News Portal

एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

१५६ पटक

काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि फैलिँदा कार्यकर्ताबीच झडप भएको छ। आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरूले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा लोकतान्त्रिक मान्यता नपुगेको भन्दै शुक्रबार दिउँसो च्यासल पुगेका थिए।

उनीहरूले संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्नो माग र असन्तुष्टि राखेका थिए। त्यही क्रममा अर्को समूहसँग हात हालाहाल भएको घटना भएको बताइएको छ।

एमालेको महाधिवेशन मंसिर २७ गते भक्तपुर सल्लाघारीमा उद्घाटन हुँदैछ। प्रतिनिधि छनोट प्रक्रिया पूरा भइसकेको भए पनि केही असन्तुष्ट नेताहरूले डेढ वर्षदेखि प्रक्रिया विधिपूर्वक नचलिएको भन्दै आपत्ति व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...