
– कमला थापा
२०८२ मंसिर ३ गते।
३६ बर्षसम्म सत्ताको राजनिति गर्नेहरुले आज मूलुकमा पुर्याएको क्षेति कस्ले ब्यहोर्ने ? यो प्रश्न आज एकपछि अर्को गर्दै जटिल बन्दैछ। राजनितिक दलहरु अझै पनि एकले अर्कोलाई आरोप प्रत्यारोप गर्दै छन्। एमालेका नेता पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गम्भीर गल्ती स्वूकार्ने पक्षमा देखिदैनन्। जनतालाई गालि गर्नु, कार्यकर्तालाई गलत कार्य गर्न निर्देशन दिनु, झुठ माथि झुठ बोल्दै राष्ट्रघात गर्नु उनको दैनिकी नै बनिसकेको छ। देशले यत्रो क्षति ब्यहोर्न पर्नुमा प्रमुख भूमिका उनकै हो। राष्ट्रका कर्णाधार स्कूले विद्यार्थीहरूले बिना कसुर ज्यान गुमाउन पर्नु उनकै सरकारको उपहार हो। तर कत्ति पनि चिन्तित देखिदैनन्।
“जवाफ राजनैतिक दलहरुले दिने की जनताले ? अन्यथा संबिधान जोगाउने नाउमा नौटंकी र पूर्व कर्मचारी सरकार बनाउदै फेर्दै चुनावमा जान सक्ने स्थिति छैन। सर्बप्रथम यो सरकारले भाद्र २३ र २४ गतेका नरसंहारकारीहरुलाई कारवाहीको कठघरामा ल्याउनु पर्छ। नकी सामाजिक अभियन्ता र नागरिकहरुलाई धरपकट गर्ने !”
समस्या जटिल बन्दै छ। ३६ बर्ष अगाडिसम्म बिग्रिएका काम जति राजा र राजसंस्थालाई आरोप लगाउदैमा बित्यो। त्यसपछि आएका प्रत्येक सरकार काण्डै, काण्ड गर्दै देशै सिध्याउने स्थितिमा आईपुगे। उद्योग, शैक्षिक क्षेत्र, स्वास्थ्य सेवा, न्यायालय, देशका सार्वजनिक जग्गाजमिन मात्र होइन। ब्यबस्थापिका, कार्यपालिका, न्यायपालिका जस्तो प्रजातन्त्रको मेरुदण्डलाई भू-राजनैतिक प्रभावमा कमजोर बनाईयो। तर पनि आफ्नो गल्ती नदेख्ने यी दलहरु भित्र कस्ता प्राणीका प्रजाति रहेछन्। यसको जवाफ राजनैतिक दलहरुले दिने की जनताले ? अन्यथा संबिधान जोगाउने नाउमा नौटंकी र पूर्व कर्मचारी सरकार बनाउदै फेर्दै चुनावमा जान सक्ने स्थिति छैन। सर्बप्रथम यो सरकारले भाद्र २३ र २४ गतेका नरसंहारकारीहरुलाई कारवाहीको कठघरामा ल्याउनु पर्छ। नकी सामाजिक अभियन्ता र नागरिकहरुलाई धरपकट गर्ने ! जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति सरकारले जबसम्म दिलाउन सक्दैन तबसम्म चुनावको कुनै औचित्य छैन। भोट दिन जानसक्ने सुरक्षित बातावरण तयार नगरि राजनैतिक दलहरुलाई मात्र सर्बोपरी ठानेको देखिन्छ तर भोट दिने त जनताले हो। साथै दलका नेताहरुको यहि अनुहारहरु लिएर निर्वाचनमा जानु अर्को भुल हुनेछ। त्यसैले नेपाली कांग्रेसमा नियमित निर्वाचन हुनु अति आबश्यक छ।
“दुर्गा प्रसाईलाई आधारातमा घरमा सुतिरहेको अवस्थामा सरकारले पक्राउ गरायो। उनको कसुर के हो ? देश टुक्र्याउनुपर्छ भन्नेलाई सम्रक्षण गर्ने तर देश जोगाउन जुटनेलाई जेल हाल्ने यो कहांको न्याय हो ? जेएन्जी आन्दोलनमा अदृष्य शक्तिहरुबाट भए गरेका प्रत्यक्ष कृयाकलापको भिडियो प्रसारण गरेकै कारणले हो भने, प्रत्यक्षदर्शीसंग संन्चारकर्मिले गरेको कुराकानी, भाद्र २४ गते बानेश्वरको एउटा घरको ५ तला माथि बसेर क-कसले कुरा गरेका थिए। योजना बुनिएको थियो। त्यस्को बेलिबिस्तार भिडियो रेकर्ड दुर्गा प्रसाईले देखाएका हुन्। उनले बनाएको अबस्य हैन होला। आफ्नो पर्दाफास
भएपछि सामाजिक अभियन्ताहरुलाई पक्रिएर कुन बहादुरी कमाउदै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?”
चुनाव गराउन आएको भनिएको सरकार स्वयम् जनतामा आतंक मच्चाउदै छ। सामाजिक अभियन्ता “दुर्गा प्रसाईलाई आधारातमा घरमा सुतिरहेको अवस्थामा सरकारले पक्राउ गरायो। उनको कसुर के हो ? देश टुक्र्याउनुपर्छ भन्नेलाई सम्रक्षण गर्ने तर देश जोगाउन जुटनेलाई जेल हाल्ने यो कहांको न्याय हो ? जेएन्जी आन्दोलनमा अदृष्य शक्तिहरुबाट भए गरेका प्रत्यक्ष कृयाकलापको भिडियो प्रसारण गरेकै कारणले हो भने, प्रत्यक्षदर्शीसंग संन्चारकर्मिले गरेको कुराकानी, भाद्र २४ गते बानेश्वरको एउटा घरको ५ तला माथि बसेर क-कसले कुरा गरेका थिए। योजना बुनिएको थियो। त्यस्को बेलिबिस्तार भिडियो रेकर्ड दुर्गा प्रसाईले देखाएका हुन्। उनले बनाएको अबस्य हैन होला। आफ्नो पर्दाफास भएपछि सामाजिक अभियन्ताहरुलाई पक्रिएर कुन बहादुरी कमाउदै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ? त्यसैले दुर्गा प्रसाईलाई थुनेर र जनताको आवाज बन्द गर्न खोज्दैमा समस्या सामाधान हुने होईन। दुर्गा प्रसाई आवाज बिहिनहरुका आवाज हुन। उनि मात्र होइन राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस विपीलगायत बरिष्ठ कानूनबिद, राष्ट्रबादी शक्तिहरु धेरै छन्।
“आखिर हिजोका सरकार र आजको चुनावी सरकारमा के नै भिन्नता रह्यो र ? पदका लागि सस्तो लोकप्रियता कमाउनु क्षेणिक हो। आखिर सत्य लुक्न सक्तैन। यहि कारणले केपी ओलीले सुशीला कार्की सरकार बनाउनलाई निर्देशन दिएका रहेछन्। यसो भन्दा हामी गलत हुन्छौ ? छ जवाफ यो सरकारसंग ?”
“अपराधिहरुलाई किन भाग्न दिएको मार्नुपर्ने भन्ने आवाज तपाईकै छ”। त्यो भिडियो तपाई आफै दोहोर्याएर सुन्न सक्नुहुन्छ। त्यसो भन्ने मान्छेले उपचारका बहानामा बिदेश जान दिनु भएकै थियो किन ? कि तपाईं पनि त्यसलाई AI ले बनाएको भनेर भन्नु हुन्छ ? दुर्गा प्रसाईले जनतालाई सुसूचित गरेका छन्। त्यसो गर्नु अपराध होइन, बरु जनतालाई अन्धकारमा राखेर आफु खुफिया एजेन्सीको पृष्ठपोषक हुदै राष्ट्रप्रति गद्दारी गर्नु अपराध हो। आखिर हिजोका सरकार र आजको चुनावी सरकारमा के नै भिन्नता रह्यो र ? पदका लागि सस्तो लोकप्रियता कमाउनु क्षेणिक हो। आखिर सत्य लुक्न सक्तैन। यहि कारणले केपी ओलीले सुशीला कार्की सरकार बनाउनलाई निर्देशन दिएका रहेछन्। यसो भन्दा हामी गलत हुन्छौ ? छ जवाफ यो सरकारसंग ?
“राष्ट्रिय एकताको प्रतीक राजसंस्थासंग मिलेर ०४७ सालको संबिधानमा टेक्नुको बिकल्प छैन। राजनैतिक दलहरुले बिलम्ब नगरि एउटै मोर्चामा आवद्ध भएर संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको मार्गमा उभिनुनै बुद्धिमानी ठहर्ला। देशलाई यो संकटको घडीबाट पार लगाउन नेपाली सेनाले राष्ट्रको आबस्यकता र जनताको मागलाई आत्म साथ गर्दै राष्ट्र जोगाउन आफ्नो गौरवशाली इतिहाँसको जिम्मेवारी बहन गर्ने समय आएको छ।”
त्यसैले जनता भन्न बाध्य छन्। चुनाव मात्र देशको निकास होईन। राष्ट्रले खोजेको निकास आमुल परिवर्तन हो। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, राष्ट्रिय एकता, सहमति, सहकार्य र सनातन हिन्दू, बौद्ध, किरात, मुस्लिम समुदाय समेतको महान एकता बिना शान्ति सम्भव छैन। हिन्दु राष्ट्र, जहां नेपालीहरुको आस्थाको केन्द्र पृथ्वीनारायण शाहको एकिकरणको दिब्य उपदेशले आर्जन गरेको एकताको प्रतीक राजसंस्था सहितको प्रजातन्त्र नै हो। यसलाई रोक्न सक्ने क्षमता दलहरुमा अब छैन। नैतिकता गुमाईसकेका राजनैतिक दलहरु प्रति जनताको बिश्वास रहेन। राष्ट्रिय एकताको प्रतीक राजसंस्थासंग मिलेर ०४७ सालको संबिधानमा टेक्नुको बिकल्प छैन। राजनैतिक दलहरुले बिलम्ब नगरि एउटै मोर्चामा आवद्ध भएर संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको मार्गमा उभिनुनै बुद्धिमानी ठहर्ला। देशलाई यो संकटको घडीबाट पार लगाउन नेपाली सेनाले राष्ट्रको आबस्यकता र जनताको मागलाई आत्म साथ गर्दै राष्ट्र जोगाउन आफ्नो गौरवशाली इतिहाँसको जिम्मेवारी बहन गर्ने समय आएको छ।
“प्रजातन्त्रका निर्माता विपी कोइरालाको ईतिहांसको मार्गमा उभिएर राजनैतिक अभिभावकत्व ग्रहण गर्ने यो सुनौलो अबसर हो। उक्त अवसरलाई नेपाली कांग्रेसले अबस्य बुझ्ने छ। अन्यथा समयले कांग्रेसलाई पनि पर्खिने छैन। कम्निस्टहरुलाई कांधमा बोक्दाको परिणाम भोगेको कांग्रेसले विपी कोइरालाको प्रजातान्त्रिक मार्गमा उभिँदै बिराएको बाटो सच्याएमा उत्तम हुने देखिन्छ।”
नेपाली कांग्रेस एकमात्र प्रजातान्त्रिक शक्ति भएकोले पार्टिको आन्तरिक झमेलामा मात्र नफसि समय र जनताको मागलाई बुझेर हिजोका गल्ती कमि कमजोरीलाई सच्याउन सक्ने समय आएको छ। प्रजातन्त्रका निर्माता विपी कोइरालाको ईतिहांसको मार्गमा उभिएर राजनैतिक अभिभावकत्व ग्रहण गर्ने यो सुनौलो अबसर हो। उक्त अवसरलाई नेपाली कांग्रेसले अबस्य बुझ्ने छ। अन्यथा समयले कांग्रेसलाई पनि पर्खिने छैन। कम्निस्टहरुलाई कांधमा बोक्दाको परिणाम भोगेको कांग्रेसले विपी कोइरालाको प्रजातान्त्रिक मार्गमा उभिँदै बिराएको बाटो सच्याएमा उत्तम हुने देखिन्छ। राजसंस्थासहितको प्रजातन्त्र मात्र यो देशको दिगो शान्तिको राजनैतिक धरातल हो भन्ने कुराबुझ्न ढिलो गर्नुहुँदैन। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन। जय नेपाल।