News Portal

संविधानभित्रै अन्तरिम सरकार गठन गर्न सकिन्छ : सुदन गुरुङ

३६३ पटक

काठमाडौँ, भदौ २६ – जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले संविधान खारेज नगरीकै सीमाभित्र अन्तरिम सरकार गठन गर्न सकिने बताएका छन्। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले जनभावना अनुसार सरकार बनाउनुपर्ने भन्दै आन्दोलनको उद्देश्य संविधान खारेज गर्नु नभएको प्रष्ट पारे।

उनका अनुसार संविधान खारेज भए बाह्य हस्तक्षेपको जोखिम बढ्ने भएकाले संशोधनमार्फत समाधान खोजिनुपर्नेछ। “हामी नेपाली जनताको चाहना र जेनजी आन्दोलनको मागअनुसार सरकार बनाउन चाहन्छौँ। संविधान पूर्ण रूपमा फाल्ने होइन, आवश्यक परे संशोधन गर्ने हो,” उनले भने।

गुरुङले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व स्वीकार गर्न सकिने धारणा राख्दै संसद् विघटन आफूहरूको मुख्य माग भएको पनि दोहोर्याए। आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले गोली चलाउनेलाई सजाय दिनुपर्ने चेतावनी दिए।

“गोली हान्नेहरूलाई माफी छैन। जसरी निर्दोष युवामाथि गोली चलाइयो, त्यसैगरी कानूनी जवाफ दिइन्छ,” गुरुङको भनाइ थियो।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...