News Portal

बुटवलका जुम्ल्याहा दाजुभाइले बनाए चिया बेच्ने ‘टी स्क्यान’ मेसिन

हिमालीसंचार संवाददाता
४८६ पटक

बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइ लब र कुश पन्थीले सफ्टवेयरमार्फत मान्छेबिनै चिया बिक्री गर्न सक्ने मेसिन (टी–स्क्यान) बनाएका छन् ।

विज्ञान विषयमा कक्षा १२ उतीर्ण गरेका १८ वर्षका उनीहरुले ६ महिना लगाएर बनाएको सफ्टवेयरले क्यूआर कोड स्क्यानमार्फत मान्छेको भौतिक उपस्थितिबिनै चिया बेच्न सक्ने प्रविधिको विकास गरेका हुन् ।

यो प्रविधिमा चिया राख्ने मेसिनको माथिलो भागमा क्यूआर कोड राखिएको छ, जसमा ग्राहकले आफ्नो ई–सेवा वालेट तथा मोबाइल बैकिङ एपको सहायताले कोडलाई स्क्यान गरेर रकम तिरेपछि मेसिनको चिया कपमा झर्छ ।

‘चियाको मूल्य बराबरको रकम खातामा गएपछि मात्र चिया झर्छ र कप भरिएपछि अटोमेटिक रुपमा बन्द हुन्छ’ सफ्टवेयर निर्माता लब पन्थीले भने, ‘एक पटक पकाएको चिया ६ देखि ७ घन्टा सम्म एउटै तापक्रममा रहन्छ ।’

लब-कुशको दावी अनुसार क्यूआर कोड स्क्यान गरेर चिया बिक्री गर्न मिल्ने सफ्टवेयर नेपालमा मात्र नभई विश्वमै पहिलो हो । यसबाट चिया मात्र नभई जुस दूध लगायत तरल पदार्थ बेच्न सकिन्छ ।

क्यूआर कोड पेमेन्ट सिष्टममा ई–सेवाले सहकार्य गरेको छ । यो सफ्टवेयरको व्यवसायिक प्रयोग भएको खण्डमा अस्पताल लगायत सार्वजनिक स्थानमा चिया पसल वा थर्मसमा बोकेर चिया बेच्ने झञ्झट नहुने लब पन्थीले बताए ।तिलोत्तमा क्याम्पस बुटवलबाट १२ कक्षा उतीर्ण गरेका उनीहरुले यसअघि नेपालकै पहिलो नेपाली भाषा बोल्ने मार्स रोबोट र कोरोनाको समयमा आइसोलेसन वार्डमा प्रयोगमा ल्याउन सकिने नर्स रोबोट ‘गो कोरोना रोबोट’ बनाएका थिए ।

गो कोरोना रोबोटलाई उनीहरुले प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेका थिए । रोबोटमार्फत नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान गर्ने आफूहरुको उद्देश्य रहेको तर सरकारी निकायबाट प्रोत्साहन नभएको उनीहरुको गुनासो छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...