News Portal

खरबुजा खाएपछि कुन चिज खानु हुन्छ र खानु हुन्न हेर्नुस्

हिमालीसंचार संवाददाता
११०३ पटक

गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ। यो रसिलो फल खान त स्वादिलो हुन्छ नै यसको सेवनले ताजगी र शरीरमा शीतलताको अनुभूति गराउँछ। यो फल बच्चादेखि बुढाबुढीसम्म हरेक उमेर समूहका मानिसलाई मन पर्छ । यो फलको स्वाद त मिठो छ नै हाम्रो स्वास्थ्यको लागि पनि लाभदायक छ। खरबुजा खाने बित्तिकै खान नहुने केही चीजहरू पनि छन् । के हुन् ती चिजहरू? अनि किन खानु हुँदैन।

खरबुजा खाएपछि नखानुस् यी चिजहरूः हामीले जुनसुकै फलफूल खाने बित्तिकै तुरुन्तै पानी पिउनु हुँदैन। फलफूल खाए लगत्तै पानी पिउँदा पेटमा एसिडिटीको समस्या उत्पन्न हुन सक्छ। फलफूल खाएको आधा घण्टापछि मात्रै पानी पिउनु राम्रो हुन्छ।

त्यस्तै विशेष गरेर प्रोटिनको मात्रा धेरै भएका दाल, दही र बदाम जस्ता खानेकुरा खरबुजा खाने बित्तिकै खानु हुन्न। यसो गर्दा पाचन सम्बन्धी समस्या उत्पन्न सक्छ। अण्डालगायत ओमेगा३ फ्याटी एसिड भरपुर भएका खानेकुरा पनि खरबुजासँग खानु हुँदैन। यसो गर्दा पेट फुल्ने वा कब्जियत हुन सक्ने सम्भावना हुन्छ। तारेको वा भुटेको खानेकुरा यसै पनि स्वास्थ्यका लागि राम्रो मानिदैन। तर, खरबुजा खानेबित्तिकै यस्ता खानेकुरा खाँदा मुटु वा रक्तनलीसम्बधी समस्या उत्पन्न हुने खतरा हुन्छ ।

गर्मिको मौसममा खरबुजालाई फ्रिजमा राखेर चिसो बनाएर खान्छन्। तर चिसो पारेर खरबुजा खाँदा पाचन शक्तिमा प्रतिकूल असर पर्न सक्छ। पेट कराउने वा पाचनसम्बन्धी अन्य समस्याहरू उत्पन्न हुन सक्छ। खरबुजा खाए लगत्तै दूध पिउनु पनि हानिकारक हुन्छ। खरबुजामा पाइने भिटामिन ‘सी’ र दूधमा पाइने प्रोटिन मिसिएमा पेट फुल्ने समस्या हुन सक्छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...