News Portal

ताप्लेजुङ घुम्न आउने विदेशी पर्यटकको संख्यामा वृद्धि

८०७ पटक

केशवप्रसाद भट्टराई
ताप्लेजुङ : सिजन सुरु हुनुभन्दा अघिदेखि नै हिमाली जिल्ला ताप्लेजुङ घुम्न आउने विदेशी पर्यटकको संख्या उल्लेख्य बढेको छ । यस वर्ष पर्यटक आगमनमा वृद्धि हुने देखिएको छ । विगतको समयमा वर्षभरिमा आउने पर्यटक यसवर्ष एकै सिजनमा ताप्लेजुङ घुम्न आउने अनुमान गरिएको छ ।

ताप्लेजुङमा ८ हजार ५ सय ८४ मिटर उचाइको विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा, ८ हजार मिटर भन्दा अग्ला २ हिमाल र ७ हजार मिटर माथिका ११ हिमालहरु रहेका छन् ।

युरोप, अमेरीकालगायत चीन–भारत गरी विभिन्न २३ राष्ट्रका पर्यटक यहाँ घुम्न आउने गरेका छन् । ताप्लेजुङ जिल्लामा हालसम्म सबैभन्दा बढी एक सिजनमा ९ सय पर्यटकले भ्रमण गरेको पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

स्थानीयले अक्टोबर र अप्रिललाई पर्यटक आउने सिजनका रूपमा लिने गरेका छन् । असार, साउन, माघ र फागुनमा भने विदेशीको अनुहारसमेत देख्न नपाइने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका पर्यटन सहायक टासी तेञ्जिङ शेर्पा बताउनुहुन्छ ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको तथ्यांक अनुसार, आ.व.२०७३/०७४ मा ६ सय ७ जनाले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका थिए भने आ.व.२०७४÷०७५ मा ६ सय १२ जना भ्रमणका लागि पुगेका थिए ।

मेचीको पहाडी जिल्ला ताप्लेजुङ पर्यटकीय सम्भावना भएको जिल्ला हो । तर, विमानस्थल भएर पनि जहाज नचल्दा पर्यटकलाई तान्न नसकिएको गुनासो व्यवसायीहरुले गरेका छन् ।

केही समयपछि फर्कन्छन् पर्यटक

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघासँगै कुम्भकर्णलगायतका हिमश्रृंखलाको अवलोकन गरेपछि कार्तिकको अन्तिममा हिउँ पर्न सुरु भएसँगै पर्यटकहरु फर्कन थाल्छन् ।

चिसो मौसम सुरु भएसँगै हिउँ पर्ने भएकाले अधिकांशले हिमाली क्षेत्रका बेसक्याम्प छाड्छन् । हिउँ पर्न सुरु हुनासाथ कञ्चनजंघा हिमाल आधार शिविरभन्दा तल रहेको बस्ती घुन्साबाट सबै समूह सदरमुकाम फुङलिङतर्फ फर्किने गरेको घुन्साका स्थानीय बताउछन् ।

हिमालको उत्तरी मोहडा पाङपेमाबाट खम्बाछेन हुँदै घुन्सा झरेका उनीहरू सबै चिसो बढे पछि आ–आफ्ना देश फर्कने गर्छन् । घुन्साका पर्यटन व्यवसायी हिमाली चुङ्दा शेर्पाका अनुसार यो वर्ष छिटै हिउँ पर्ने संकेत देखिएको बताउनुभयो ।

असार, साउनमा वर्षा हुने र पुष, माघ, फागुनमा हिउँ भर्ने हुँदा यो समयमा पर्यटक कम मात्रै आउने गरेको शेर्पा बताउनुहुन्छ । सिजन सुरु भएपछि चौरी, याकलाई सामान बोकाएर स्थानीय पनि व्यापारका लागि हिमालको फेदीतर्फ चड्ने गर्दछन भने पर्यटक पनि सो क्षेत्र घुम्न आउने गर्दछन् ।

पर्यटकीय सिजनमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङदेखि केही किलोमिटरमाथि रहेको सुकेटारबाट सुरु भएको यात्रा त्यहीँ आएर टुंग्याउन २२ दिन लाग्छ । यो अवधिमा ८ हजार ५ सय ८४ मिटर उचाइको विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा, ८ हजार मिटर माथिका अरू दुईसहित ७ हजार मिटर माथिका ११ हिमशृंखला अवलोकन गर्न पाइन्छ । उज्यालो

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...