देशको नेतृत्व गर्नु मेरो कर्तव्य हो।”

उनले थपे, “यदि देशको सम्पूर्ण क्षेत्रमा सुधार गर्न सकिएन भने केवल एउटा क्षेत्रमा सुधारले पर्याप्त हुँदैन। सम्पूर्ण क्षेत्र उज्यालो बनाउन र देशको नेतृत्व सक्षम बनाउन तपाईंहरूको सहयोग आवश्यक छ।”

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...