News Portal

  • खरबुजा खाएपछि कुन चिज खानु हुन्छ र खानु हुन्न हेर्नुस्

    हिमालीसंचार संवाददाता
    ९६२ पटक

    गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ। यो रसिलो फल खान त स्वादिलो हुन्छ नै यसको सेवनले ताजगी र शरीरमा शीतलताको अनुभूति गराउँछ। यो फल बच्चादेखि बुढाबुढीसम्म हरेक उमेर समूहका मानिसलाई मन पर्छ । यो फलको स्वाद त मिठो छ नै हाम्रो स्वास्थ्यको लागि पनि लाभदायक छ। खरबुजा खाने बित्तिकै खान नहुने केही चीजहरू पनि छन् । के हुन् ती चिजहरू? अनि किन खानु हुँदैन।

    खरबुजा खाएपछि नखानुस् यी चिजहरूः हामीले जुनसुकै फलफूल खाने बित्तिकै तुरुन्तै पानी पिउनु हुँदैन। फलफूल खाए लगत्तै पानी पिउँदा पेटमा एसिडिटीको समस्या उत्पन्न हुन सक्छ। फलफूल खाएको आधा घण्टापछि मात्रै पानी पिउनु राम्रो हुन्छ।

    त्यस्तै विशेष गरेर प्रोटिनको मात्रा धेरै भएका दाल, दही र बदाम जस्ता खानेकुरा खरबुजा खाने बित्तिकै खानु हुन्न। यसो गर्दा पाचन सम्बन्धी समस्या उत्पन्न सक्छ। अण्डालगायत ओमेगा३ फ्याटी एसिड भरपुर भएका खानेकुरा पनि खरबुजासँग खानु हुँदैन। यसो गर्दा पेट फुल्ने वा कब्जियत हुन सक्ने सम्भावना हुन्छ। तारेको वा भुटेको खानेकुरा यसै पनि स्वास्थ्यका लागि राम्रो मानिदैन। तर, खरबुजा खानेबित्तिकै यस्ता खानेकुरा खाँदा मुटु वा रक्तनलीसम्बधी समस्या उत्पन्न हुने खतरा हुन्छ ।

    गर्मिको मौसममा खरबुजालाई फ्रिजमा राखेर चिसो बनाएर खान्छन्। तर चिसो पारेर खरबुजा खाँदा पाचन शक्तिमा प्रतिकूल असर पर्न सक्छ। पेट कराउने वा पाचनसम्बन्धी अन्य समस्याहरू उत्पन्न हुन सक्छ। खरबुजा खाए लगत्तै दूध पिउनु पनि हानिकारक हुन्छ। खरबुजामा पाइने भिटामिन ‘सी’ र दूधमा पाइने प्रोटिन मिसिएमा पेट फुल्ने समस्या हुन सक्छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाल मेटा कन्टेन्ट मनिटाइजेसन योग्य देशको सूचीमा

    काठमाडौं, भदौ १८ – अब नेपालका फेसबुक प्रयोगकर्ता र क्रियटरहरूले आधिकारिक रूपमा फेसबुकमार्फत आम्दानी गर्न...

    नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा अन्तिम सुनुवाइ सुरु

    काठमाडौं, भदौ १८ – नेपालीलाई भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने ठगी प्रकरण अब अन्तिम चरणमा...

    गोरखामा भदौ महिनामै दशैं मनाइयो

    गोरखा, भदौ १८ – गोरखाका केही क्षेत्रमा यस वर्ष दशैं पर्व असोजमा नभई भदौ महिनामै...

    दमौलीमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

    काठमाडौं, भदौ १८ – तनहुँको दमौलीमा मंगलबार राति दुई स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान...

    आज २०८२ साल भदौ १८ गतेको राशिफल

    आज भदौ १८, २०८२ (सेप्टेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...