News Portal

नेपाल टेलिकमले १८०० मेगाहर्जको टुजी सेवा बन्द गर्ने तयारी

नेपाल टेलिकमले यसै आर्थिक वर्षभित्र १८०० मेगाहर्ज फ्रिक्वेन्सीमा सञ्चालन हुँदै आएको टुजी सेवा बन्द गर्ने घोषणा गरेको छ।

संगीता गुरुङ
५०६ पटक

माघ २२, काठमाडौँ – नेपाल टेलिकमले यसै आर्थिक वर्षभित्र १८०० मेगाहर्ज फ्रिक्वेन्सीमा सञ्चालन हुँदै आएको टुजी सेवा बन्द गर्ने घोषणा गरेको छ। टेलिकमको २१औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक संगीता अर्यालले हालको अवस्था र भावी योजनाबारे जानकारी दिँदै उक्त निर्णय सार्वजनिक गरेकी हुन्।

उनका अनुसार, देशभर फोरजी सेवा विस्तार गर्न तीन सय ३३ स्थानमा पूर्वाधार तयार भइसकेको छ, भने थप १२ सय स्थानका लागि बोलपत्र आह्वान अन्तिम चरणमा पुगेको छ। हाल मोबाइल डेटा सेवामा ९० प्रतिशतभन्दा बढी हिस्सा फोरजी प्रयोगकर्ताको रहेको तथ्यांक सार्वजनिक गरिएको छ।

यसैबीच, टेलिकमका फोरजी भोल्टी सेवा प्रयोगकर्ता ५८ लाख नाघिसकेका छन्। भोल्टी सेवा समर्थन गर्ने ह्यान्डसेटहरू बढ्दै गएकाले प्रयोगकर्ताको संख्या अझै बढ्ने टेलिकमको अपेक्षा रहेको छ।

यसै क्रममा, फोन, इन्टरनेट र टेलिभिजन सेवा एउटै माध्यमबाट प्रदान गर्ने ‘फाइबर टु द होम’ (FTTH) सेवा देशभरका ७७ जिल्लामा विस्तार भइसकेको जानकारी टेलिकमले दिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...