News Portal

सोनी भण्डारीको “मनै भरिन्छ” सार्वजनिक (भिडियोसहित)

हिमालीसंचार संवाददाता
१०२९ पटक

युएई। युएईको नेपाली समुदायमा मनकारी व्यक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज युएईकी पुर्वअध्यक्ष सोनी भण्डारी अब नयाँ पहिचानका साथमा देखा परेकी  छन्।

करिब ५ लाख नेपालीहरुको रोजगारीको सहज तथा लोकप्रिय गन्तब्य युएईलाई एक दशक अगाडिदेखि आफ्नो कर्मथलो बनाएर विभिन्न अभियानमा सरिक भएकी भण्डारीले एउटा मर्मस्पर्शी गीत सार्वजनिक गरेकी हुन्।

“मनै भरिन्छ” बोलको लोकलयमा आधारित गीतमा स्वर दिएर सोनीले आफ्नो सङगीतमोहलाई प्रकट गरेको बताएकी छन्। साहित्यिक तथा सामाजिक संस्थामा आवद्ध भएर काम गरिरहेकी भण्डारीले आफ्नी आमाको माया तथा सम्मानमा यो पहिलो गीत सार्वजनिक गरेकी बताएकी छन्।

ताप्लेजुङ समाज युएईको पुर्वअध्यक्ष भएर युएईमा रहेका ताप्लेजुङबासीलाई एकताको सुत्रमा समाजसेवामा खटिएकी भण्डारी नेपाल रक्तदाता संघ युएईमा पनि आवद्ध छिन्।

भण्डारीले आफ्नी स्वर्गीय माताको सम्झना र सम्मानका लागि यो गीत आफैंले शव्द रचना गरेकोले यो गीत आफ्नोलागि जीवन्त रहेको दाबी गरेकी छन्।
कृष्ण शताब्दीको सङगीत रहेको यो गीत संजिवनी डिजिटल प्रालिले बजारमा ल्याएको हो। यो गीतकाे भिडियोमा भिम खड्का र अनुजा सिंहले अभिनय गरेका छन्।

https://youtu.be/t0JVX2AjbwE?si=DFkhM8niVjuHzZmw

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...