
काठमाडौं, मंसिर ८ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँगको नयाँ विद्युत् सम्झौता नेपालका लागि धेरै फाइदाजनक रहेको बताएका छन्। राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिमा उनले पछिल्लो सम्झौता लागू भएसँगै नेपालले सस्तो दरमा ऊर्जा किन्न पाएको जानकारी दिए।
मन्त्री घिसिङका अनुसार सम्झौता नभएको भए प्रति युनिट ८ रुपैयाँ १० पैसा तिर्नु पर्ने थियो। हाल भने भारतबाट प्रतियुनिट ६ रुपैयाँ ९५ पैसामा विद्युत् ल्याइँदै छ। यसले गर्दा करिब एक अर्ब २० करोड रुपैयाँ बचत भएको उनले बताए। सम्झौताअनुसार अहिले १८० मेगावाट विद्युत् आयात भइरहेको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले पनि जाडोयाममा स्थिर आपूर्ति कायम राख्न भारतबाट ऊर्जा आयात आवश्यक हुने बताए।