News Portal

  • विदेशबाट फर्किएर भैँसीपालन, परिवारसँग रमाउँदै मनग्य आम्दानी

    हिमालीसंचार संवाददाता
    ३६२ पटक

    जनार्जन खत्री,
    सर्लाही – दश वर्ष वैदेशिक रोजगारीमा गएर फर्किनु भएका सर्लाहीको हरिवन नगरपालिका वडा नं. ५, घुर्कौलीका सतनकुमार महतो अहिले गाउँमै भैँसीपालनमा रमाइ रहनुभएको छ। कृषि विकास बैङ्क हरिवन शाखाले सहुलियत कर्जा प्रदान गरेपछि खुसी हुँदै २ वर्ष अघिदेखि भैँसीपालन सुरु गर्नुभएका महतो राम्रो आम्दानी हुन थालेपछि दङ्ग हुनुहुन्छ।

    ३२ वर्षीय महतो आफैले भैँसी पालेर दूध बेच्दै आउनुभएको छ भने घरमै दूध सङ्कलन केन्द्र खोली दूध खरिद गरिदिँदा गाउँका किसानहरु पनि खुसी छन्। विदेशबाट फर्किएपछि आफूले कमाएको पैसाले गोठ निर्माण गरी कर्जा माग्न बैङ्कमा पुग्नु भएका महतोलाई बैङ्कले सजिलै कर्जा दियो। ‘म दश वर्ष कतार र मलेसिया बसेर फर्किएको हुँ, गाउँमा आएपछि अब यहीँ भैँसीपालन गर्ने सोँच बनाएर गोठ निर्माण गरे।

    तर आफूले कमाएको पैसाले गोठ बनाउन मात्रै पुग्यो, भैँसी किन्ने पैसा भएन्’ महतोले भन्नुभयो, ‘बैङ्कमा गएर कुरा राखेपछि उहाँहरु (बैङ्क) का कर्मचारीले आएर हेर्नासाथ कर्जा दिनुभयो। त्यही कर्जाले जीवन नै बद्लिएको छ। महतोको गोठमा अहिले सानाठूला गरी १९ वटा भैँसी छन्। गाउँका किसानबाट उहाँले दैनिक साँढे ४ सयदेखि ५ सय लिटर दूध खरिद गर्दै आउनुभएको छ।

    आफ्नै गोठ र गाउँका किसानबाट उठाएको दूध महतो आफैले हरिवन बजारमा खोल्नु भएको डेरीबाट सजिलै बिक्री हुन्छ। दूध सङ्कलन गर्ने क्रममा दुधमा पानी हाले/नहालेको पत्ता लगाउने मेसिन जडान गरेकाले महतोले बजार पु-याउने दूध ग्राहकले पनि असाध्य रुचाउँछन्। सतनकुमारले घरमै दूध चिस्यान मेसिनसमेत राख्नुभएको छ।

    विदेशमा रहँदै भैँसीपालन गर्ने सोँच बनाउनुभएका महतोले आफ्नै भाईलाई जेटिए पढाएकाले पशु प्राविधिकको समस्या छैन। विदेशमा बस्दै भाई रामप्रवोधलाई जेटिए पढाएको थिए, अहिले उसैले भैँसीहरुको हेरविचार गरिरहेको छ, बुवाआमा र श्रीमतीले पनि साथ दिइरहनु भएको छ,’ महतोले भन्नुभयो,‘सबै मिलेर काम गरिरहेकाले राम्रो आम्दानी भइरहेको छ, महिनामा लाख रुपियाँको हाराहारीमा कमाइ गर्दै आएका छौँ।

    सहुलियत कर्जामा ५ प्रतिशत सरकार आफैले ब्याज तिरिदिने गरेको छ भने, किसानले ४ प्रतिशत मात्रै तिर्नुपर्छ। कृषि विकास बैङ्क हरिवन शाखाका प्रबन्धक शैलेन्द्र घिमिरेले महतो र उहाँका परिवारले अत्यन्त मेहनत गरेर लोभलाग्दो किसिमले भैँसीपालन गरिरहेका बताउनुभयो। ‘गोठ निर्माण गर्दा नै उहाँको मेहनत र लगाब देखेर हामीले ऋण प्रवाह गरेका हौँ, बैङ्कले कर्जा प्रवाह गरेको मध्येकै मनग्य आम्दानी पनि गरिरहनुभएको छ,’ घिमिरेले भन्नुभयो।

    वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई सरकारले बजेटमा उल्लेख गरेको र नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीति अनुसार कृषि विकास बैङ्कमार्फत सहुलियत कर्जा प्रदान गरिरहेको प्रवन्धक घिमिरेले बताउनुभयो। उहाँले भैँसीपालन, गाईपालन, तरकारी खेती, दूध डेरी, बाख्रपालना, बंगुरपालन लगायतमा क्षेत्रमा बैङ्कले लगानी गरिरहेको जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    रंगेलीमा अटिजम भएका बालबालिका विद्यालय जानबाट वञ्चित

    रविन्द्र बराल/ मोरङ, असार ४ – रंगेली नगरपालिका भित्र पछिल्लो समयमा अटिजम भएका बालबालिकाहरू विद्यालय...

    झापाली समाज कुवेतको छैटौँ महाधिवेशन ११ जुलाईमा हुने

    कुवेत, असार ४ – कुवेतमा रहेका झापालीहरूको साझा संगठन झापाली समाज कुवेत ले आउँदो ११...

    काठमाडौंमा रिबर्मा खोलाको पानी वितरण सुरु, मेलम्ची आयोजनाको पुनरागमन

    काठमाडौं, असार ४ – राजधानीवासीका लागि खानेपानी आपूर्तिमा राहत दिने उद्देश्यले मेलम्ची आयोजनाबाट रिबर्मा खोलाको...

    नागढुंगा सुरुङमार्ग पुसदेखि सञ्चालनमा, निर्माण कार्य अन्तिम चरणमा

    काठमाडौं, असार ४ – नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा चिनिएको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अब आगामी पुस...

    त्रिभुवन विमानस्थलबाट १ किलो बढी सुन बरामद, भारतीय महिला पक्राउ

    काठमाडौं, असार ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकपटक सुन तस्करीको प्रयास विफल पारिएको छ।...