News Portal

  • मानवीय कारणले निम्तिदैन प्राकृतिक प्रकोप

    इन्द्रजीत अधिकारी
    ४२६ पटक

    प्राकृतिक प्रकोप मानवले निम्त्याएर निम्तने हैन,तर हाम्रो ब्यवहार, सोच अनि पूर्वाधार विकासले अझ कठिन या सहजपना निम्त्याउने भन्ने कुरा हो । पानी पर्नु, डुवान हुनु तत्कालिन राज्यको संलग्नता नहुन सक्छ, तर राज्यले प्रकोपपछि गर्ने उद्दार, दिर्घकालिन संरचना निर्माण र राहत तथा छक्षतिपूर्तिमा देखाउने तदारूकताले नागरिकप्रति उत्तरदायी राज्य सञ्चालनको पहिचान झल्काउँछ ।

    विपदपछि नेपालमा हुने अभ्यास

    सरकार सञ्चालनपछि एकदमै रक्षात्मक बन्छ । हाम्रो पालामा मात्रै नभएर प्रतिपक्षीमा रहेको पार्टीको काम पनि हेरिएको हो जस्ता प्रतिक्रिया दिन्छ । पुराना पुराना कुरा खोतलिन्छन्, यो उनीहरूको तुलनामा खासै ठुलो कुरा होइन जस्तो प्रतिक्रिया आउँछन्, सरकारपछि पीडितका आवाजमा प्रतिपक्षको गन्ध ठान्छ ।

    अनि प्रतिपक्षहरू भए नभएका घटनाहरूलाई समेटेर समाचार शेयर, लाइक, कमेन्ट अनि सरकारको अनुपस्थितिको प्रचारप्रसारमा ब्यापक लागिपर्छन्, पीडितहरू अझ पीडित बनिरहन्छन् । काम शुन्य, केहि समयमा अर्काे घटना सतहमा आइपुग्छ । सबै जान्ने, बुझ्ने, सुन्ने मान्छेहरू त्यता दौडिन्छन्, पीडितहरू जस्ताको तस्तै हुन्छ ।

    विकसित देश, जापान जस्तो ठाउँमा हुने अभ्यास

    विपदपछि नागरिकले प्रत्यक्ष राज्यको उपस्थितिको अनुभूति पाउँछन् । उद्दार, विपद ब्यवस्थापन, राहत अनि क्षतिपूर्तिजस्ता कार्य क्रमबद्ध रूपमा हुँदै जान्छन् । सरकारको अनुपस्थिति या राहत कार्यमा ढिलाईको नागरिकबाट एकदमै न्यूनस्तरमा बिरोध या आलोचना हुने गर्छ । सबै मिलेर तेरो मेरो नभनेर विपदको सामना गर्नतिर लाग्छन् ।

    किन यसो हुन सक्दैन नेपालमा ?

    काम कम, कुरा बढि गरेर जस लिन खोज्ने परिपाटीले मलजल पाउँदै आइरहेको छ । कुनै ठाउँ या एकान्तमा बसेर निरन्तर काममा खटिरहने मान्छेभन्दा हामीलाई दिन प्रतिदिन नयाँ भनिने र मानिने विकासवादी चिल्ला भाषण प्रिय अनि क्रान्तिकारी लाग्छन् । प्रगतिवादी अनि विकासवादी पनि रातारात उथलपुथल हुने कुरामा विश्वास बढ्दो देखिन्छ । अनि यो वाद र उ वादले प्रशय पाउँछ । कामभन्दा पनि को कति क्रान्तिकारी र प्रगतिवादी भन्ने कुराले देशदेखि अन्तर्राष्टिय स्तरसम्म हल्ला फैलिरहेको पाइन्छ ।

    भगवतीमाई गाउँपालिका–४, दैलेख
    हाल : जापान

    प्रतिकृया दिनुहोस्

    खरबुजा खाएपछि कुन चिज खानु हुन्छ र खानु हुन्न हेर्नुस्

    गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ। यो रसिलो फल खान त स्वादिलो हुन्छ...

    कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन

    कुवेत– नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४...

    नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१

     कुवेत– नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको...

    नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१

    कुवेत– नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो ३१ मे २०२४ शूक्रबार...

    आज बैशाख-१७ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १७ गते सोमबार इश्वी सन २०२४ अप्रिल २९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal