News Portal

बुटवलका जुम्ल्याहा दाजुभाइले बनाए चिया बेच्ने ‘टी स्क्यान’ मेसिन

हिमालीसंचार संवाददाता
५२० पटक

बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइ लब र कुश पन्थीले सफ्टवेयरमार्फत मान्छेबिनै चिया बिक्री गर्न सक्ने मेसिन (टी–स्क्यान) बनाएका छन् ।

विज्ञान विषयमा कक्षा १२ उतीर्ण गरेका १८ वर्षका उनीहरुले ६ महिना लगाएर बनाएको सफ्टवेयरले क्यूआर कोड स्क्यानमार्फत मान्छेको भौतिक उपस्थितिबिनै चिया बेच्न सक्ने प्रविधिको विकास गरेका हुन् ।

यो प्रविधिमा चिया राख्ने मेसिनको माथिलो भागमा क्यूआर कोड राखिएको छ, जसमा ग्राहकले आफ्नो ई–सेवा वालेट तथा मोबाइल बैकिङ एपको सहायताले कोडलाई स्क्यान गरेर रकम तिरेपछि मेसिनको चिया कपमा झर्छ ।

‘चियाको मूल्य बराबरको रकम खातामा गएपछि मात्र चिया झर्छ र कप भरिएपछि अटोमेटिक रुपमा बन्द हुन्छ’ सफ्टवेयर निर्माता लब पन्थीले भने, ‘एक पटक पकाएको चिया ६ देखि ७ घन्टा सम्म एउटै तापक्रममा रहन्छ ।’

लब-कुशको दावी अनुसार क्यूआर कोड स्क्यान गरेर चिया बिक्री गर्न मिल्ने सफ्टवेयर नेपालमा मात्र नभई विश्वमै पहिलो हो । यसबाट चिया मात्र नभई जुस दूध लगायत तरल पदार्थ बेच्न सकिन्छ ।

क्यूआर कोड पेमेन्ट सिष्टममा ई–सेवाले सहकार्य गरेको छ । यो सफ्टवेयरको व्यवसायिक प्रयोग भएको खण्डमा अस्पताल लगायत सार्वजनिक स्थानमा चिया पसल वा थर्मसमा बोकेर चिया बेच्ने झञ्झट नहुने लब पन्थीले बताए ।तिलोत्तमा क्याम्पस बुटवलबाट १२ कक्षा उतीर्ण गरेका उनीहरुले यसअघि नेपालकै पहिलो नेपाली भाषा बोल्ने मार्स रोबोट र कोरोनाको समयमा आइसोलेसन वार्डमा प्रयोगमा ल्याउन सकिने नर्स रोबोट ‘गो कोरोना रोबोट’ बनाएका थिए ।

गो कोरोना रोबोटलाई उनीहरुले प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेका थिए । रोबोटमार्फत नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान गर्ने आफूहरुको उद्देश्य रहेको तर सरकारी निकायबाट प्रोत्साहन नभएको उनीहरुको गुनासो छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...