News Portal

  • अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    १८९ पटक

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ। सरकारी तथ्यांकअनुसार सोमबारसम्म मृतकको संख्या ८१२ पुगेको छ भने ३ हजारभन्दा बढी घाइते भएका छन्।

    ६ म्याग्निच्युडको भूकम्प कुनार र नाग्गारहार क्षेत्रमा गएराति गएको हो। त्यसयता ९ पटक परकम्प अनुभव गरिएको छ। भूकम्पका कारण ग्रामीण बस्तीमा माटो र ढुंगाका अधिकांश घर भत्किँदा उद्धार कार्य थप जटिल बनेको अधिकारीहरूले जनाएका छन्।

    तालिबान सरकारका स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानलले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल सहयोगका लागि आग्रह गरेका छन्। तर अहिलेसम्म कुनै देश वा विदेशी संस्थाबाट प्रत्यक्ष उद्धार वा राहतको प्रस्ताव नआएको विदेश मन्त्रालयले जनाएको छ। यसबीच चीनले आवश्यकताअनुसार सहयोग गर्ने जनाएको छ भने भारत, पाकिस्तान, टर्की र अजरबैजानलगायतका मुलुकले संवेदना व्यक्त गरेका छन्।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जालमार्फत अफगानिस्तानस्थित राष्ट्रसंघीय टोली प्रभावितलाई सहयोगका लागि सक्रिय रहेको जानकारी दिएका छन्। हालसम्म ३० जना डाक्टर प्रभावित क्षेत्रमा पठाइएका छन् भने ८ सय किलोभन्दा बढी स्वास्थ्य सामग्री कुनारमा पुर्याइएको छ।

    भूगोलका हिसाबले हिन्दुकुश पर्वत श्रृंखलामा पर्ने अफगानिस्तान भूकम्पको उच्च जोखिममा रहेको बताइन्छ। दुई वर्षअघि हेरातमा गएको शक्तिशाली भूकम्पमा सयौं मानिसको ज्यान गएको स्मरणीय छ। यसपटकको भूकम्पले गृहयुद्ध र आर्थिक कठिनाइसँग संघर्ष गरिरहेको अफगानिस्तानलाई फेरि गहिरो संकटमा धकेलेको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सन्पाटबाट दाम्लो र मुखाडी बनाउँदै रमनपुरका सयौं परिवार व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक १ – मोरङको सुनवर्षी नगरपालिका–५ स्थित रमनपुर गाउँका करिब तीन सयभन्दा...

    आज २०८२ साल कार्तिक १ गतेको राशिफल

    आज कार्तिक १, २०८२ (अक्टोबर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीको आरोप : सरकार मलाई थुन्न खोज्दैछ

    काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई पक्राउ गर्ने...

    ओलीको भनाइ: “विद्या भण्डारीका लागि कोही माइती बनेर आउनु पर्दैन”

    काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको...

    वाईसीएलले प्रधानमन्त्री कार्कीको सम्पत्ति छानबिनको माग गरे

    काठमाडौं, ३१ असोज – नेकपा (माओवादी केन्द्र) अन्तर्गतको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले प्रधानमन्त्री...