News Portal

देशभर पेट्रोलियम पदार्थ पर्याप्त, आपूर्ति सहज रह्ने आयल निगमको दाबी

२०६ पटक

काठमाडौँ, भदौ  २६ – नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको जनाएको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार अहिले काठमाडौं उपत्यकामा मात्र ७५–८० प्रतिशत क्षमतासम्म इन्धन मौज्दात छ, जसले गर्दा एक–दुई दिन आपूर्ति बन्द भए पनि १०–१२ दिनसम्म सहजै धान्न सकिन्छ।

उनका अनुसार भारतीय नाकामा कडाइ भए पनि पाइपलाइनमार्फत आपूर्ति रोकिएको छैन। बिहीबार बिहानैदेखि भन्सार नाकाबाट इन्धन बोकेका गाडीहरू प्रवेश गर्न थालेपछि बजारमा कुनै अभाव नहुने स्पष्ट गरिएको छ।

एलपी ग्यास आपूर्ति पनि निरन्तर भइरहेको निगमले जनाएको छ। त्यस्तै, हवाई इन्धन पनि पर्याप्त मात्रामा मौज्दात रहेको कार्यकारी निर्देशक भट्टले जानकारी दिए। हाल ७ हजार ५ सय किलोलिटर क्षमतामध्ये करिब ६ हजार किलोलिटर मौज्दात रहेको र यसले करिब दुई हप्तासम्म आपूर्ति धान्न सक्ने उनको भनाइ छ।

निगमका अनुसार हाल यातायात कम चलिरहेका कारण हवाई इन्धनसहित अन्य पेट्रोलियम पदार्थको खपत पनि सामान्यभन्दा न्यून छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...