News Portal

  • जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    ३२ पटक

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह, पुराना दलहरूको स्वार्थी संस्कृति, र बाह्य शक्तिहरूको अदृश्य हस्तक्षेप एकैसाथ चलिरहेका छन्। परिवर्तनको चाहना बढ्दो छ, तर परिवर्तन बोक्ने पात्रहरु कमजोर, असङ्गठित र अक्सर गलत दिशातिर धकेलि रहेका छन्।

    जेनजेड भन्छ हामीले नयाँ राजनीतिको सुरुवात गर्छौ तर एउटै प्रश्न घुमेर आउँछ के यिनले नेतृत्व गर्ने संरचना टिक्ने आधार छ? कि केवल डिजिटल सामाजिक संझालको उत्तेजना र सडकको आवाजमै सीमित हो?आजको विश्वमा युवालाई चलाउने मुख्य शक्ति राजनीतिक दल होइनन्,एल्गोरिदम , ग्लोबल इनफ्लुएन्स नेटवर्क र डिजिटल साइबर वार मुख्य हुन।फेसबुक, टिकटक, ट्विटरजस्ता प्लेटफर्मले युवाको मनोविज्ञान उत्तेजक, उग्र, भावनात्मक भएको देखाउँछ।

    जसको माध्यमले युवाहरु गहिरो अध्ययन होइन, छोटो र छिटो प्रतिक्रिया उत्रने गर्छन।यसका साथै जियो पोलिटिकल प्रभावले पनि नेपाललाई ठुलो असर गरेको छ भन्दा फरक नपर्ला।अमेरिका, चीन, युरोपियन राष्ट्रहरू सबैले सामाजिक सञ्जालमार्फत पनि डिजिटल इन्फ्लुएन्स अपरेशन चलाइरहेका छन्।

    यसका साथै जेन जेड पुस्ता लाई गरिने हयाशट्याग ले सजिलै पनि यिनलाई प्रभावित पारेको छ, तर यो पुस्ता स्रोत वा वास्तविकता खोज्न तिर समय दिएको भने देखिदैन।किन भने कुनै न कुनै माध्यमबाट यो पुस्ताले आफ्नो भविष्य खोजिरहेको हुन्छ। जता ईन्फुलेन्स बढि हुन्छ यो पुस्ताको लहर तेतै बढि केन्द्रित भएको भेटिन्छ।

    विश्व राजनीतिमा जेन जेड पुस्ताले धेरै ठाउँमा विद्रोह चलाए तर त्यसका परिणाम कहि लोकतान्त्रिक भए, कहिं हिंसात्मक, अनि कतै खतरनाक सत्ता खेल मा परिणत भए। यसको सबैभन्दा ताजा उदाहरण बंगलादेश र नेपाल एक हुन।

    बंगलादेशमा जेन जेड नेतृत्वमा चलेको विद्रोहले सेख हसिना जस्तो शक्तिशाली नेतृको १५ वर्षे शासनलाई भत्काइदियो। सडकबाट सुरु भएको आन्दोलनले काठमाडौँ, दिल्ली, वाशिङ्टनसम्म हलचल मच्चायो। तर परिणाम के भयो? आन्दोलनमा सयौँ हजारौँ युवाको ज्यान गयो, राज्य हिंसात्मक भयो।
    अन्त्यमा हसिनाविरुद्ध मुद्दा चलाउन उनले नै निर्माण गरेको अदालतले नै उनलाई मृत्यु दण्ड को सजाय सुनाइदियो। आज उनी भारतको संरक्षणमा छिन्, र भारतले पनि भू–राजनीतिक कारणहरूले उनलाई सजिलै सुपुर्दगी गर्न चाहँदैन।यसले एउटा कटुसत्य उजागर गर्छ अदृश्य शक्ति आफ्नो स्वार्थका लागि आन्दोलन उचाल्छ, सत्ता ढाल्न अनेक प्रोपोगान्डा बनाउँछ।

    अनि काम सकिएपछि उनीहरूलाई त्यही आन्दोलनकै छायामा गाडिदिन्छ।यसरी हेर्दा, जेनजेडको विद्रोह इतिहासकै शक्तिशाली स्विचजस्तो छ तर स्विच घुमाउने हात भने उनीहरूका होइनन्।यही परिदृश्य नेपालमा पनि क्रमश बढ्दै गएको छ।नेताहरुको लापर्वाही, भ्रष्ट्रचार, स्वार्थमुखी भावनाले गर्दा सामाजिक सञ्जालमा जेनजेडको आक्रोश कडा रुपमा प्रस्तुत भयो।

    तर यिनमा अझै गम्भीर राजनीतिक संरचना बनाउने क्षमतामा भने ठूलो रिक्तता छ। किन भने आज यिनिहरुकै सरकार छ तर हिजोका आरोपित, कलंकित र भ्रष्ट भनिएका पात्रहरूलाई कानूनको कठघरा सम्म पुर्‍याउन यिनिहरुले अझै सकेका छैनन? उनिहरु फेरी उठ्ने कोसिस गर्दै छन। किन कि हिजो यिनलाई जस्ले उचाल्यो आफ्नो एउटा च्याप्टर सफल पारेपछि त्यो शक्तिले हात झिक्यो।

    किन भने यस्ता शक्तिहरुसंग धेरै डिजाईन र अलग अलग प्लानहरु हुन्छन्।नत्र जेन जेड पुस्ता अहिले सडकमा छोडेको चौपाय जस्तै किन अलपत्र पर्थो? युवाको शक्ति देखाएर युवा पुस्तालाई उकासेर त्यो शक्तिले सत्ता ढाल्यो। यि शक्तिहरुले कहिले धार्मिक कलह को बिउ छर्छन, कहिले जातिय, कहिले साम्प्रादायिक यस्ता अनेक तिकतम रचेर यिनले नेपालको भुमीमा अदृष्य भुराजनिति गरिरहेका हुन्छन्।

    आम जनमानसले यो कुरालाई गहिरिएर सोच्न भ्याउदैन।मिडिया र सामाजिक संझालको हावा जता बह्यो उतै लहराउने जनताको प्रवृति हुन्छ।तात्पर्य आजको जेनजी पुस्ताले आवाज बुलन्द गरे पनि राज्य सञ्चालन र शक्ति सन्तुलन चलाउने वास्तविक कुचो अदृश्य शक्तिका हातमा नै छ।
    कसैका हातमा पैसा,कसैका हातमा विदेशको शक्ति,कसैका हातमा डिजिटल एल्गोरिदम,कसैका हातमा राजनीतिक सेरोफेरो यस्तै यस्तैनेपालमा राजनितिक विपक्षीहरू अझ उग्र शैलीमा खेल्छन् आजको नेपाली विपक्षी आफ्नो स्वार्थका लागि यति आतुर छ कि पद र भाग बण्डाको नाममा राष्ट्रभन्दा ठूलो उनीहरूको भोक हो।

    राजनीतिक दलका नेताहरू पदको चासोमा आफ्नै आमा बेच्न समेत तयार छन् भन्ने कठोर जनमत अझै ताजै छ र यो यथार्थको नाङ्गो चित्र हो। राष्ट्रवाद पनि यिनले मिठो स्वरमा बेच्छन्, तर भित्र भित्र बूढी चकटीजस्तो स्वार्थमा मात्रै टिकिरहन्छन् जसले जहाँ बढी चिल्लो दिन्छ, उनीहरू त्यही दिशातिर ढल्किन्छन्।नेपालका सबै दल उस्तै छन।

    कोही भन्दा कोही कमी छैनन।काम भन्दा पनि अनेक प्रोपगण्डा फैलाएर जनताको ध्यान तानिरहेका हुन्छन्।अब कुन राजनितिक दल सहि भन्न नसकिने अवस्था छ। सबैका आफ्नै स्वार्थ देखिन्छन्।

    यही स्वार्थी राजनीति, विदेशी प्रभाव, र युवाको अप्रौढ विद्रोह मिलेर नै नेपालमा स्थिरताले कहिल्यै जरा गाड्न सकेको छैन।जनताले स्थिर सरकार चाहन्छन् तर दल, नेताहरू, र विदेशी सञ्जालले स्थिरता नै आफ्नो खेलको शत्रु ठान्छन्।किन भने राजनितिक र दलिय स्वार्थमा यिनिहरु जे पनि गर्न तयार छन्।वास्तवमै भन्ने हो भने नेपाल मियो बिनाको दाईं जस्तै छ।

    हिजो केपी ओलीको राष्ट्रवादी अडान , चुच्चे नक्सा र चिनसितको निकटता पनि अहीलेको स्थितिको को कारण हुन र उनको यो राष्ट्रवाद धेरैलाई मन नपरेको हो। उनले समृद्द नेपालको नारा उठाए, सीमासम्बन्धी तर्कसंगत प्रश्न गरे, विदेशी परियोजनाहरूलाई सन्तुलित दृष्टिमा हेरे, र पछिल्लो समयका विकासका धेरै रेखाहरु उनले नै कोरे पनि अनि यही कारण विदेशी शक्तिहरूले उनि माथी असहज महसुस गरे।

    संसददेखि सामाजिक सञ्जालसम्म, बहसदेखि मिडियासम्म ओलीलाई अलोकप्रिय बनाउने अभियान संयोगले होइन, रणनीतिले चलाइएको थियो। यो संगै ओलीको आफ्नै तुच्छ वचन , उखान टुक्का र आफ्नाहरुलाई च्याप्ने र विपक्षीहरुलाई खेद्ने जिद्दी प्रवृतिले पनि उनको सरकार अलोकप्रिय बन्दै गयो। साच्चै भन्नु पर्दा उनलाई बंगालदेशको सेख हसिना नै बनाईयो भन्दा फरक नपर्ला।

    हुन त ओलीको कमजोरीपनमा पनि कुनै कमि थिएन पार्टीभित्रका उच्छृंखल, अनुशासनहीन, भ्रष्ट आरोपित पात्रलाई जोगाउने र गुण्डा राज फैलाएर विपक्षीहरुलाई तर्साउने संस्कारले उनको लोकप्रियतालाई पछि पार्दै आफैंले आफैलाई कमजोर पार्दै लगे।। यसरी बाहिरको प्रहार र भित्रको कमजोरी मिल्दा स्थितिले पार्टी र सरकार दुवैलाई धक्का दियो।

    नेपाल अहिले जटिल मोडमा छ। जेन जेडले आफ्नो उर्जा र आवाजलाई सही दिशामा नपुर्‍याए, पुराना दलहरूले अनुशासन र आत्मालोचना गरेनन्, र बाह्य शक्तिको प्रभावलाई राज्यले नियन्त्रण गरेन भने नेपालको यो जेनजी आन्दोलन फेरि उही घुमीफिरि रुम्झाटारमा फर्कने छ।
    यदि युवाले तथ्य बुझेर राजनीति हेर्न थाले,नेतृत्वले राष्ट्रहितलाई प्राथमिकता दियो,दलहरूले स्वार्थ होइन, नीति सुधारमा ध्यान दिए,र विदेशी प्रभाव न्युनिकरण गरियो भने नेपालले स्थिरतासँगै नयाँ अझै पनि युगमा प्रवेश गर्न सक्छ।

    अब जोरदार नारा होइन, जिम्मेवारीपूर्ण नेतृत्व, डिजिटल फेसबुके र टिकटके विद्रोह होइन, संगठित राष्ट्रवाद, र बाहिर हेर्न होइन, भित्र फर्केर सच्याउने साहसको आवश्यकता छ।किन भने जनेजी तोडफोडले गर्दा नेपालले घेरै राज्य संचालनका संरचनाहरु गुमाईसकेको छ।सिथिल छ। अब सबै मिलेर एक ढिक्का भएर देश बनाउन तर्फ लाग्नु आवश्यक छ।

    फेरी पनि इतिहासले मौका दिएको छ तर यो मौका कसले समात्छ भन्ने हो। जेन–जेडले? वा पुरानै नेताहरूले? कि फेरि अदृश्य शक्तिले?यस प्रश्नको उत्तरमा नै आगामी नेपालको रुपरेखा लुकेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...

    ‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

     कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर...

    सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

    काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च...

    सोलु हाइड्रोपावरको आईपीओ प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुल्यो

    काठमाडौं, मंसिर ७ – सोलु हाइड्रोपावर कम्पनीले आफ्नो प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका...