News Portal

संविधानभित्रै अन्तरिम सरकार गठन गर्न सकिन्छ : सुदन गुरुङ

२८६ पटक

काठमाडौँ, भदौ २६ – जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले संविधान खारेज नगरीकै सीमाभित्र अन्तरिम सरकार गठन गर्न सकिने बताएका छन्। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले जनभावना अनुसार सरकार बनाउनुपर्ने भन्दै आन्दोलनको उद्देश्य संविधान खारेज गर्नु नभएको प्रष्ट पारे।

उनका अनुसार संविधान खारेज भए बाह्य हस्तक्षेपको जोखिम बढ्ने भएकाले संशोधनमार्फत समाधान खोजिनुपर्नेछ। “हामी नेपाली जनताको चाहना र जेनजी आन्दोलनको मागअनुसार सरकार बनाउन चाहन्छौँ। संविधान पूर्ण रूपमा फाल्ने होइन, आवश्यक परे संशोधन गर्ने हो,” उनले भने।

गुरुङले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व स्वीकार गर्न सकिने धारणा राख्दै संसद् विघटन आफूहरूको मुख्य माग भएको पनि दोहोर्याए। आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले गोली चलाउनेलाई सजाय दिनुपर्ने चेतावनी दिए।

“गोली हान्नेहरूलाई माफी छैन। जसरी निर्दोष युवामाथि गोली चलाइयो, त्यसैगरी कानूनी जवाफ दिइन्छ,” गुरुङको भनाइ थियो।

 

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...