News Portal

मलेखुमा नयाँ चाइल्ड केयर सेन्टर र मन्टेश्वरी खुल्दै

सुजन कडेल, धादिङ
१०६६ पटक

चैत्र-३०, शुक्रबार/धादिङ – जिल्लामै पहिलो चाइल्ड केयर सेन्टर स्थापना हुने भएको छ। धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर दुई मलेखुमा हाइलाइट चाइल्ड केयर सेन्टर र मन्टेश्वरी स्थापना हुन लागेको हो । विगत लामो समयदेखि शिक्षण पेशामा आवद्ध ममता सिलवाल र सुजन कडेलले संयुक्तरूपमा चाइल्ड केयर सेन्टर र मन्टेश्वरी स्थापना गर्न लागेका हुन्।

नयाँ सोच, नयाँ विचार र नयाँ प्रविधिमा आधारिेत रहि स्थापना गर्न लागिएको विषयमा उक्त संस्थाको संस्थापक ममता सिलवाल भन्नुहुन्छ “विगतको समयमा विभिन्न स्थानमा रही शिक्षण पेशामा आवद्ध रहेर महत्त्वपूर्ण अनुभव लिने अवसर मिल्यो अब आफ्नै संस्थामा उक्त अनुभव प्रयोग गर्ने रहर छ।

उहाँ अझै भन्नुहुन्छ “शिक्षण पेशा आफैमा एउटा चुनौतिपूर्ण पेशा हो, अरुको संस्थामा रहेर काम गर्नु आफ्ना लागि सहज हुने भएता पनि आफ्नो समाजमा केही योगदान दिउँ भन्ने उद्देश्यले यो संस्था स्थापना गर्न लागेका हौ।

स्थानीय अभिभावकको समय, अवस्था र अपेक्षा अनुसारको शिक्षा र सुविधा प्रदान गर्ने उद्देश्य राखिएको बताउँदै अर्का संस्थापक सुजन कडेल भन्नुहुन्छ: “यस क्षेत्रमा विभिन्न शैक्षिक संस्थाहरु भएतापनि हाल संचालनमा रहेका शैक्षिक संस्थाहरु परम्परागत ढंगबाट चलिरहेको र अबको अवस्थामा समय सुहाउँदो र अभिभावकको माग अनुसारको शैक्षिक संस्था आवश्यक परेको हुदा यस संस्थाको स्थापनामा जुटेका हौ।”

अझै थप्नुहुन्छ “मलेखु एउटा व्यापारिक हवको रुपमा विकसित भईरहेको तत्कालीन अवस्थामा अब हामी शैक्षिक माहोल सिर्जना गर्ने तरखरमा छौ। यही शैक्षिक सत्रदेखि नै सञ्चालनमा आउने बताइएको उक्त चाइल्ड केयर सेन्टर र मन्टेश्वरीको काम द्रुत गतिमा भइरहेको भनिएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...