News Portal

गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

२७१ पटक

काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै संविधानलाई टेकेर मात्र समाधान खोज्नुपर्ने बताएका छन्।

उनले संविधानभन्दा बाहिर गएर विकल्प खोजे निकट भविष्यमा गम्भीर संकट उत्पन्न हुन सक्ने चेतावनी दिए। “२०६२/६३ को आन्दोलनपछि ठूलो संघर्षका बीच बनेको संविधान विभिन्न समुदायका मागलाई सन्तुलन गरेर तयार गरिएको हो। यसको निरन्तरताबारे सबैले ख्याल गर्नैपर्छ,” थापाले भने।

भिडियोमार्फत् सन्देश दिँदै उनले जेनजी पुस्तालाई संविधानभित्रै आवश्यक सुधार र परिवर्तन गर्न आग्रह गरे। साथै, सरकार निर्माण प्रक्रियामा सहभागी हुन, आन्दोलनका क्रममा भएको हत्या र तोडफोडको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउन पनि जोड दिए।

२०४६ सालयता सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गरी कानुनी कारबाही गर्नुपर्नेमा समेत उनले जोड दिए। दोस्रो दिनको हिंसात्मक गतिविधिमा जेनजीको प्रत्यक्ष संलग्नता नभएको स्पष्ट पार्दै उनले नयाँ र पुराना दुवै अनुहारको भूमिका देखिएको बताए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...