News Portal

नेपाली र भूटानी नागरिकका लागि भारत प्रवेशमा सहजता

४८७ पटक

काठमाडौं, भदौ १९ – भारत सरकारले २ सेप्टेम्बर २०८२ देखि लागू गरेको नयाँ इमिग्रेसन नियमअनुसार नेपाल र भूटानका नागरिकलाई पासपोर्ट र भिसा आवश्यक नपर्ने व्यवस्था गरिएको छ।

यससँगै पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानका हिन्दू, बौद्ध, जैन र सिख अल्पसंख्यक समुदायलाई पनि छुट दिइएको छ।

नयाँ नियमले भारतीय सेनाका सदस्यहरू सरकारी कामका लागि विदेश जाने क्रममा परिवारसहित पासपोर्ट र भिसा नचाहिने व्यवस्था गरेको छ। भारतीय नागरिकले नेपाल वा भूटानतर्फको भूमि वा हवाई मार्गबाट प्रवेश गर्दा पासपोर्ट–भिसा आवश्यक पर्दैन। तर, चीन, मकाउ, हङकङ वा पाकिस्तान हुँदै भारत प्रवेश गर्दा पासपोर्ट चाहिनेछ।

साथै, २०१५ जनवरी ९ अघि भारतमा दर्ता भएका श्रीलङ्काली तमिल शरणार्थी, कूटनीतिक वा सरकारी पासपोर्टधारी, भिसा-अन-अराइभल पाउने देशका नागरिक, वा भारत भ्रमणमा आएका विदेशी सैन्य जहाजका कर्मचारीलाई पनि छुट दिइएको छ।

वाहक साधन सम्बन्धी नयाँ नियमले, यात्रीको कागजात नक्कली भए, स्टोअवे भए वा उडान/जहाज डाइभर्ट भएमा वाहकलाई जिम्मेवार नराख्ने व्यवस्था गरेको छ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...