News Portal

प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

८९३ पटक

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन युवा शक्ति कुवेतका अध्यक्ष महेस लामाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली दूतावास कुवेतका द्वितीय सचिव शिव बानियाँ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने भातृ–संगठनका प्रतिनिधिहरू विशेष अतिथि तथा मिडियाकर्मी तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

संघ–संस्थाहरूको उपस्थिति भने अपेक्षाकृत न्यून देखिएको आयोजकको भनाइ छ। कार्यक्रमको उद्घाटन राष्ट्रियगान दिप प्रज्वलन र केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियाे।

कार्यक्रमको सञ्चालन हरी बानियाँले  गरेका थिए। स्वागत मन्तव्य युवा शक्ति कुवेतका सचिव मदन चम्लागाँईले दिएका  थिए। स्वास्थ्य क्षेत्रमा कार्यरत चेलीबाट सामूहिक नृत्य समेत प्रस्तुत गरिएको थियो। जसमा गाेमा श्रेष्ठ मोती तामाङ पूजा तामाङ पुनम  राई र रुबी यादव रहेको थियो। त्यस्तै अर्को उत्कृष्ट नाच थियो सुष्मा नेपाल भण्डारी  र पूजा तामाङको।  कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुति पनि थियो।

त्यसपछि संस्थाका सल्लाहकार विजय खत्रीले युवा शक्ति कुवेतको पृष्ठभूमि, उद्देश्य र भावी योजनाबारे विस्तृत प्रस्तुत गरेका थिए। विभिन्न संघ–संस्था तथा भातृसंगठनका प्रमुखहरू समेतले शुभकामना व्यक्त गर्दै संगठनलाई प्रभावकारी बनाउन आवश्यक सुझावहरू पनि दिएका थिए।

नेपाली दूतावासका दितिय सचिव शिव बानियाँले विदेशमा रहेका युवाको ऐक्यबद्धता,नेतृत्व क्षमता र सकारात्मक गतिविधिले प्रवासी समुदायलाई सशक्त बनाउन मद्दत गर्ने बताएका थिए।

कार्यक्रम बिहान ११ बजे सुरु गर्ने भनिएपनि करिब २ घण्टा ढिलाई गरी सुरु गरिएको थियो। यद्यपि, कुवेतमा भइरहेका सामान्य कार्यक्रमभन्दा फरक अनुभूति दिने नयाँ “पहिचान” सहित कार्यक्रम सम्पन्न भएको थियोे। कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथि र अतिथिहरूलाई फूलको गुच्छाबाट स्वागत गरिएको थियो। ताजा फूलमार्फत स्वागत गर्ने नयाँ सांस्कृतिक अभ्यास सुरु गरेको छ।

आयोजकका अनुसार, अतिथि सम्मानलाई अझ सभ्य, सरल र आधुनिक ढंगले प्रस्तुत गर्ने उद्देश्यले यो नयाँ विधि अपनाइएको हो। कार्यक्रमका मुख्य प्रायोजकमा अल मुल्ला एक्सचेन्ज र हिमालयन रेस्टुरेन्ट हाउस कुवेत रहेका थियाे। कार्यक्रममा उपस्थिति सबैजनालाई खानपिनको व्यवस्थासमेत गरिएको थियो।

नवगठित कार्यसमिति पदाधिकारी:-

अध्यक्ष: विशाल डल्लाकोटी

उपाध्यक्ष (महिला): रुबी महर्जन

उपाध्यक्ष: मदन चम्लागाँई 

सचिव: नरेन्द्र दोङ

सह–सचिव: मेनु गौतम

कोषाध्यक्ष: रञ्जित पञ्जियार

सह–कोषाध्यक्ष: सुश्मा नेपाल भण्डारी

प्रवक्ता: वासुदेव धमला

युवा संयोजक

अर्जुन ठकुरी

नवराज बी.क

करन राई

सोमलाल तामाङ

महिला संयोजक

माया लामा

विष्णु विश्वकर्मा

सदस्यहरू:-

१) राम प्रसाद भट्टराई,

२) विकास खत्री

३) कृष्ण खड्‌का

४) प्रेम मगराती

५) दिपक शाही

६) सुरज थापा

७) कृष्ण चौधरी

८) नविन रोक्का

९) बुहुमान तामाङ

१०) आकाश विश्वकर्मा

(११) सन्तोष परदेशी

(१२) विक्रम बोहोरा

प्रतिकृया दिनुहोस्

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...

आज २०८२ साल फागुन २५ गतेको राशिफल

आज फागुन २५, २०८२ ( मार्च ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सुनसरी-१ मा हर्क साम्पाङ विजयी

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट विजयी भएका छन् । उनले...