आज : २०२६-०८-११, मङ्गलबार

गायिका बिमा सारु मगरकाे मौलिक गीत “गण्डकीको तिर” बजारमा [भिडियो सहित]

काठमाण्डौं। चर्चित गायक मौसम गुरुङ र गायिका बिमा सारु मगरकाे स्वरको मौलिक गीत “गण्डकीको तिर” हालै मात्र सार्वजनिक गरिएको छ।

ओम छिनालको शब्द र मौसम गुरुङकाे लय रहेको उक्त गीतमा सागर विरहीले म्युजिक एरेन्ज गरेका हुन्।

शितल शिजन डिजिटलकाे उत्पादनमा दीप गुरुङको निर्देशनमा कलाकारहरु आनन्द गुरुङ, चाहाना राना मगर, मनोज गुरुङ र कञ्चन मगरकाे नृत्य रहेको सो गीतको म्युजिक भिडियोलाई मौसम गुरुङको अफिसियल युट्युव च्यानल मार्फत बजारमा ल्याइएको हो।

विजय लामाको छायांकनमा तयार पारिएको सो गीतको म्युजिक भिडियो भने पदम सुवेदीले सम्पादन गरेका हुन।

हेर्नुहोस् गीतको पूरा भिडियो:-