News Portal

  • प्रधानमन्त्री कस्को ?

    ४७ पटक

    – कमला थापा

    २०८२ मंसिर १४ गते।

    नेपालमा ०७, १७, ०३६, ०४६, ०६२/६३ साल धेरै आन्दोलनहरु भए। ति आन्दोलनले राजनैतिक परिवर्तन गर्यो। ०७ सालको आन्दोलनले १०४ बर्षको जहानिया शासन हटायो। ०४६ सालको आन्दोलनले एकतन्त्रीय पंन्चायति शासन ढलाएर बहुदलिय शासन ब्यवस्था लेरायो। ०६२/६३ सालको आन्दोलनले ३ सय वर्ष पुरानो संबैधानिक राजसंस्था नै हटायो। जुन आन्दोलनको उद्देश्य नै थिएन। आन्दोलनको प्रमुख माग भनेकै बिघठित संसदकाे पुनर्स्थापना थियो। जब आन्दोलन सफल भयो त्यो आन्दोलन पनि अपहरण भयो। घुम्ती, घुम्तीबाट उत्पन्न भएका भू-स्खलनकारी तत्वहरूबाट गणतन्त्रको जन्म भयो। जस्ले संघियता, समानुपातिक र धर्म निष्पक्षता जस्ता देशले धान्न नसक्ने निर्वाचन प्रणालि ल्यायो। जुन कुरा आन्दोलनको नेतृत्व कर्ता नेपाली कांग्रेसका नेता गीरिजा प्रसाद कोइरालालाईनै थाहा थिएन र उहांको त्यस्तो योजना पनि थिएन।

    “विश्वमा एकमात्र शनातनि हिन्दुराष्ट्रसहितको राजसंस्थाको मूलुक कति सम्मानित थियो। स्वाभिमानी नेपाली जनताको शीर उच्चा रहेको सुन्दर शान्त देश आज लुटतन्त्रले समाप्तिको दिशातर्फ पुर्यायो। तर पनि निषेध कर्ताहरुलाई होस आएको अबस्था छैन। प्रत्येक पार्टिभित्र आपसआपसकै लडाई छ।”

    ०६२/६३ को आन्दोलनले बनाएको ७२ को संविधानले देशमा निषेधको राजनिति सुरु गर्यो। जुन संबिधान आज देशको लागि घातक साबित भएको छ। विश्वमा एकमात्र शनातनि हिन्दुराष्ट्रसहितको राजसंस्थाको मूलुक कति सम्मानित थियो। स्वाभिमानी नेपाली जनताको शीर उच्चा रहेको सुन्दर शान्त देश आज लुटतन्त्रले समाप्तिको दिशातर्फ पुर्यायो। तर पनि निषेध कर्ताहरुलाई होस आएको अबस्था छैन। प्रत्येक पार्टिभित्र आपसआपसकै लडाई छ। नेपाली कांग्रेस पार्टिको महाधिवेशन गराउन नसक्ने नियमित की विशेष भन्नेमै डेढ महिनादेखि बैठक बसिरहेको छ। तर निस्कर्षबिहिन अबस्थामा पुगेको देख्दा यस्ता पार्टिहरुबाट देश चल्दैन यस्तैको हातमा देश रहिरहने हो भने एकदिन नेपाल को अस्तित्व समाप्त हुन्छ। त्यसैले जनता राजसंस्था,राजा गुहार्न बाध्य भएका हुन्। जस्लाई देशको माया हुन्छ र राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, रीतिरिवाज परम्परा जोगाउनु पर्छ। देशमा स्थायी अभिभावकको खांचो जनतामा खड्किएको बिषय हो। यो पुरा गर्न नेपाली जनता सबै एक भएर जुर्मुराएको दिन मात्र संभव छ।

    “०७० सालको दोश्रो संविधानसभाबाट ०७२ सालको संबिधान आयो। त्यसपछिका दिनबाट नेपालको राजनीतिमा बिकृति र बिसंगतिले जरागाडदै जादां राजनैतिक दलहरु समाप्तिको संघारमा आईपुगे। राजनितिलाई ब्यापारको थलो बनाएर बिचौलिया, तस्कर, माफियाहरुको उपस्थिति र बिदेशी खुफिया एजेन्सीहरुको कब्जामा नेताहरु बन्दि हुन पुग्दा आज देश डिपष्टेटहरुको कब्जामा पुग्यो। देशले आफ्नो सरकार, प्रधानमन्त्री पाउन सकेन जसका कारण आज प्रधानमन्त्री कस्को भन्ने अबस्थामा जनता उभिन बाध्य छन्।”

    ०६४ सालको पहिलो संबिधान सभाको निर्वाचन सम्म समानुपातिक निर्वाचनको बास्तविक ढांचा पनि थाहा थिएन। तर पनि अन्य पार्टिहरुमा भन्दा नेपाली कांग्रेसको छनोट प्रणालिमा निष्पक्षता प्रष्ट थियो। पार्टिमा योगदान पुर्याएका, संगठनमा काम गरेका ब्यक्तिहरुको उपस्थित राम्रो थियो। त्यहाँ कुनै प्रकारका लेनदेन, डन र धनको गन्ध थिएन। ०७० सालको दोश्रो संविधानसभाबाट ०७२ सालको संबिधान आयो। त्यसपछिका दिनबाट नेपालको राजनीतिमा बिकृति र बिसंगतिले जरागाडदै जादां राजनैतिक दलहरु समाप्तिको संघारमा आईपुगे। राजनितिलाई ब्यापारको थलो बनाएर बिचौलिया, तस्कर, माफियाहरुको उपस्थिति र बिदेशी खुफिया एजेन्सीहरुको कब्जामा नेताहरु बन्दि हुन पुग्दा आज देश डिपष्टेटहरुको कब्जामा पुग्यो। देशले आफ्नो सरकार, प्रधानमन्त्री पाउन सकेन जसका कारण आज प्रधानमन्त्री कस्को भन्ने अबस्थामा जनता उभिन बाध्य छन्।

    जेएन्जीहरु माथिको धरपकट हजारौंको संख्यामा पक्रिनु हत्याराहरु खुलेआम आफ्नो पार्टि बचाउमा उत्रिनु र तिनै पार्टिहरुको सम्रकक्षणमा सरकारले काम गर्नु, आ-आफ्नै कार्यकर्ता लडाउने अधिवेशनमा आफु विरुद्ध अर्कोलाई प्रतिशपर्धा गर्नै नदिने राजनैतिक दलहरुको सम्रकक्षणमा मात्र सरकारको ध्यान केन्द्रित हुने, उनैको सुरक्षा मा राष्टि्य सुरक्षालाई तैनाथ गर्ने हो भने यो सराकार पनि जेएन्जीहरुलाई समाप्त गर्न लागेको छैन भनेर कसरी भन्ने ?”

    ०८२ साल भाद्र २३ र २४ को जेन्जी आन्दोलनले पनि देशलाई निकास दिने स्थिति देखिदैन। जेएन्जीहरुलाई फुटाएर आफ्नो स्वार्थ पूरा गर्न लागेकाहरुबाट जेएन्जीहरु जोगिन जरुरी छ। अन्यथा आन्दोलन कमजोर मात्र होइन तुहिने अबस्थामा पुग्दै गरेको देखिन्छ। जेएन्जी आफैले बनाएको सरकार भन्ने दाबि गरिरहदां सरकार जेएन्जी नचिन्ने, अबस्थामा पुगेको अभिब्यक्तिले समस्या अझै जटिल बन्दै छ। घाईते पिडित जेएन्जीहरुको धर्ना प्रधानमन्त्री कार्यालयको द्वारमा दैनिक देखिने दृश्य अझै टिठलाग्दो छ। जेएन्जीहरु माथिको धरपकट हजारौंको संख्यामा पक्रिनु हत्याराहरु खुलेआम आफ्नो पार्टि बचाउमा उत्रिनु र तिनै पार्टिहरुको सम्रकक्षणमा सरकारले काम गर्नु, आ-आफ्नै कार्यकर्ता लडाउने अधिवेशनमा आफु विरुद्ध अर्कोलाई प्रतिशपर्धा गर्नै नदिने राजनैतिक दलहरुको सम्रकक्षणमा मात्र सरकारको ध्यान केन्द्रित हुने, उनैको सुरक्षा मा राष्टि्य सुरक्षालाई तैनाथ गर्ने हो भने यो सराकार पनि जेएन्जीहरुलाई समाप्त गर्न लागेको छैन भनेर कसरी भन्ने ?

    “जनता देशमा बस्न सक्ने स्थिति भएन, सुशासनका नारामा जनता मार्ने स्थिति र लुटतन्त्रको अन्त्य गर्न भनेर उत्रिएका नवयूवाहरुको पबित्र आन्दोलन माथि फेरि पनि बिगतका सरकारहरुले जस्तै जालझेल यो कार्की सरकारले गर्न पाउदैन। कारण यो सरकार जेएन्जीहरुकै देन हो। सरकारलाई हेक्का रहोस। साथै जेएन्जीले पनि आफ्नो मात्र भन्ने भासा प्रयोग गर्ने हो‌ भने सिंगो राष्ट्रको प्रधानमन्त्री को हो ? यस्को जवाफ राष्ट्रपतिले दिनुपर्छ। जेएन्जीको भनाइलाई मान्ने हो भने सिंगो देशको प्रधानमन्त्री खोई ? देशलाई सरकार बिहिन‌ अबस्थामा राख्न पाईदैन। यस्तो भाडभैलो मच्चाएर देशलाई अराजकता तर्फ धकेल्दै आफ्नो ओहोदा मात्र जोगाउने अधिकार राष्ट्रपतिलाई छैन। राष्ट्रपतिले राजीनामा दिएर ०४७ को संबिधान सहितको राष्ट्रिय एकताको लागि राजनैतिक दलहरुले गरेको ५ बूंदे सहमतिलाई अबिलम्ब कार्यान्वयनमा लेराएर राजाले जनतालाई बुझाएको नासो फिर्ता गर्दै संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको लागि मार्ग प्रसस्त गर्नुपर्छ।”

    ३६ बर्ष साशन सत्ता चलाएका साशकहरु राष्ट् र जनताको हुन सकेनन्। प्रधानमन्त्री केवल आफु, आफन्त र माफियाहरुको मात्र भए। प्रधानमन्त्री, राष्ट्रपति आफ्नो पार्टिको र पार्टि भित्र पनि मात्र गुटको भए। सिंगो राष्ट्रको हुन नसकेको कुरा बिभिन्न घटनाहरुले प्रमाणित गरेकै छ। जनता देशमा बस्न सक्ने स्थिति भएन, सुशासनका नारामा जनता मार्ने स्थिति र लुटतन्त्रको अन्त्य गर्न भनेर उत्रिएका नवयूवाहरुको पबित्र आन्दोलन माथि फेरि पनि बिगतका सरकारहरुले जस्तै जालझेल यो कार्की सरकारले गर्न पाउदैन। कारण यो सरकार जेएन्जीहरुकै देन हो। सरकारलाई हेक्का रहोस। साथै जेएन्जीले पनि आफ्नो मात्र भन्ने भासा प्रयोग गर्ने हो‌ भने सिंगो राष्ट्रको प्रधानमन्त्री को हो ? यस्को जवाफ राष्ट्रपतिले दिनुपर्छ। जेएन्जीको भनाइलाई मान्ने हो भने सिंगो देशको प्रधानमन्त्री खोई ? देशलाई सरकार बिहिन‌ अबस्थामा राख्न पाईदैन। यस्तो भाडभैलो मच्चाएर देशलाई अराजकता तर्फ धकेल्दै आफ्नो ओहोदा मात्र जोगाउने अधिकार राष्ट्रपतिलाई छैन। राष्ट्रपतिले राजीनामा दिएर ०४७ को संबिधान सहितको राष्ट्रिय एकताको लागि राजनैतिक दलहरुले गरेको ५ बूंदे सहमतिलाई अबिलम्ब कार्यान्वयनमा लेराएर राजाले जनतालाई बुझाएको नासो फिर्ता गर्दै संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको लागि मार्ग प्रसस्त गर्नुपर्छ। खरी झरेका मादलहरु धेरै बजिसके अब राष्टि्य शक्तिहरु राजसंस्था, जनता र सेना एकजुट हुदै राष्ट् जोगाउनुको बिकल्प छैन। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन। जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कांग्रेसमा महाधिवेशनतर्फ सहमति, लेखकको पहलले विवाद समाधान

    काठमाडौं, मंसिर १४ – नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारीका लागि सहमति बनेको छ। पार्टीभित्र लामो...

    शिरमाया चेपाङको ‘प्रदेशीको पीडा’ सार्वजनिक

    कुवेत  -गायिका शिरमाया चेपाङले विदेशिएका नेपाली महिलाको वास्तविक संघर्ष र वेदना समेटिएको नयाँ गीत ‘प्रदेशीको...

    प्रधानमन्त्री कस्को ?

    – कमला थापा २०८२ मंसिर १४ गते। नेपालमा ०७, १७, ०३६, ०४६, ०६२/६३ साल धेरै...

    रास्वपा–उज्यालो नेपालको एकता प्रयास असफल, भित्री विवाद मुख्य बाधा

    काठमाडौं, मंसिर १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको लामो समयदेखि चलेको एकता...

    रास्वपासँगको एकतामा सहभागी नहुने मिलन पाण्डे, नयाँ राजनीतिक यात्राको संकेत

    काठमाडौं, मंसिर १४ – विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज एकता घोषणाको अन्तिम...