News Portal

  • ताप्लेजुङ घुम्न आउने विदेशी पर्यटकको संख्यामा वृद्धि

    ६८७ पटक

    केशवप्रसाद भट्टराई
    ताप्लेजुङ : सिजन सुरु हुनुभन्दा अघिदेखि नै हिमाली जिल्ला ताप्लेजुङ घुम्न आउने विदेशी पर्यटकको संख्या उल्लेख्य बढेको छ । यस वर्ष पर्यटक आगमनमा वृद्धि हुने देखिएको छ । विगतको समयमा वर्षभरिमा आउने पर्यटक यसवर्ष एकै सिजनमा ताप्लेजुङ घुम्न आउने अनुमान गरिएको छ ।

    ताप्लेजुङमा ८ हजार ५ सय ८४ मिटर उचाइको विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा, ८ हजार मिटर भन्दा अग्ला २ हिमाल र ७ हजार मिटर माथिका ११ हिमालहरु रहेका छन् ।

    युरोप, अमेरीकालगायत चीन–भारत गरी विभिन्न २३ राष्ट्रका पर्यटक यहाँ घुम्न आउने गरेका छन् । ताप्लेजुङ जिल्लामा हालसम्म सबैभन्दा बढी एक सिजनमा ९ सय पर्यटकले भ्रमण गरेको पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    स्थानीयले अक्टोबर र अप्रिललाई पर्यटक आउने सिजनका रूपमा लिने गरेका छन् । असार, साउन, माघ र फागुनमा भने विदेशीको अनुहारसमेत देख्न नपाइने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका पर्यटन सहायक टासी तेञ्जिङ शेर्पा बताउनुहुन्छ ।

    कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको तथ्यांक अनुसार, आ.व.२०७३/०७४ मा ६ सय ७ जनाले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका थिए भने आ.व.२०७४÷०७५ मा ६ सय १२ जना भ्रमणका लागि पुगेका थिए ।

    मेचीको पहाडी जिल्ला ताप्लेजुङ पर्यटकीय सम्भावना भएको जिल्ला हो । तर, विमानस्थल भएर पनि जहाज नचल्दा पर्यटकलाई तान्न नसकिएको गुनासो व्यवसायीहरुले गरेका छन् ।

    केही समयपछि फर्कन्छन् पर्यटक

    विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघासँगै कुम्भकर्णलगायतका हिमश्रृंखलाको अवलोकन गरेपछि कार्तिकको अन्तिममा हिउँ पर्न सुरु भएसँगै पर्यटकहरु फर्कन थाल्छन् ।

    चिसो मौसम सुरु भएसँगै हिउँ पर्ने भएकाले अधिकांशले हिमाली क्षेत्रका बेसक्याम्प छाड्छन् । हिउँ पर्न सुरु हुनासाथ कञ्चनजंघा हिमाल आधार शिविरभन्दा तल रहेको बस्ती घुन्साबाट सबै समूह सदरमुकाम फुङलिङतर्फ फर्किने गरेको घुन्साका स्थानीय बताउछन् ।

    हिमालको उत्तरी मोहडा पाङपेमाबाट खम्बाछेन हुँदै घुन्सा झरेका उनीहरू सबै चिसो बढे पछि आ–आफ्ना देश फर्कने गर्छन् । घुन्साका पर्यटन व्यवसायी हिमाली चुङ्दा शेर्पाका अनुसार यो वर्ष छिटै हिउँ पर्ने संकेत देखिएको बताउनुभयो ।

    असार, साउनमा वर्षा हुने र पुष, माघ, फागुनमा हिउँ भर्ने हुँदा यो समयमा पर्यटक कम मात्रै आउने गरेको शेर्पा बताउनुहुन्छ । सिजन सुरु भएपछि चौरी, याकलाई सामान बोकाएर स्थानीय पनि व्यापारका लागि हिमालको फेदीतर्फ चड्ने गर्दछन भने पर्यटक पनि सो क्षेत्र घुम्न आउने गर्दछन् ।

    पर्यटकीय सिजनमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङदेखि केही किलोमिटरमाथि रहेको सुकेटारबाट सुरु भएको यात्रा त्यहीँ आएर टुंग्याउन २२ दिन लाग्छ । यो अवधिमा ८ हजार ५ सय ८४ मिटर उचाइको विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा, ८ हजार मिटर माथिका अरू दुईसहित ७ हजार मिटर माथिका ११ हिमशृंखला अवलोकन गर्न पाइन्छ । उज्यालो

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सुदन गुरुङमाथि आक्रमण प्रयास, रानीबारीदेखि बानेश्वरसम्म पीछा

    काठमाडौं, असोज १ – हाम्रो नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार रानीबारीदेखि बानेश्वरसम्म आक्रमणको प्रयास भएको...

    जेनजी आन्दोलनमा मारिएका प्रवीन कुलुङको शव संखुवासभा ल्याइयो

    संखुवासभा, असोज १ – काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका...

    रास्वपा बैठकमा हरि ढकालको आत्मालोचना

    काठमाडौं, असोज १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सहकर्मी नेतृ...

    आज २०८२ साल असोज १ गतेको राशिफल

    आज असोज १, २०८२ (सेप्टेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ मा

    काठमाडौं, भदौ ३१ – यस वर्षको बडादशैंमा टीका लगाउने शुभ साइत असोज १६ गते बिहान...