News Portal

  • किरात जाति र धर्म होइन, प्राचिन सभ्यता हो! (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    १७५५ पटक

    विराटनगर – प्रदेश नं. १ को नामकरणको विषयमा सडकदेखि सदनसम्म वहस र छलफल चलिरहेको छ। प्रदेश नं. १ का जनता र समुदायको लागि महत्वपूर्ण अबसर र चुनौतिको विषय बनिरहेको छ। राज्यको पुनसंरचना गर्ने क्रममा पहिचानको पाँच र सामर्थ्यको चार आधारहरुलाई मुख्य मुद्धा प्रदेश नं. १ को नामकरण हुनु पर्दछ भन्ने धेरै लामो समयदेखि नै माग र आन्दोलनमा उत्रिरहेका छौं।

    पहिचानका  पाँच आधारहरुमा जातिय र समुदायगत  आधार, भाषिक आधार, सास्कृतक आधार, भौगोलिक आधार, क्षेत्रगत निरन्तरताको आधार र ऐतिहासिक निरन्तरताको आधार यी दुई पहिचानका आधारहरुबाट राज्यको नामकरण हुनु पर्दछ। जुन मुद्धामा प्रदेश नं. १ लाई किरात प्रदेश” नामकरण हुनु पर्छ भन्ने हाम्रो विगत डेढ दशकदेखिको माग र मुद्धा संचालन गर्दै हामी आईरहेका छौं। 

    हामीले यो सम्पूर्ण विषयलाई सभ्यताको आधारमा जोड्न सकिन्छ। किरात शब्दलाई विभिन्न व्यक्तिहरुले, विभिन्न समुदायहरुमा किरात भनेको जाति र धर्मसंग जोडिरहेका छन्। तथापी किरात भन्ने शब्द धर्म र जाति होइन। किरात भनेको त नेपालकै प्राचिन सभ्यता हो। सभ्यताको आधारमा प्रदेश नं. १ लाई किरात प्रदेश नामकरण गर्न सकियो भने गौरवको विषय बन्न सक्छ भन्ने ठम्याई र बुझाई राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिले आफ्नो माग सहित आन्दोलनमा रहेको छ। जसले २५ लाख हस्ताक्षर संकलन गरेर सम्बन्धित निकायलाई ध्याकर्षण गरेका थिए।  

    किरात एउटा इतिहास हो। नेपालको इतिहासलाई हेर्ने हो भने प्राचिन समयमा जम्मा चार वंशहरुले राज्य संचालन गरेका थिए। गोपाल वंश, महिसपाल वंश, किरात वंश र लिच्छवी वंश। यी चार वंशहरुमध्ये सबै भन्दा धेरै लामो समयसम्म करिब २ हजार बर्ष लामो समयसम्म नेपालमा किरात शासन रहेको थियो। लिच्चवी वंशले पछिल्लो समयमा किरातीहरुलाई पराजित गरेपछि किरातीहरु काठमाडौं उपत्यकादेखि पूर्वतिर बसाई सरेको देखिन्छ। 

    किरात काललाई स्वर्ण कालको रुपमा लिन सकिन्छ। नेपालको स्वर्ण इतिहास बोकेको किरात काललाई च्वाट्ट झिकी दिने हो भने नेपालको इतिहास खुर्पे जुन आकारको जस्तो देखिन्छ। त्यस कारणले गर्दा किरात इतिहास र भूगोल हो। जतिबेला किरातीहरु यो देशका शासक प्रशाकको रुपमा रहेका थिए। त्यती बेला उनीहरु क्षेत्रगत रुपमा, भूगोलको रुपमा विभाजन भएका थिए। जस्तै, वल्लोकिरात, पल्लोकिरात र माझकिरात प्रशासनिक रुपमा तीन वटा किरातको रुपमा विभाजित भएको देखिन्छ। 

    अहिले पनी वल्लोकिरात, पल्लोकिरात र माझकिरात विभिन्न इतिहासका लिखित दस्तावेजहरुमा, तमसूक र लालमोहरहरुमा उल्लेख भएको पाईन्छ। यस अर्थमा किरात अहिले आयातित गरिएको शब्द होइन। इतिहासलाई नै हामीले लेख्दै जाने हो भने पन्ध्र सयदेखि हजार बर्ष पहिले ऋगवेद र अथर्ववेद लेखियो भन्ने प्रमाणहरु पाउन सकिन्छ। र, त्यो दस्तावेजहरुमा पनी किरात भन्ने शब्द पाउन सकिन्छ। 

    रामायण र महाभारतहरुमा समेत किरात शब्द उल्लेख भएको पाईन्छ। यस कारणले किरात शब्द प्राचिनतम् शब्द हो। यो सभ्यता हो। सभ्यताभित्र हजारौ बर्षका व्यतित समयहरु हुन्छन् । ती व्यतित समयहरु भित्र स्वाभाभिक ढंकले भाषा, धर्म, संस्कार, संस्कृति, लिपि, परम्परा र थुप्रै मुल्या र मान्यताहरु त्यस सभ्यता भित्र जन्मिने गर्दछ। 

    हामीले यो यो करिब पाच हजार बर्षको एउटा लामो पेरीफेरीको एउटा सभ्यता भित्र हामीले अपनाउदै आएका जनजीवनका कुराहरु, भाषा, धर्म र हामीसंग भएका लिखित अलिखित मुल्यमान्यताका कुराहरु यी सबै कुराहरुले हामी बास्तवमा त्यसभित्र हाम्रो सभ्यता किरात रहन जान्छ। यस कारणले स्वाभाविक रुपमा एउटा ब्राहमणलो छोरा जात जातिले ब्रामणड हुन्छ तर सभ्यता किरात हो। कीन भने ऊ एउटा किरात भूमिमा जन्मी सकेपछि उसले स्वाभाविक ढंगले किराती सम्पूर्णताले अन्तरधुलन भएको हुन्छ। म राई हु! यदि म एउटा वंगालमा जन्मेको भए, जातिले म राई हुन्थे तर सभ्यताले वंगाल हुन्थ्यो। 

    छिमेकी राष्ट्र भारतमा सभ्यताको आधारबाट वंगाल, पञ्जाप र विहार जस्तो राज्यको पुनसंरचना भयो। त्यस्तै गरी नेपालमा पनी प्रदेश नं. १ लाई किरात प्रदेश नामकरण गरिनु पर्दछ भन्ने हाम्रो माग र मुद्धा रहदै आइरहेको छ। पहिचान अहिले उत्पिडीत आदिबासी जनजातिहरुले खोजि रहेका छन्। कीन की यहाको ढुंगामाटो, खोलानाला, पाखापखेराहरुले पहिचान खोजिरहेको अबस्था छैन। 

    किरात सभ्यता भित्र स्वाभिकढंगले यसको भाषा विकास भएको छ। लिपिको विकास भएको छ। संस्कृतिको विकास भएको छ। र, सम्बतको विकास भएको छ। तर, कुनै पनी भाषा, धर्म, संस्कार र संस्कृति लिपि जस्ता यी महत्वपूर्ण चिज भनेको राज्यको महत्वपूर्ण सम्पदा हो। राज्यको मात्र नभएर विश्वकै महत्वपूर्ण सम्पदा हो। 

    पश्चिमेली मुलुकबाट आएको प्रणय दिवसलाई हामीले अपनत्व ग्रहण गरेका छौ। यो पश्चिमेली मुलुकको उपहार हो। त्यस्तै अन्य पश्चिमेली चलन चल्तिका चिजहरुलाई समेत स्वीकार गरेका छौ। तर, यहाका आदिबासी जनजातिहरुको संस्कृतिलाई कहिले पनी हामीले आत्मसाथ गरेका छैनौ। भारतको देवनगर भन्ने स्थानबाट ९ औं शताब्दिमा विकास भएको लिपि स्वत स्वीकार गरेका छौ। रोम सभ्याताबाट विकास भएर आएको लिपि अंग्रेजी लिपि हो। तर, यहाका आदिबासी जनजातिहरुको लिपि पनी छ। यसलाई हामीले कहिले पनी आत्मसाथ गर्न सकेनौं। 

    नेपालमा प्रचलित सम्बत विक्रमादित्यको नामबाट चलेको सम्बतलाई हामीले व्यबहारिक रुपमा चलाई रहेका छौ। त्यस्तै, अंग्रेजी इश्वी सम्बत हो। संसारमा प्रचलित यी दुई सम्बतलाई हामी मनाई रहेका छौ। तर, जनजातिको आफ्नै सम्बत छ। लिपि छ। साल छ। हामीले कहिले मान्यता दिन सकेनौं। आदिबासी जनजातिहरुको भाषा, धर्म, संस्कार र संस्कृतिका कुरा र पहिचानका कुरा यो राज्को कहिले पनी हुन सकेन। 

    हामी अरुको पहिचानको विषयलाई सजहै स्वीकार गरी ग्रहण गर्न सक्ने तर, हाम्रो आफ्नै कहिले स्वीकार गर्न सकेनौं। राज्यस्तरबाट कहिले पनी त्यो स्तरको सम्बोधन भएन। त्यस कारणले यो एउटा विडम्बना हो। किरात काल नेपालको एउटा ऐतिहासिक युग हो। यसलाई हामीले आत्मसाथ गर्न जरुरी छ। किरात एउटा सभ्यता र संस्कृति हो। र, इतिहास हो। यसको आधारबाट प्रदेश नं. १ को नामकारण गर्न सक्यौ भने नेपालकै इतिहासमा न्यायोचित ऐतिहासको सम्मान हुन्छ।

    शालिक शतासक राई
    किरात राई प्रज्ञा परिषद सदस्य

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनए एनसीसी कुवेतमा एकता असम्भव: श्रमिकमाथि अन्याय, तस्करको चलखेल !

    https://himalisanchar.com/archives/73266

    (धीरेन्द्रराज सुवेदी, निवर्तमान अध्यक्ष एनसीसी कुवेत।) कुवेत, असार ३१ — गैरआवासीय नेपाली संघ (एनआरएनए) एउटा...

    मिडिया हाउसको छायाँमा नक्कली नोट र अफिम कारोबार, पाँचजना समातिए

    सुर्खेत, असार ३१ — सुर्खेतमा मिडिया हाउसको आवरणमै नक्कली नोट छपाइ र लागुऔषध अफिमको कारोबार...

    इजरायलबाट फर्किएपछि पूर्वपतिको क्रोध : प्यूठानमा श्रीमतीको हत्या, दुई नाबालकको बिचल्ली

    प्यूठान, असार ३१ – परदेश कमाइ गरेर तीन वर्षपछि घर फर्किएका प्यूठानका एक युवकले आफ्नै...

    धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला, सार्वजनिक विदामा पनि चढ्न पाइने

    काठमाडौं, असार ३१ – साउन १ गतेदेखि धरहरा अवलोकन गर्न चाहनेका लागि अब समय र...

    नेपालमा लगानीकर्तालाई सहज वातावरण दिनु सरकारले सुनिश्चित गर्नुपर्छ : देउवा

    काठमाडौं, असार ३१ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी...