News Portal

भारतसँगको विद्युत् सम्झौतापछि नेपालले एक अर्ब २० करोड जोगायो

१७३ पटक

काठमाडौं, मंसिर ८ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँगको नयाँ विद्युत् सम्झौता नेपालका लागि धेरै फाइदाजनक रहेको बताएका छन्। राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिमा उनले पछिल्लो सम्झौता लागू भएसँगै नेपालले सस्तो दरमा ऊर्जा किन्न पाएको जानकारी दिए।

मन्त्री घिसिङका अनुसार सम्झौता नभएको भए प्रति युनिट ८ रुपैयाँ १० पैसा तिर्नु पर्ने थियो। हाल भने भारतबाट प्रतियुनिट ६ रुपैयाँ ९५ पैसामा विद्युत् ल्याइँदै छ। यसले गर्दा करिब एक अर्ब २० करोड रुपैयाँ बचत भएको उनले बताए। सम्झौताअनुसार अहिले १८० मेगावाट विद्युत् आयात भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले पनि जाडोयाममा स्थिर आपूर्ति कायम राख्न भारतबाट ऊर्जा आयात आवश्यक हुने बताए।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...