News Portal

  • गौतम सागर राईको “सीमापारि” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ३५५ पटक

    काठमाण्डौ –  लामो समयदेखि अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहर स्थित बसोबास गर्दै आईरहेका युवा गायक, सर्जक गौतम सागर राई साहित्य, संगीत साथै पत्रकारितामा प्रदेशबाटै सकृय रहेका सर्जक राईले “सीमापारि” म्युजिक भिडियो बजारमा ल्याएका छन्।

    सर्जक राईले करिब ३ दर्जन गीतहरुमा संगीत, आवाज र मिठो शब्द रचना सिर्जना गरेका राईले फेरी नयाँ गीत “सिमापारि”बजारमा ल्याएका हुन्। 

    सार्वजनिक म्युजिक भिडियोमा भ्वाइज अफ नेपालको नक आउट राउडबाट बाहिरिएकी भारत सिक्किम्ली युवा गायिका सुदिता राईको आवाज रहेको छ भने शब्द, रचना र संगीत स्वय् गौतम सागर राईले गरेका छन् । 

    सार्वजनिक गीतको एरेन्ज मनोज साङ्सोन राईले र गीतको मिक्सिङ राजु कार्कीले गरेका गीत काठमाण्डौ स्थित किङ स्टुडियोमा रेकर्डिस्ट सुरेश राईले रेकर्ड गरेका हुन ।

    सिमापारी म्युजिक भिडियोले परदेशमा थुप्रै बाध्यताहरु बोकेर बिदेसीनु नेपाली युवहाँरुको बाध्यता भएकाले यस गीतमा त्यही भाव समेटिएको सर्जल राईले हिमालीसंचार डटकमसंगको कुराकानीमा बताए। स्टुडियो लिप्सिङ र सम्पादन जस्केलो क्रियसनले गरेको हो। उक्त गीतको भिडियो गौतम सागर राईको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।

    म्युजिक भिडियो यहाँ हेर्नुस् 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...

    रौतहटमा सुटकेसभित्र महिलाको शव

    हेटौँडा, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ अन्तर्गत सिर्सिया सडकखण्डको मुडवालवा मोडमा शनिबार राति एक...

    आज २०८२ साल भदौ ८ गतेको राशिफल

    आज भदौ ८, २०८२ (अगस्त २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...