News Portal

रामहरि खतिवडालाई कांग्रेसको सभापति प्रस्ताव

२९४ पटक

काठमाडौं, भदौ १९ – नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिमा रामहरि खतिवडालाई अघि सार्ने निर्णय गरेको छ। समितिको रिक्त पदका लागि भोलि निर्वाचन हुने तय भएको छ।

पार्टीको निर्णयअनुसार आफू सभापति पदका लागि अघि बढ्ने बताउँदै खतिवडाले उक्त जिम्मेवारी स्वीकार गर्ने जनाए।

यसअघि ईश्वरी न्यौपानेले सुनुवाइ समितिको सभापति पद छोडेपछि त्यहाँ रिक्तता आएको थियो। उनी राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनेकी थिइन्। त्यसपछि सो समितिको रिक्त सदस्यमा कांग्रेसले रामहरि खतिवडालाई पठाएको हो।

यद्यपि, केही समयअघि कुलिङ पिरियड छेडछाड प्रकरणको छानबिन समितिले नैतिक जिम्मेवारी ठहर गरेपछि खतिवडाले राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिएका थिए।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...