News Portal

दमौलीमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

१७९ पटक

काठमाडौं, भदौ १८ – तनहुँको दमौलीमा मंगलबार राति दुई स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–४, थर्पु बजारमा ग.२१ प ३०३६ र ग.२३ प ८००७ नम्बरका स्कुटर ठोक्किएका थिए। दुर्घटनामा म्याग्दे गाउँपालिका–७ निवासी ३२ वर्षीय विजय थापा गम्भीर घाइते भएका थिए। उपचारका लागि दमौलीस्थित प्रदेश अस्पताल लगिएपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए।

सोही दुर्घटनामा अर्का स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन्। उनको उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...