News Portal

मलेखुमा नयाँ चाइल्ड केयर सेन्टर र मन्टेश्वरी खुल्दै

सुजन कडेल, धादिङ
११५३ पटक

चैत्र-३०, शुक्रबार/धादिङ – जिल्लामै पहिलो चाइल्ड केयर सेन्टर स्थापना हुने भएको छ। धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर दुई मलेखुमा हाइलाइट चाइल्ड केयर सेन्टर र मन्टेश्वरी स्थापना हुन लागेको हो । विगत लामो समयदेखि शिक्षण पेशामा आवद्ध ममता सिलवाल र सुजन कडेलले संयुक्तरूपमा चाइल्ड केयर सेन्टर र मन्टेश्वरी स्थापना गर्न लागेका हुन्।

नयाँ सोच, नयाँ विचार र नयाँ प्रविधिमा आधारिेत रहि स्थापना गर्न लागिएको विषयमा उक्त संस्थाको संस्थापक ममता सिलवाल भन्नुहुन्छ “विगतको समयमा विभिन्न स्थानमा रही शिक्षण पेशामा आवद्ध रहेर महत्त्वपूर्ण अनुभव लिने अवसर मिल्यो अब आफ्नै संस्थामा उक्त अनुभव प्रयोग गर्ने रहर छ।

उहाँ अझै भन्नुहुन्छ “शिक्षण पेशा आफैमा एउटा चुनौतिपूर्ण पेशा हो, अरुको संस्थामा रहेर काम गर्नु आफ्ना लागि सहज हुने भएता पनि आफ्नो समाजमा केही योगदान दिउँ भन्ने उद्देश्यले यो संस्था स्थापना गर्न लागेका हौ।

स्थानीय अभिभावकको समय, अवस्था र अपेक्षा अनुसारको शिक्षा र सुविधा प्रदान गर्ने उद्देश्य राखिएको बताउँदै अर्का संस्थापक सुजन कडेल भन्नुहुन्छ: “यस क्षेत्रमा विभिन्न शैक्षिक संस्थाहरु भएतापनि हाल संचालनमा रहेका शैक्षिक संस्थाहरु परम्परागत ढंगबाट चलिरहेको र अबको अवस्थामा समय सुहाउँदो र अभिभावकको माग अनुसारको शैक्षिक संस्था आवश्यक परेको हुदा यस संस्थाको स्थापनामा जुटेका हौ।”

अझै थप्नुहुन्छ “मलेखु एउटा व्यापारिक हवको रुपमा विकसित भईरहेको तत्कालीन अवस्थामा अब हामी शैक्षिक माहोल सिर्जना गर्ने तरखरमा छौ। यही शैक्षिक सत्रदेखि नै सञ्चालनमा आउने बताइएको उक्त चाइल्ड केयर सेन्टर र मन्टेश्वरीको काम द्रुत गतिमा भइरहेको भनिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...