News Portal

पहिरोकाले हरेक वर्ष जग्गा जमिन सधैंका लागि हराउदै

हिमालीसंचार संवाददाता
५१५ पटक

काठमाडौँ -सिन्धुपाल्चोकको  घटनाले पहिरोलाई एकपटक पुनः सार्वजनिक चासोको विषय बनाएको छ। विगतका तुलनामा यस वर्षको व्यापक र कतिपय स्थानमा अकल्पनीय क्षतिले के प्रस्ट पार्‍यो भने मानवीय क्षतिका साथै पहिरोले पुर्‍याउने आर्थिक सामाजिक मानसिक र वातावरणीय क्षति बढ्दै गएको छ।

यसपालि देखिएको मुसलधारे वर्षाको शृंखला यदि परिवर्तनोन्मुख जलवायुको पूर्वसंकेत हो भने वर्षाको चरित्रमा हुँदै जाने फेरबदलले आगामी वर्षहरूमा पहिरो, भूक्षय बाढीले गर्ने यस्ता क्षति बढ्दै जानेछ ।हाम्रा लागि ठूलो चिन्ताको विषय हो। त्यसमा पनि कोभिड–१९ ले लामो समयसम्म अर्थतन्त्रमा पार्ने असरको परिप्रेक्ष्यमा यो विषय झनै गम्भीर बनेको छ।

सामान्यतया मानवीय क्षति वा मुग्लिन–नारायणघाट सडकखण्डमा हुने गरेका आवागमनमा अवरोधजस्ता तत्काल देखिने क्षतिबाट पहिरोको गाम्भीर्य तय गरिन्छ। तर पहिरोले उत्पादन क्षेत्र र स्थानीय वातावरणमा पुर्‍याउने क्षतिले खासै महत्त्व पाउने गरेको छैन।जबकि ती क्षति दूरगामी अर्थ र महत्त्वका हुन्छन्।

पहिरोले सबैभन्दा बढी र दीर्घकालसम्म प्रभावित हुने गरी क्षति गर्ने उत्पादन क्षेत्र सम्भवतः कृषि हो। किनभने भनिन्छ।हाम्रो जीवन (लाइफ) र विलुप्ति (एक्सटिंक्सन) का बीचमा केही छ भने त्यो हो पृथ्वीको सतहमा भएको छ इन्च बाक्लो माटो र त्यसमा हुने वर्षा जसले हामीले खाँदै आएका प्रायः वस्तु उत्पादन गर्छ।

पहिरोका कारण पहाडबाट त्यही माटो बर्सेनि नासिँदै जान्छ। पहिरोले खेती भइराखेको जमिन भत्काउनुका साथै तल्लो क्षेत्रका खेतबारीमा ढुंगा र गेग्रान थुपार्दै एकपछि अर्को नोक्सान गर्छ। माटो नासिनु वा बगेर जानु भनेको खानेकुरा बगेर जानु हो। बढ्दो खाद्यान्नको माग धान्न माटोको हैसियत अक्षुण्ण नराखी धर छैन। तर आधुनिक विकासका एजेन्डाहरूको हूलमा भुइँमान्छेले सालिन्दा बेहोर्ने भूक्षयको समस्या क्रमशः दब्दै गएको छ।

बढ्दो पहिरोका सन्दर्भमा स्थानीय भौगर्भिक अवस्था र वातावरणको अध्ययन नगरी प्राविधिक मानकबिना बनेका सडक नै हाल बढेका पहिरोका कारण भन्न सकिने अवस्था एकातिर छ भने सिन्धुपाल्चोकमा २०७२ को भूकम्प र त्यसपछिका सयौं परकम्पले थर्केको पहाडमा यस वर्ष हिउँददेखि नै केही वर्षा हुँदै आएको र मनसुनका महिनामा औसतभन्दा बढी वर्षा भएकाले बढी क्षति भयो भन्ने प्रारम्भिक बुझाइ अर्कातिर छ।

फरक स्थिति त्यतिखेर देखियो जब पहिरो जाला भनेर शंकै नगरिएका तनहुँको माझफाँट पर्वतको दुर्लुङ सिन्धुपाल्चोकको घुम्ताङजस्ता स्थानमा समेत मानवीयलगायत घरजग्गा पूर्वाधारमा ठूलो क्षति गर्ने पहिराहरू गए। सडक नबनेको बारेकोटमा पनि पहिरोले नोक्सान गर्‍यो। यसले पहिरोमा काम गर्ने र पहिरोको जोखिम घटाउने प्रयासमा निश्चित जटिलता रहेको देखाउँछ।

चलनचल्तीमा डाँडामाथिबाट खसेको ढुंगामाटो, लेदोको विभिन्न रूपलाई पहिरो भनेर बुझिए पनि यस वर्ष क्षति पुर्‍याएका पहिराहरूमा देखिएका विविधताले पहिरो एकल विषय नभएर यससँगै जोडिएर आउने विनाशकारी भूक्षय, गल्छी, विश्यारीसमेतको समग्र रूप हो भन्ने प्रस्ट देखियो। जाजरकोटको बारेकोटमा खेती गरिएका गराहरूबाट ससाना तर थुप्रै पहिराबाट क्षति पुग्यो भने, सिन्धुपाल्चोकको लिदीमा गाउँमाथि रहेको पोथ्रापोथ्री र केही खेती गरिएको पाखोको एक भाग भत्केर आएको लेदोमिश्रित माटोले घरहरू पुर्‍यो।

पर्वत र तनहुँमा भएको क्षतिमा गाउँमाथिको वनबाट बगेर आएको ठूलो मात्राको लेदोले नोक्सान गर्‍यो। म्याग्दीमा सडक खन्दा निस्केको माटो गल्छीहरूमा अव्यवस्थित किसिमले छाडिएकाले वर्षासँगै बगेर आउँदा क्षति भयो। बागलुङमा पहिरोका साथै पहिरोले ठाउँठाउँमा खोला थुनिएर बनेको ताल फुटेर आएको विश्यारीले सर्वनाश गर्‍यो। अछाम र बझाङमा पनि विश्यारीकै प्रकृतिका घटना भए।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...