
जाजरकोट – जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रेमबहादुर बस्नेतले एक बालकमाथि निर्घात कुटपिट गरेका छन्। वडाध्यक्ष प्रेम बस्नेतले शनिबार साँझ रक्सी खाएर वडा नम्बर २ डुङग्राका १५ वर्षीय बालक कृष्णबहादुर बस्नेतलाई निर्घात कुटपित गरेको उनका बुवा नहकुले बस्नेतले जानकारी दिए।
गोठालोबाट फर्कदै गरेका बालक कृष्णबहादुरलाई वडाध्यक्ष बस्नेतले बाटोमा चिर्पट, मुक्का,जग र लात्तीले हिर्काएको पिडितका बुवा नहकुलेले जानकारी दिए। वडाध्यक्ष बस्नेतले ज्यान मार्नेसम्मको धम्की दिएको पिडित बालकले बताए।
उनको हात, मुख र टाउँकोमा चोट लागेको पिडितका आफन्तले बताएका छन्। गोठालो गएको निर्दोष बालकमाथि कुटपिट गर्ने वडाध्यक्षलाई कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन्। वडाध्यक्ष बस्नेतले रक्सी खाएर बेलाबेला यस्ता हर्कत गर्ने गरेको र उनको यस्तो व्यवहार देखेर आजित भएको वडा नम्बर २ का लोकेन्द्र घर्तीले गुनासो गरे।
चुनावमा भोट हालेर जिताएको जनप्रतिधिबाटै आफूहरु असुरक्षित हुँदा अहिले पश्चाताप भएको स्थानीयको गुनासो छ। बस्नेत २०७४ मा भएको स्थानीय तह निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
