News Portal

दमौलीमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

२९८ पटक

काठमाडौं, भदौ १८ – तनहुँको दमौलीमा मंगलबार राति दुई स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–४, थर्पु बजारमा ग.२१ प ३०३६ र ग.२३ प ८००७ नम्बरका स्कुटर ठोक्किएका थिए। दुर्घटनामा म्याग्दे गाउँपालिका–७ निवासी ३२ वर्षीय विजय थापा गम्भीर घाइते भएका थिए। उपचारका लागि दमौलीस्थित प्रदेश अस्पताल लगिएपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए।

सोही दुर्घटनामा अर्का स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन्। उनको उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...